Suvadin, Home

निर्मला बलात्कार र हत्या प्रकरणः को हो त अपराधी?

एउटा कुरा चाहिँ मान्नै पर्छ कि, एक जना प्रहरीको एसपीले पुरै घटनालाई तोडमोड गरेर, उल्टाइपल्टाई गरेर स्थानीय, प्रदेश र केन्द्र सरकार नै चुनौति दिइरहेका छन्। लाखौं जनतालाई चुनौति दएको छ। तर, प्रधानमन्त्री केपी ओलीले अब एउटा कुरा चाहिँ बुझे हुन्छ कि, सरकारमा बसेर जनताको सेवा गर्न नसकेपछि आफ्नो सरकारको आयु जोगाउने लागेहुन्छ। हामी जनता आफ्नो जिउधनको सुरक्षा आफैँ गर्न आफैँ सक्षम छौं। रगतले लोकतन्त्र लेख्ने क्षमता भएका जनतालाई तिमीहरुको षडयन्त्र स्वीकार्य हुँदैन।
लेखक फुलारा। स्केच साभारः कृष्णगोपाल/कान्तिपुर

फुलारा एसएसटिटी


सुदूरपश्चिमको कञ्चनपुरस्थित भीमदत्तनगरकी एक चेली निर्मला पन्त, जसको योजनाबद्ध तरिकाले बलात्कार र हत्या गरियो। यो घटना कुनै चानचुने मानिसले गरेकोजस्तो लाग्दैन। सम्पूर्ण प्रमाणहरु नष्ट गरिनु, मृतकको शवलाई अधिक पानीमा त्यो पनि घोप्टो गरेर छोडिनु, शव हतारोमै जलाउन दबाब दिनु, विभिन्न स्थानीय व्यक्तिलाई गुपचुप थुनामा राखेर यातना दिनु, अनि मानसिक सन्तुलन नै ठिक न भएको व्यक्तिलाई नै खडा गरिनुले प्रहरी प्रशासनकै हात रहेको आशंका पैदा भएको छ। फेरि डिएनएको रिपोर्ट सार्वजनिक नहुँदै शुरु भएका बहसले पनि निर्मलाको न्यायका निम्ति अझ सशक्त आन्दोलनको आवश्यकता महसुस भएको छ।

अनि फेला परेका केही प्रमाण पनि गुपचुप प्रहरीले लुकाउनुले यो घटनामा प्रहरीकै ठूलो मानिस हुनुपर्ने धारणा आमनागरिकले व्यक्त गरिरहेका छन्। प्रहरीले गरेको दमन, लापरबाही र ढिलासुस्तीले पनि यो प्रष्ट गरेको छ कि, यो सबै घटनाको नाइके प्रहरी नै हुनुपर्छ। बिलकुललै फिल्मी शैलीबाट गरिएको क्रुरता र निर्मम् हत्या र त्यसपछि रचिएको षडयन्त्रले अहिले सिंगो राष्ट्रलाई नै स्तब्ध बनाएको छ। सम्बन्धित सबै निकायको लापरबाहीका कारण एक चेलीको हत्या र बलात्कार भएको छ। न्यायका निम्ती सडकमा उत्रिएका हजारौं जनतामाथि पनि निरंकुशतापूर्वक दमन र गोली प्रहार गरिएको छ।

प्रदेश सरकार, स्थानीय सरकार, प्रहरी र प्रशासन सबै दोषी छन्। कुनै निकायले पनि आ–आफ्नो भूमिका कटिबद्ध तरिकाले निभाएको देखिँदैन। सबै मिलेर ढाक छोप गर्नतिर लागेको प्रष्ट देखिन्छ। बबिता र रोशनी बम दोषी हुन सक्छन् भन्दा प्रहरीले निर्दोश करार गर्यो। तर, याबत हर्कतले उनीहरुलाई मुख्य दोषी ठहर्याउन स्थानीय जनता बाध्य भएका छन्। उनीहरु मिल्ने साथी भएको नाताले पनि चिन्ता हुनुपर्ने हो। तर, उल्टै रवाफ पो देखियो। उनीहरु आत्तिन पर्ने हो, घर पुगेको–नपुगेको उनको आमालाई फोन गरी चाँसो लिन पर्ने हो। यो सब नहुनुले झन् बम दिदीबहिनीले नै निर्मलाको हत्याको षडयन्त्र गरेको भन्ने शंका हुनु स्वाभाविक हो। रातभरि निर्मलाका आमाबुवासित खोज्न किन गएनन्? किन आन्दोलनमा गएनन्? किन जहाँ साइकल छ, त्यही लास छ भने? किन आफ्नो घरभित्र पस्न दिएनन्? किन प्रहरी रिपोर्टिङ गर्दै निर्मलाको बुवाआमाको साथमा गएनन्? यी सब कुराले उनीहरु दोषी छन् भन्ने आधारको सिर्जना गरेको छ। र, प्रहरी चाहिँ प्रमाणको प्रतिक्षामा छ।

किन दिलीपलाई २ दिनअघि छोडेर फेरि अर्को केशमा फसाइयो? किन अरु केही र हेमन्तीलाई निर्मम कुटपिट गरियो?  बम दिदीबहिनीलाई पुर्पक्षका लागि समातेपछि किन हेमन्ती भट्टलाई अपराधी साबित गराउन यातना दिइयो? किन बम दिदीबहिनीलाई यातना नदिई सामान्य सोधपुछ मात्रै गरियोस्। यी सबैकुराले पनि एसपी बिष्ट दोषी हुन् भन्ने आधार छ।

एसपी बिष्ट निर्दोश पनि हुनसक्थे होला। तर, उनका यी बाहियात गति विधिले उल्टै उनलाई नै फन्दामा पारेको प्रष्ट देखिन्छ। जस्तै, किन पीडितको निवेदन दायर गरेनन्? प्रहरीलाई किन रातारात निर्मलाको खोजीमा सञ्चालन गरिएन? किन जाहेरी दिएका बम दिदीबहिनीको घर म शिल गरिएन? किन बम दिदीबहिनीमाथि शंका हुँदा–हुँदै पनि उनीहरुलाई २४ घण्टाभित्र समातिएन? उखुबारी शिलबन्दी नगरिनु, निर्मलाको घरमा बराबर गएर उनीहरुलाई सान्त्वना नदिनु, विश्वसनीय अनुसन्धान नगरिनु, उल्टै पीडित पक्षलाई धम्काइनु, बमका दिदीबहिनीलाई सुरक्षा दिएर शंका पैदा हुने काम गर्नु आदि अपराधमा संलग्न रहेका आधार हुन्। पीडितलाई ‘तलाई नै बलात्कारी बनाएर फसाइदिन्थे धन्न इण्डिया भएर बाँचिस्’ जस्ता घिन लाग्दा शब्द प्रयोग गरिनुले एसपी बिष्टको अपराधको मानसिकता प्रष्ट हुन्छ। उनको दम्भ र क्रुरता गरीब परिवारमाथि देखियो?

किन दिलीपलाई २ दिनअघि छोडेर फेरि अर्को केशमा फसाइयो? किन अरु केही र हेमन्तीलाई निर्मम कुटपिट गरियो?  बम दिदीबहिनीलाई पुर्पक्षका लागि समातेपछि किन हेमन्ती भट्टलाई अपराधी साबित गराउन यातना दिइयो? किन बम दिदीबहिनीलाई यातना नदिई सामान्य सोधपुछ मात्रै गरियोस्। यी सबैकुराले पनि एसपी बिष्ट दोषी हुन् भन्ने आधार छ। यो बारेमा उनको आवाज र स्पष्टीकरण नसुनी उनलाई निर्दोश भन्न सक्दैन। किन हेमन्ती र बडुलाई परिवारलाई जानकारी नदिई थुनियो? प्रहरीले गरेको राज्य आतंक र मानवअधिकारको हनन् हो यो।
अनि सिडिओको आदेश बिना नै एसपी बिष्टले गोली चलाउन लगाए त्यो पनि बालकमाथि, के यो अपराध होइन? प्रहरी र प्रशासनका कयौं अपराधका माझ निर्मलाले न्यायको प्रतिक्षा गरिरहेकी छिन्। प्रहरीलाई अनुसन्धानका लागि कडाईका साथ निर्देशन गर्न नसक्नु पनि गृहमन्त्री र प्रहरी प्रमुखको कमजोरी र असफलता हो। 

आफू राजनीतिज्ञ भएर पनि निर्मलाको खोजीमा नखटिनु, प्रशासन र प्रहरीलाई दबाब नदिनु मेयर र प्रमुख राजनीतिक दलका प्रमुख गल्ती हुन्। पीडित र आमनागरिकसित सडकमा नओर्लिनु पनि उनको अर्को ठूलो गल्ती हो। लाखौं जनताले यी सबै कुरा विभिन्न तहबाट धेरै पटक सरकार सामू बिन्ती बिसाउँदै आएका छन्। फेरि पनि अभियुक्तहरुमाथि अनुसन्धान गर्नुको साटो उनको गल्ती होइन, त्रुटी छैन भन्ने सत्तामा आसिनहरुको अभिव्यक्तिले पीडितमाथि थप आघात गरेको छ। सरकारको नियत के हो भन्ने आशंका पनि पैदा भएको छ। कि डिल्लीराज बिष्टसँग सरकार पनि डराएको हो? तर, एउटा कुरा चाहिँ मान्नै पर्छ कि, एक जना प्रहरीको एसपीले पुरै घटनालाई तोडमोड गरेर, उल्टाइपल्टाई गरेर स्थानीय, प्रदेश र केन्द्र सरकार नै चुनौति दिइरहेका छन्। लाखौं जनतालाई चुनौति दएको छ। तर, प्रधानमन्त्री केपी ओलीले अब एउटा कुरा चाहिँ बुझे हुन्छ कि, सरकारमा बसेर जनताको सेवा गर्न नसकेपछि आफ्नो सरकारको आयु जोगाउने लागेहुन्छ। हामी जनता आफ्नो जिउधनको सुरक्षा आफैँ गर्न आफैँ सक्षम छौं। रगतले लोकतन्त्र लेख्ने क्षमता भएका जनतालाई तिमीहरुको षडयन्त्र स्वीकार्य हुँदैन।


 

More form the Internet

loading...