Suvadin, Home

मोदीजी, स्वागत छ, तर हामीले नाकाबन्दी भुलेका छैनाैं!

काठमाडाैंका सडकको हालत फेरि उही स्थितिमा पुग्यो। त्यसको ठिक ३ वर्षपछि काठमाडाैंमा त्यही दृश्य दोहोरिएको छ। केही वर्ष अगाडि (७१ साल)मा देखिएका दृश्य पुनः दोहोरिएका छन्। २०७१ सालमा प्रधानमन्त्रीको पदभार सम्हाल्ने वित्तिकै सम्बन्ध सुधार गर्ने बाहानामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल अाएका थिए।
नरेन्द्र मोदी, उनको स्वागतका लागि सिंगारिएको जनकपुर र युवाको प्रतिक्रिया।

विनिता कार्की/उमेश दाहाल, काठमाडौं, २७ वैशाख – २०७१ साल साउन १८ गते अाइतबारका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा अाउने भए। त्यसको एक साता अघि नै काठमाडाैंका सडकहरू चिटिक्क बनाइयो। सडक छेउमा गमला राखेर कृत्रिम सुन्दरता थपियो। तर, मोदी अाए र गए।

काठमाडाैंका सडकको हालत फेरि उही स्थितिमा पुग्यो। त्यसको ठिक ३ वर्षपछि काठमाडाैंमा त्यही दृश्य दोहोरिएको छ। केही वर्ष अगाडि (७१ साल)मा देखिएका दृश्य पुनः दोहोरिएका छन्। २०७१ सालमा प्रधानमन्त्रीको पदभार सम्हाल्ने वित्तिकै सम्बन्ध सुधार गर्ने बाहानामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल अाएका थिए।

भारतका प्रधानमन्त्री नेपाल अाउनै प्रचलन नरहेको निकै लामो समय भइसकेको थियो। नेपालीको बानी नै हो सानो कुरामा भएभरको खुसी पोख्ने। कुनै कसर छाडेनन् नेपालीहरूले मोदीको स्वागतमा कुनै कसर छाडेनन्।

सर्वसाधारणलार्इ पिउने पानी उपलब्ध गराउन नसक्ने सरकारले मोदीको विशेष स्वागतका लागि निरन्तर एक हप्ता अगाडि देखि मोदी हिँड्ने बाटो पखाल्यो, सडक मर्मत तथा सजावटका जस्ता तामझाममा मात्र सीमित भएन नाटक, तिनकुनेमा अवस्थित विगत धेरै समय अगाडि नै ३ वटा बगैँचासहितको डिजाइन गरिएको कागजमा सीमित र वास्तविकतामा कोशीको बगरजस्तो पार्कको अावरण रंगीन जस्ताका पाताहरुले ढाक्ने जस्ता नागरिकको नजरमा घृणीत कार्यहरु तत्कालीन सरकारले गरेको थियो।

यसै साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः नेपाल भ्रमणमा अाउँदैछन्। र, त्यसको तयारी सरकारले पनि विगतमा जस्तै नाटकीय रुपमा नै गरिरहेको छ। राजधानी काठमाडाैं, जनकपुर, मुस्ताङलगायत ठाउँको यतिबेला बाहिरी अावरण फेरिएको छ। वर्षैदेखि भत्किएका संरचना, अस्तव्यस्त सडक र खाल्टा परेका सडकलार्इ कालोपत्रले लिप्न थालिएको छ।

भ्रमणमै कार्यकाल बिताउने फुस्रा राष्ट्रसेवक तथा कार्यलय नपुगी कार्यकाल बिताउने प्रदेश सांसदहरू समेत झाडु लिएर सडकमा उत्रिएका छन्। अहिले जनकपुर र मुस्ताङ जाने हो भने अन्य कुनै देशमा पुग्य जस्तो लाग्ने भएका छन्। मोदी अाउने निश्चित हुनु अगाडि नै सबै काम धन्दा छोडेर ठुटे–फुटेका संरचनाहरुमा रंगरोगन लगाउने मात्र नभर्इ सडक पेटी श्रींगारपटार गर्न भ्याइसकिएको छ।

चावहिल जोरपाटी सडकमा यात्रा गर्नेहरुले दुःख पाएको महिनौं भइसक्यो। पानी पर्यो भने हिलाम्यै हुन्छ, घाम लाग्यो भने धुलोको बादल लाग्छ, सडकमा यति धेरै खाल्डाखुल्डी छन् कि मोटरसाइकलमा यात्रा गर्दा ज्यानै जोखिममा होम्नु पर्ने बाध्यता सर्वसाधारणलार्इ रहेको छ। स्थानीयबासीले सडक तत्काल मर्मतसम्भार गर्न नारा लगाए, सडकमा धानै रोपिदिए तर, सम्बन्धित पक्षले कानमा तेल हालेझैं गरिरह्यो।

चुनावको धुलो खाँदै भोटमाग्न अाएका टाउकेहरुले अाउँदा दिनहरुमा यस्तो समस्या झेल्नु नपर्ने बचनवद्धता गरे। समय फेरियो समस्या ज्युँका त्यूँ छ। सास्तीबाट मुक्त हुने अाशमा भोट दिएर जिताएका नेताहरुले बचनवद्धता बिर्सिए, बालुवाटारमै भुलिए। तर, सोमबारदेखि एकाएक सडक पीच हुन थालेको देखेर स्थानीय तथा यात्रुहरु छक्क परे।

चावहिल चोकबाट सडक कालोपत्र गर्न थालिएको थियो। कतिपयलाई लाग्यो, अब यो वर्षामा दुःख नपाइने भयो। तर, केही अगाडि बढेपछि त्यो भ्रम टुट्यो। सडकमा हायात होटलको केही अगाडिबाट पीच भएको छैन। काम गर्ने कुनै सुरसार पनि छैन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपालको राजकीय भ्रमणमा आउँदैछन्।

उनी चुच्चेपाटीस्थित हायात होटलमा बस्ने कार्यक्रम छ। त्यसै मोदीको भ्रमणलार्इ मध्यनजर गर्दै सडक विभागले हतार–हतार होटलसम्म सडक पीच गरेको हो।

विगतमा फोहोरको डंगुरले बदनाम धार्मिकस्थल जनकपुर पनि मोदीको स्वागतका लागि सजाइएको छ। हो, पछिल्ला २० वर्षमा हुननसकेको विकास १० दिनमा हुनु सकरात्मक पक्ष हो।

तर, यो अावरणमा मात्र सीमित विकास पछिल्लो पटक मोदीको नेपाल भ्रमणझैं अस्थायी नहोस्, मोदी सँगसँगै अावरणको विकास अनावरित हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी नै छ।


 

More form the Internet

loading...