Suvadin, Home
NMB Bank Ltd 268.9k
निजी नाफामूलक संस्थालाई सम्बन्धन दिलाउनका लागि विभागीय प्रमुखहरूको नियुक्तिदेखि बर्खास्तीसम्म हुने गरेको छ। सरकारी अस्पताललाई टाट पल्टाउने गरी खुल्न लागेका निजी मेडिकल कलेजहरूलाई सम्बन्धन दिन अनेक प्रयत्नहरू रचिँदैछन्। यदि डा. गोविन्द केसीको पटकौँ–पटकको अनसन नहुँदो हो त कति वटा मेडिकल कलेजले सम्बन्धन प्राप्त गरिसक्थे। सरकारी सम्पत्ति लिलामी बराबर भएर बसेका छन्। कर्मचारीहरूले बिना काम तलब खाइरहेका हुन्छन्। तर, प्राइभेट संस्थाहरु बलिया भएका भयै छन्।
कुलमान घिसिङ।

विष्णुप्रसाद रिमाल


आज किराना पसलदेखि पान पसलसम्म सीमकार्ड किन्न पाइन्छ। यो सबै प्रतिस्पर्धी कम्पनीका कारणले हो। तर, अझै पनि नेपाल टेलिकमको नेटवर्क भने जस्ताको तस्तै छ। नेटवर्क खोज्न घरको धुरी खोज्नेदेखि रुख चढ्नेसम्मको समस्या ज्यूँका त्यूँ छ।

 

जब मानिसले यस पृथ्वीमा जन्म लिन्छ, तब एकमात्र चिज उसले निश्चय नै साथमा लिएर आएको हुन्छ, त्यो हो मृत्यु। मृत्यु पर्यन्त आफूलाई जीवित राख्न चाहन्छ मान्छे। तसर्थ ऊआफूलाई जीवन्त राख्न संसारमा अमर हुन चाहन्छ। त्यसका लागि ऊ प्रयासरत रहन्छ ।

प्रयास गर्दागर्दै कति सफल हुन्छन् त कति असफल। सफलता पाएको खुसीयालीमा आफ्नो धरातल बिर्सने धेरै छन् यो पृथ्वीमा, भने आफूलाई असफल भएको स्वघोषणा गरेर आफ्नो इहलिला समाप्त पार्ने पनि थुप्रै छन् यहाँ।

यही अमर हुने प्रतिस्पर्धाको कारण आज विश्व यो स्थानमा आइपुगेको हो। यदि प्रतिस्पर्धाको चेतना मानिसमा नआएको हुँदो हो त मानिस पाषाण युग मै रहन्थ्यो होला भनेर कल्पना गर्न सकिन्छ। यस्तै एक सफल प्रतिस्पर्धी हुन्, नेपाल विद्युत प्राधिकरणका वर्तमान निर्देशक कुलमान घिसिङ।

जसले दस वर्ष अघिदेखि लोडसेडिङको मार खेपिरहेका करोडाैँ नेपालीलाई उज्यालो प्रकाश दिएका छन्। दसाैं वर्षपछि नेपालीले उज्यालोमा बस्न पाएका छन्। धन्य छौ, तिमी कुलमान। चाहे तिमी जुन पार्टी, धर्म, लिङ्ग, जातजातिका हौ, तिमी नेपाली हौ र सच्चा आमाका सच्चा सन्तान हौ। तिमी प्रचण्ड, देउवा, केपीभन्दा ठूला हौ।

गर्व गर्न लायक नेपाल आमाका छोरा हौ। आज तिमीलाई देखेपछि बिजुलीको पनि आफ्नो भोल्टेज गायब हुन्छ होला तिम्रो भोल्टेज अगाडि। सोलार, इन्भर्टरका व्यापारीको पनि सातो गयो होला। जसले तिमीलाई नियुक्त गर्यो, उसकोमा तिमीलाई बर्खास्तगीको लागि थुप्रैले निवेदन चढाइसके होलान्।

तर, तिमी नडराउ, राष्ट्र निर्माताको शालिकसमेत ढाल्नपछि नहट्ने यो देशका कतिपय नागरिक तिम्रो सत्कार्यले पिरोलिएका छन्। उनीहरु तिम्रो विरुद्धमा हात धोएर लागेका हुन सक्छन्। तर, तिमी नडराउ। जुन फल धेरै मीठो हुन्छ त्यहाँ धेरै ढुङ्गा बर्सन्छन्। तर, पनि उक्त फलले ढुङ्गासँग रिसाएर कहिल्यै आफ्नो मिठास लुकाउँदैन।

त्यसैगरी, तिमी पनि कति पनि बिचलित नहोऊ। जनता तिम्रो साथमा छन्। जनतालाई यो थाहा भयो कि हामी स्रोतमा होइन सोचमा गरिब रहेछौँ। तिम्रो सोच राम्रो थियो र तिमीले स्रोतको सही सदुपयोग गर्यौ।

तिम्रो सोच सफा नहुँदो हो त, हामीमा पर्याप्त रहेको स्रोतको सही सदुपयोग नहुन सक्थ्यो। यस मंसिर पुस महिनामा १८ घण्टासम्मको चर्को लोडसेडिङको मार खेपेका हामी सोझा जनतालाई तिमीले ठूलो गुन लगाएका छौ।

हामी यो गुन अहिले नै त तिरी सक्दैनौं, तर क्रमशः हामी तिर्न कोसिस गर्ने छौँ। अब आउने कर्मचारीलाई तिमीले यस्तो नैतिक धरातल खडा गरिदियौ कि अब जनतालाई अन्धकारमा राख्न चाहँदा पनि उसले सक्दैन ।

ऊ जनताको घेराबन्दीमा परिसक्यो । करिब १५ वर्ष अघिदेखि हुँदै आएको लोडसेडिङ ठप्प प्रायः भयो। आखिर कहाँ रहेछ त यति धेरै बिजुली। अनि कति धेरै घोटाला भएको रहेछ त। जनताको करमा मस्ती गरेर जनतालाई सास्ती दिनेलाई कदापि छोड्नु हुँदैन । अघि बढ कुलमान, जनता तिम्रो साथमा छन्।

बिजुलीमा जस्तै अब नेपाल टेलिकम र नेपाल टेलिभिजनमा पनि २/४ जना कुलमानहरूको आवश्यकता रहेको छ। केही समयअघि नेपाल टेलिकमको सीमकार्ड किन्न सोर्स लगाउनु पर्ने, लाइनमा बसेर लाठी खानुपर्ने अवस्थाबाट हामीले मोबाइलको अर्को सेवा प्रदायक कम्पनीको उपस्थिति पाएपछि मुक्ति पाएका छौँ।

आज किराना पसलदेखि पान पसलसम्म सीमकार्ड किन्न पाइन्छ। यो सबै प्रतिस्पर्धी कम्पनीका कारणले हो। तर, अझै पनि नेपाल टेलिकमको नेटवर्क भने जस्ताको तस्तै छ। नेटवर्क खोज्न घरको धुरी खोज्नेदेखि रुख चढ्नेसम्मको समस्या ज्यूँका त्यूँ छ।

प्रतिस्पर्धी प्राइभेट कम्पनीले करोडौं प्रयोगकर्ता बनाएर मजबुत नेटवर्क बनाइसक्दा पनि सरकारी कम्पनीले आफ्नो क्षमता विस्तार गर्न किन सक्दैन? कतै बिजुलीमा अनियमितता भएजस्तै त होइन? कोही–कोही मोटाउनका लागि धेरैलाई दुःख दिएका त छैनन्? प्रश्न गम्भीर छ।

आमजनतादेखि सरकारी निकायसम्मले खोजविन गर्नु जरुरी छ। सबैतिर घुसपैठ हुने ठाउँमा टेलिकममा पनि नहोला भन्न सकिन्न। करोडौं रुपैयाँ घुस लिएर नेटवर्क अन्य सेवा प्रदायक कम्पनीलाई पनि बेचेका हुन सक्छन्।

त्यसैगरी, नेपाल सरकारद्वारा सञ्चालित नेपाल टेलिभिजन विगतमा खोली सक्दा आउँथ्यो। तर, अहिले भने केवल वा डिस नजोडी आउँदैन। समय सँगसँगै क्षमता विस्तार हुनुपर्नेमा किन घट्दैछ? यसको पनि अनुगमन गर्नु जरुरी छ। आज नेपाल टेलिभिजन मात्र हेर्न नसकिने त्यसका लागि केवल वा डिस जोड्नै पर्ने भएको छ।

शंका गर्ने प्रशस्त ठाउँ छाडिएको छ। आज किन सरकारी संस्थानहरु अगाडि बढ्न सकेका छैनन्? प्रश्न गम्भीर छ। यी त शंकाका उदाहरण मात्र हुन्। अन्य विभिन्न सरकारी संस्थानहरू अव्यवस्थित बन्दैछन्। तर, प्राइभेट संस्थानहरू मौलाउँदै गएका छन्।

निजी नाफामूलक संस्थालाई सम्बन्धन दिलाउनका लागि विभागीय प्रमुखहरूको नियुक्तिदेखि बर्खास्तीसम्म हुने गरेको छ। सरकारी अस्पताललाई टाट पल्टाउने गरी खुल्न लागेका निजी मेडिकल कलेजहरूलाई सम्बन्धन दिन अनेक प्रयत्नहरू रचिँदैछन्।

यदि डा. गोविन्द केसीको पटकौँ–पटकको अनसन नहुँदो हो त कति वटा मेडिकल कलेजले सम्बन्धन प्राप्त गरिसक्थे। सरकारी सम्पत्ति लिलामी बराबर भएर बसेका छन्। कर्मचारीहरूले बिना काम तलब खाइरहेका हुन्छन्। तर, प्राइभेट संस्थाहरु बलिया भएका भयै छन्।

अस्पताल, विद्यालय, सडक, सरकारी यातायात, कृषि संस्थानहरु कमजोर बन्दै गइरहेका छन्। देश निर्यात होइन आयातमुखी बनिरहेको छ। कृषिप्रधान देश भएर पनि कृषि क्षेत्रमा समेत आत्मनिर्भर बन्न सकेको छैन। नुनदेखि सुनसम्म आयात गरिरहनु परेको छ।

त्यसैले, यस्ता संस्थानहरू बचाउन लागि पर्नुपर्ने थुप्रै कामहरु छन्। जुन २/४ कुलमान थपिए भने तिनीहरूले गर्न सक्छन्। हाम्रो देशमा अपार स्रोत र सम्भावनाहरू रहेका छन्। खाँचो छ त केवल हाम्रो सोचको र नियतको। हामी हाम्रो देशप्रति असल सोच राखौं, स्रोत हाम्रो देशले अवश्य नै दिन्छ र दिइरहेको छ।

यदि हामीमा राष्ट्र प्रेम हुने हो भने हामी हाम्रै पुस्ताले नै समृद्ध राष्ट्र निमार्ण भएको देख्न सक्छौँ। कुलमानले केही गर्दा हुँदो रहेछ भने हामीले किन नगर्ने? आउनुहोस्, सबै मिलि अघि बढौं यो देशलाई समृद्ध बनाउन।

 

More form the Internet

loading...