Suvadin, Home
Nepal life 2.6M

धर्मविशेष भन्दा माया विशेष बन्दै भाइटिका

हिन्दुधर्मालम्वीहरूले दाजुभार्इ दिदीबहिनीहरूमा माया प्रेमको सद्भाव र स्नेह साट्ने चाडको रूपमा मनाउदै अाएका भाइटिकाले अन्य समुदाय र धर्ममा पनि लोकप्रियता कमाउन थालेको छ। दाजुबहिनी दिदीभाइमा माया र स्नेह झल्काउने भाइटिका यस पटक मुस्लिम समुदायले पनि धुमधामसँग मनाएका छन्।
नाजिर हुसेन

काठमाडाैं, २४ कात्तिक – हिन्दुधर्मालम्वीहरूले दाजुभार्इ दिदीबहिनीहरूमा माया प्रेमको सद्भाव र स्नेह साट्ने चाडको रूपमा मनाउदै अाएका भाइटिकाले अन्य समुदाय र धर्ममा पनि लोकप्रियता कमाउन थालेको छ।

दाजुबहिनी दिदीभाइमा माया र स्नेह झल्काउने भाइटिका यस पटक मुस्लिम समुदायले  पनि धुमधामसँग मनाएका छन्। धर्म र जातभन्दा पनि दिदीभाइको सम्बन्धलार्इ प्रगाढ बनाउन उनीहरूले यस तिहार मनाउने गरेका छन्।

नेपाली सिने जगतमा राम्राै नाम कमाउन सफल अभिनेता नाजिर हुसेनले पनि भाइटिका लगाएका छन्। नाजिरले अाफ्नो भाइटिकाको तस्वीर इन्स्टाग्राममा शेयर गरेका छन्। उनले लेखेका छन्, 'आमा जीले तपाईको बुवालाई भाई बनाएर भाईटिका लगाउन सुरु गर्नु भएको ३७ बर्ष पुगेछ यो सँस्कार उहाँहरुबाट हामीसम्म आई पुगेको छ। यो म बाँचुन्जेल सम्म भैइ रहोस !! भाई टिकाको शुभकामना!!!'

त्यस्तै अन्य मुस्लिम समुदायका दाजुभाइले पनि भाइटिका लगाएको तस्वीर समाजिक सञ्जालमा शेयर गरेका छन्। जसरी भाइटिका मुस्लिम दाजुभाइले मनाएर धर्म भन्दा ठूलो स्नेह, प्रेम र मायाको सन्देश दिएका छन् त्यसै गरि कुनै पनि पर्व धर्म विशेष नबनोस्। जाती र धर्मबीचको अन्तर अन्त्य होस्। यसै गरि माया र सद्भाव कायम रहोस्। अाउँदो साल यो हुन्दुको पर्व नबनेर हरेक दिदीभाइ दाजुबहिनीको चाड बनोस्।


 

 


 

More form the Internet

loading...