Suvadin, Home
Nepal life 1.246M

महामहिम मोदीलाई नेपाली जनताको आँशु, पसिना र रगतले लेखिएको अभिनन्दन!

भगवान शिवको क्रिडास्थल, बुद्धको जन्म आँगन, जानकीको माइतीदेश ऋषिमुनीहरुको पवित्र तपोभूमिमा तपाईं जत्तिको आध्यात्मिक, धार्मिक सन्तपुरुष, जसले आपदमा परेको बेला ग्यास नदिएर, चुलो बल्न नपाएर, भोकै सुतेका हामी नेपाली। औषधि रोकिदिएर, औषधिको अभाव अक्सिजनको अभावमा ज्यान गुमाउने नेपालीका आफन्त हामी यहाँलाई हाम्रो माटाेमा स्वागत गर्न पाउँदा मन खुशीले फुलेर आकाश छेड्ने र धर्ती ढाक्ने भएको छ। हामी यहाँको पाउ कष्टले यति खुशी र आल्हादित भएका छौं कि, जसको वर्णन शब्द गर्न सकिएन हजुर!
लेखक सञ्जीव कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी।

सञ्जीव कार्की


महामहिम मोदीलाई नेपाली जनताको आँशु, पसिना र रगतले लेखिएको अभिनन्दन!

नेपाली जनताले दुखेको मन लिएर क्रन्दन, चित्कार, दुख, पीडा, क्रोध र आर्तनादले स्वागत गर्नेछन्, अभिनन्दन गर्नेछन्, आफ्ना परम् हितैसी दयालु कृपालु, महान आदर्शवादी उदारमना छिमेकीलाई। भगवान शिवको क्रिडास्थल, बुद्धको जन्म आँगन, जानकीको माइतीदेश ऋषिमुनीहरुको पवित्र तपोभूमिमा तपाईं जत्तिको आध्यात्मिक, धार्मिक सन्तपुरुष, जसले आपदमा परेको बेला ग्यास नदिएर, चुलो बल्न नपाएर, भोकै सुतेका हामी नेपाली। औषधि रोकिदिएर, औषधिको अभाव अक्सिजनको अभावमा ज्यान गुमाउने नेपालीका आफन्त हामी यहाँलाई हाम्रो माटाेमा स्वागत गर्न पाउँदा मन खुशीले फुलेर आकाश छेड्ने र धर्ती ढाक्ने भएको छ। हामी यहाँको पाउ कष्टले यति खुशी र आल्हादित भएका छौं कि, जसको वर्णन शब्द गर्न सकिएन हजुर!

आदरणीय मोदीज्यू,

आज हामी नेपाली तपाईंले निकट विगतमा लगाउनु भएको नाकाबन्दी, घेराबन्दी रुपी गुण र ऋषिमनले दिनु भएको उपहारप्रति गर्व गर्दै बिना इख, बिना ईर्ष्या, बिना बदलाको भाव, बिना घृणा र अपशोच खुशी साट्न हतारपूर्वक लाम्बद्ध भएका छौं। हाम्रो खुशी हाम्रो उमंग हाम्रो फुर–फुर देखेर सायद यहाँ पनि दंगदाश हुनुपर्छ। मोदी सर हामीसग न इख छ न बिख छ केवल छ विशाल मन र क्षमाशील हिर्दय।

हामी सबैकुरा छिटो भुल्छौं। तर, याद राख्नुस् पीडा र दुःखले मर्माहत भएको बेला लगाउनु भएको नाकाबन्दी रुपी कोशेली कहिल्यै भुल्दैनौं। हाम्रो पुस्ता सन्तान दरसन्तान कसैले भुल्दैन, आफ्नो सानो छिमेकी राष्ट्रप्रति तपाईंको सदाशयता विश्वले नजिकबाट हेरेको छ, बुझेको छ। अनि ग्रहण गरेको छ। विपत्ति र विपदमा कसरी सहयोग गरेर घाँटी थिच्नुपर्छ?
तपाईले थोरै भएपनि हाम्रो स्वाभिमान जगाइदिनु भयो, नाकाबन्दी गरेर हाम्रो वास्तविक हैसियत, औकात र क्षमताबोध गराइदिनु भयो, जसको गुणगान हाम्रो पुस्ताले गरेर स्मरण गरिरहनेछ, थोरै भएपनि जाग्राम र जागृति पाएको छ। यो गुणप्रति हामी धन्य छौं प्रभु। त्यसैले पनि यो अभिनन्दन हाम्रो खुशी हो, हाम्रो रहर हो हाम्रो मौलिक संस्कार हो।

मोदी महोदय, हामीलाई अपशोच र दुःख यसमा छ कि, यो अभिनन्दन यो स्वागत पोहोर नाकाबन्दीको समयमै गर्नु उचित र श्रेयस्कर हुन्थ्यो, त्यो बेला भोकभोकै बस्नु पर्यो, ग्यास तेल र औषधिको लाइनमा बस्नुपर्यो, सकेनौं हामीलाई खेद छ हाम्रो भुक्तमानी नियतीलाई तीव्र विरोध छ। हामी यसको प्रायश्चित गर्दछाैं। हाम्रो आफैँप्रति प्रायश्चित गर्ने हक आज आएर पूरा गर्दैछौं। हामी माफी चाहन्छाैं।
तपाईंलाई ग्यास पेट्रोल र औषधिको लाइनमा बस्दाबस्दै ढलेर ज्यान गुमाएका नेपालीको अभिनन्दन! भोकै बसेर नाङ्गै बसेर पनि अभाव कष्ट पीडा खपेर पनि बाच्न अभिशप्त नेपालीको सम्मान! मुटुभरि अनगिन्ती पीडाको श्रृंखला बोकेर बसेका नेपालीको अभिनन्दन!

नाकाबन्दी, हामीप्रति होचोहेला, हेपाहा प्रवृति, सबै–सबैको निरन्तरता यहाँले दोहोराउनु भयो। जुन भारतजस्तो महान छिमेकीको हामीप्रतिको निगाह हाम्रा पूर्वजले भोगे, हामी पनि भोग्दै छौं। सायद पछिल्लो पुस्ताले पनि यो अवसर पाउँछ होला। यदि यस्तैगरी परनिर्भरता या हरेक कुराले आर्थिक राजनीतिक, सांस्कृतिक र सामाजिक भारत बेष्टिता कायम नै रह्यो। पछिल्लो पुस्ताले पनि यो अवसरबाट बञ्चित हुनुपर्दैन।

नेपाली जनताका प्रिय छिमेकी मोदी जी,

तपाईंको यो सुकर्मप्रति सधैं-सधैं अभिनन्दन गर्न पाइयोस्। नाकाबन्दीमा दुःख–कष्ट जे झेल्न पर्यो जनताले झेल्न पर्यो, खप्न पर्यो, बेहोर्न पर्यो। नेताले परेन। तसर्थ तपाईंसँगै हाम्रा आदरणीय नेता र पार्टीहरुलार्इ पनि हाम्रो अभिनन्दन! पार्टीहरु हिजो भारतसँग मिल्नुपर्छभन्दा पनि विरोधमा बसे। जनतासँगै आज मिल्दा पनि मिल्नु हुँदैन भनेर जनता सँगैछन्। पार्टीहरुको यो विरोधाभाष र हुतिहारा नैतिकतालाई पनि श्रद्धाञ्जली!

हिजो थुक्नेहरु आज झुक्छन्। हिजो झुक्नेहरु आज थुक्छन्। यिनको लिला र परम्परा पनि उदेकलाग्दो छ। आज हाम्रो देशले पनि कृत्रिम लालीपाउडर लगाएर तपाईंको स्वागतको लागि झिल्के भएको छ। हाम्रो मन पनि कृतिम हासो लिएर झिल्के देखिएको छ। यही रुन्छे हाँसोले यहाको स्वागत गर्न पाउँदा खुशी छौं प्रभु! झण्डै छ महिनाको मात्रै छोटाे नाकाबन्दी गरेर यहाँले हामीलाई जुन गुन लगाउनु भयो त्यसको मुक्तकण्ठले प्रशंसा गर्दछाैं।

महान् छिमेकीलाई पानी, जवानी र जिन्दगी अर्पण गर्न सक्ने हाम्रो छाती, हाम्रो भूगोल जति सानो छैन। एक पटक अन्तिममा यति भनेर यो अभिनन्दन पत्रको बिट मार्नु पर्यो। हामी पनि दाता हौं, हाम्रो पनि हात माथिबाट छ है हजुर ख्याल राख्नुस्। कोशी दियौं, गण्डकी दियौं, कर्णाली दियौं, यो पटक अरुण दिँदैछौं, यति धेरै दिने दातालाई पुनः निकट भविष्यमा अर्को नाकाबन्दी र सास्तीको माग गर्दै यो अभिनन्दन पत्र यहाँको पाउमा राखेँ। धन्यवाद।


 

More form the Internet

loading...