Suvadin, Home

Cover Image

अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस
नारीवाद, मार्क्सवादी नारीवाद र महिला मुक्ति आन्दोलनको प्रवृति

महिला अधिकार र समानताका कुरा गर्ने तर त्यसका लागि राजनीतिक तथा आर्थिक प्रणालीमा परिवर्तन आउनुपर्छ भन्ने आवश्यक ठान्दैन। सांस्कृतिक अधिकारको कुरा गदै आंशिक अधिकारको कुरा गर्दछ। प्रजनन, शिक्षा, रोजगारीको कुरा मात्र गर्दछन्। यो पनि उपदेश मुलक कुरा मात्र जस्तो हुँदै आएको छ। 
सत्य पहाडी।

सत्य पहाडी


एउटा काल खण्ड थियो, त्यो बेला समाजमा मातृसत्ता थियो, (देविदेवताको काल)। श्रम विभाजन र निजी सम्पतिको थालनीसँगै क्रमश मातृसत्ताको ठाउँ पितृसत्ताले लियो।

पितृसत्ताले महिला जैविक हिसावले कमजाेर हुने भनि व्याख्या गरियो। बाैद्धिक हिसाबले पनि कमजाेर हुन्छन् भनि दोस्रो तहमा राख्ने भनि व्याख्या गरियो। राजनीतिमा बाध्य, आर्थिक गतिविधिमा होइन, घरेलु र अनुउत्पादक ठाउँमा सीमित गरिँदै लगियो। मत्ताधिकार लगायतबाट बञ्चित गरियो। 

क्रमशः मत्ताधिकारको माग गर्दै महिलाहरुले संगठित आन्दोलनको शुरूवात गरे। (सन् १९०८) सन् १९१७ ताका रुसमा गाँस र बासको नारा थपेर अरु आन्दोलनको उठान भयो। त्यसरी नै अन्तर्राष्टिय महिला आन्दोलनको रुप ठुलो बन्दै गयो। 

अन्ततः सन् १९१० मा क्लारा जेड्किन रोजालग्जवर्गको अनुवाईमा कोपेनहेगनमा भएको दोस्रो अन्तर्राष्टिय श्रमिक महिलाहरुको सम्मेलनले ८ मार्चलाई अन्तर्राष्टिय श्रमिक महिला दिवस मनाउने निर्णय गर्यो। सो सम्मेलनमा १७ देशका १ सय भन्दा बढी महिलाहरु सहभागी रहेका थिए।

नेपालमा सन् १९७५ देखि अन्तर्राष्टिय महिला दिवस मनाउँदै आइएको छ। नेपालमा महिला समस्य र समाधानलाई बुझ्ने सम्बन्धमा मूलभूत प्रवृति 

पुरातनवादी दृष्टिकोण

महिलाहरु प्राकृतिक हिसावले नै कमजाेर छन्। दोस्रो दर्जाका हुन् र पुरुषकै सेवाका लागि जन्म भएका हुन् भन्ने जस्ता मान्यता राख्दछन्। उनीहरु महिला समानता र अधिकारको कुरा गर्न अनावश्यक हो भन्ने ठान्छन्। यद्यपि अहिले यो मानसिकता खुम्चिँदै आएको छ। 

यथार्थवादी सोच 

उद्दारवादी सोच

महिला अधिकार र समानताका कुरा गर्ने तर त्यसका लागि राजनीतिक तथा आर्थिक प्रणालीमा परिवर्तन आउनुपर्छ भन्ने आवश्यक ठान्दैन। सांस्कृतिक अधिकारको कुरा गदै आंशिक अधिकारको कुरा गर्दछ। प्रजनन, शिक्षा, रोजगारीको कुरा मात्र गर्दछन्। यो पनि उपदेश मुलक कुरा मात्र जस्तो हुँदै आएको छ। 

मार्क्सवादी नारीवादी सोच 

राज्यसत्ताबाट महिलाहरु उत्पीडित भएकाले महिला अधिकारको सुनिश्चितता सामनताका लागि राजनीतिक र आर्थिक प्रणाली नै मुख्य समस्या बनिरहेको छ भन्छन्। पितृसत्ता कारक त हो।

तर यो मातहतको समस्या हो। शोषणमा आधारित समाज व्यवस्था मुख्य समस्य हो भन्ने मान्यता राख्दछन्। उसका लागि समानतामा आधारित समाज निर्माण हुनुपर्दछ।

त्यसका लागि सबै उत्पीडित मिलेर मुक्ति खोज्नु पर्दछ भन्ने सोच माक्सवादी नारीवादले राख्दछ। रेडिकल नारीवाद भन्ने पनि गरिएको छ। पितृसत्ता नारीवादको मुख्य समस्या हो। 

अहिलेसम्म जति विचार, सिद्धान्त प्रतिपादन भएका छन्, ती सबै बेकार छ, केबल नारीवादी हुनुपर्छ भन्ने सोच रेडिकल नारीवाद हो। त्यसैले पूजीवाद, समाजवाद नारी हीतमा छैन। केबल महिलाले मात्र महिलाको बारेमा सोच्नुपर्दछ भन्ने सोच नै रेडिकल नारीवाद हो। 

नेपालको सन्दर्भमा

हामीले महिला समस्या र समाधानको सन्दर्भमा समानुपातिक, समावेशी व्यवस्था लागू गरेका छौं। ३३ प्रतिशत अनिवार्य उपस्थितिको व्यवस्था, महिला मुक्ति आन्दोलनमा नयाँ आयाम थपिएको छ।

महिलाहरुको समस्य समाधानका लागि महिला मात्रले पनि पुग्दैन। र महिला स्वयम् सहभागी नभएर पनि हुँदैन भन्ने हामीले अविलम्बन गरेको अभ्यासको सार पनि हो। 

अहिले प्राप्त अधिकार समाजका टाठाबाठाका लागि मात्र हो। अब आर्थिक, सामाजिक रुपान्तरण विकास सुशासन र संविधानको व्यावहारिक कार्यान्वयन हुनुपर्दछ। 
केवल कोरा समानताका कुरा गरेर मात्र हुँदैन, जागरण पनि चाहिन्छ। राज्यले नीति विधि व्यावहारिक कार्यान्वय हुनुपर्दछ। 

महिला उत्पादन र आर्यआर्जनमा अनिवार्य सहभागिता गराउनु पर्दछ। र रोजगारीको उचित व्यवस्था गरिदिनुपर्दछ। संविधानमा अधिकारको उपभोग गर्न सक्ने क्षमता बृद्धि पनि गर्नु जरुरी छ। अधिकारको कुरा गर्दा कर्तव्य पनि भुल्न हुँदैन। 

हातमा ठेला उठेका महिलाहरुलाई रोग, भोग र सोग मुक्त गर्ने अठोट नै आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा गर्नुपर्ने नयाँ संकल्प हो। १०८औं, ८ मार्चको नारा — प्राप्त उपलब्धीको रक्षा प्राप्त समानताका लागि अघि बढ्यौं। १०८औं  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाऔं भन्ने रहेको छ।


 

More form the Internet

loading...