Suvadin, Home
‘शक्तिमा मानिस देवत्व देख्छ। राजालाई त हामीले अवतार नै मान्यौं। राजा महेन्द्रले सत्ता हत्याएपछि भारतका तत्कालिन राजदूतले दूतावासको कार्यक्रममा राजाको आरती नै उतारे। हिन्दूहरूको सबैभन्दा लामो पूजाआजा त शक्ति पीठहरूमै हुन्छ। शक्तिका अगाडिसँगै जेलमा रहेका श्रीभद्र शर्मा, रूद्रप्रसाद गिरीहरू टिक्न सकेनन्। म स्वयम् यही आस्थाको परिवेश र व्यवहारमा बाँचेको मानिस के अर्थमा अलग छु र?’ किसुनजीमा जीवनका तत्वबोधहरूले ठाँउ ओगट्दै गएको थियो।
तस्बिरको पहिलो लाइनमा क्रमशः कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, महेन्द्रनारायण निधि र गणेशमान सिंह। पछाडि उभिनेमा रामवरण यादव, महेश आचार्य, बासुदेव रिसाल, रामशरण महत, खुमबहादुर खडका, ढुण्डीराज शास्त्री र जयप्रकाश आनन्द।

जयप्रकाश आनन्द


हामी एक दुई उपवाद बाहेक कोइराला परिवारकै सदस्यहरूबाट कोठा भरिएको थियो। यो त्यही कोठा हो, जहाँ केशवप्रसाद कोइरालाको देहावसान भएको थियो। यस्तै अनेकन् भावनात्मक लगावका कारणले नोना कोइराला यसलाई आफ्नो निजी कोठा बनाउनु भएको थियो।

किसुनजीको व्यक्तित्वको चर्चा गरिरहनु पर्दैन। सफा, स्निग्ध र प्रफुल्ल किसुनजी घुँडा माथिसम्मको धोती र कमिज लाएर त्यही भुइँमा बस्नु भएको थियो। कोइराला वर्चस्वको पारिवारिक माहौलमा किसुनजीको बज्रासन बसाईले उहाँलाई एउटै सतहमा बसेकाहरू मध्ये सबैभन्दा अग्लो बनाएको थियो। 

गिरिजाबाबु त्यहाँ हुनु हुन्थेन। बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि देशको शक्तिशाली प्रधानमन्त्रीको रूपमा किसुनजी पहिलो पटक विराटनगर कोइराला निवास पुग्नु भएको थियो। नोना कोइरालालाई उहाँले सधैं नोनाजी भनी सम्बोधन गर्नु हुन्थ्यो। उ बेलासम्म गिरिजाबाबु प्रधानमन्त्रीको दाबेदार हुने कुरै थिएन।

अन्तरिम सरकार थियो। संविधान नै आएको थिएन। निर्वाचन नै भएको थिएन। यस बेला किसुनजी सबै कांग्रेसजनका आँखाका तारा र अपेक्षाका सबैभन्दा अग्ला व्यक्ति हुनुहुन्थ्यो। उहाँको स्वागतमा नोना कोइरालाको खुट्टा भुइँमा थिएन।

दुश्मनलाई पनि घरमा माया गर्ने कोइरालाहरूका सामु त्यस बेला सबैभन्दा प्रिय पात्र जो थिए। फेरि किसुनजी नोनाको लागि नेता मात्र थिएनन्। रामनगरकी छोरी नोनाका लागि किसुनजी पारिवारिक पुरोहितका वंशज थिए, जो प्रजातन्त्र स्थापनाको लडाईमा कोइरालाहरूको इगो सफल भएको प्रतिकको रूपमा त्यस दिन त्यहाँ हुनुहुन्थ्यो।

हामी मस्का भन्छौँ नि, मस्का लगाउने! किसुनजी नोनालाई मस्का लगाउँदै हुनुहुन्थ्यो। हामीतिर हेर्दै भन्नु भो, ‘बुझ्नु भो, म जेलमा हुँदा सधैँ नोनाजीको हातबाट बनेको खाना सम्झेर बस्थे।

सात सालमा विराटनगर मजदुर हड्तालका दौरान राणाहरूले एउटै डोरीमा बाँधेर कोइराला परिवारका महिला समेत नौ जनालाई विराटनगरबाट अड्डासार गरेर काठमाडौं पुर्याएको स्मरण गर्दै नोनालाई सोही परिवारका विरांगना भन्दै हुनुहुन्थ्यो।

नोनाले पस्किनु भएको रेड लेबल ह्विस्कीका केही पेगपछि किसुनजी अचानक गम्भीर हुनुभयो। विस्तारै उहाँका कुराहरू बढी दार्शनिक, आस्थामय र आध्यात्मिक हुँदै गयो। बद्री बस्नेत, अशोक कोइराला, हरि सापकोटा, रमेश घिमिरे, उमेश गिरी, बसन्त भट्टराई, नगेन्द्र ढुंगेल हामीहरू थियौं।

यिनै जमाततर्फ हेर्दै किसुनजीले सोध्नु भो, ‘ल भन्नुस्, म कुन शक्तिको प्रेरणाले सोह्र वर्षसम्म जेल बस्न सकेहुलाँ?’ यो सबैका लागि समस्या खडा गर्ने जिज्ञासा थियो। संसारिकतामा नफसेको, आध्यात्माका उपासक, चरित्रका हठी, स्वभावका रमाइलो र व्यवहारका कुशाग्र, र योभन्दा धेरै अन्तरनिहीत अदृश्य ज्ञानगुणका किसुनजी यत्रो वर्ष कुन प्रेरणाले जेल बस्नु भो, यो भन्ने सामथ्र्य त्यहाँ कसैमा थिएन।

‘शक्तिमा मानिस देवत्व देख्छ। राजालाई त हामीले अवतार नै मान्यौं। राजा महेन्द्रले सत्ता हत्याएपछि भारतका तत्कालिन राजदूतले दूतावासको कार्यक्रममा राजाको आरती नै उतारे। हिन्दूहरूको सबैभन्दा लामो पूजाआजा त शक्ति पीठहरूमै हुन्छ। शक्तिका अगाडिसँगै जेलमा रहेका श्रीभद्र शर्मा, रूद्रप्रसाद गिरीहरू टिक्न सकेनन्। म स्वयम् यही आस्थाको परिवेश र व्यवहारमा बाँचेको मानिस के अर्थमा अलग छु र?’ किसुनजीमा जीवनका तत्वबोधहरूले ठाँउ ओगट्दै गएको थियो।

हामी सब मौन रहेर, किसुनजीका कुराहरू गमिरहेको देखाएर मौन दार्शनिक भई सकेका थियौँ । अर्थशास्त्रीका बारेमा भन्छन्, निस चार जना घाघरान अर्थशास्त्रीका बीच बसेका पाचौँ अज्ञानी त्यतिञ्जेल मात्र अर्थशास्त्री हुन्छ, जबसम्म त्यो अर्थशास्त्रका बारेमा बोल्दैन।

किसुनजीका सामुन्ने हामी त्यस्तै भएका थियौं। म त निश्चय नै। तर, स–साना कुरामा रिसाउने, असन्तुष्ट भैरहने, हरबखत आफुमै पुरूषार्थ देख्ने हामी जस्ताका लागि यो गह्रुगो सवाल थियो कि, कुन प्रेरणाले किसुनजी यत्रो लामो समयसम्म अविचलित रूपमा, अडिग भै जेलमा बस्न सक्नु भयो!

उहाँ भन्दै हुनुहुन्थ्यो, नोनाजी, राममणि आचार्य दीÞक्षित जस्ता उ बेलाको प्रशासकहरू आउथे, सादा कागज छोडेर जान्थे। किसुनजी मनमा जे आउँछ, चार लाइन लेखेर दिनोस्। जेलबाट रिहा हुनोस् र गर्नुस् राजनीति भन्थे। धेरैले यसो गरेका पनि थिए।

कतिपय पटक आफु गलेको र भोलि बिहानै छुट्ने बाटोमा बढ्ने प्रबल इच्छा बन्ने गरेको निश्चयी भएर राति सुत्ने गरेको सुनाउनु भयो । तर, बिहान विषम् अवस्थामा प्रतिदिन बिताउने गरेका साथी भाईहरूको प्रतिवद्धताबाट आफुले ती कुराहरूलाई बिर्सिने गरेको सुनाउनु भयो।

‘धेरैले प्रारब्धलाई मानिसको बाह्य देखिने उपलब्धी ठानेका हुन्छन्। होइन, प्रारब्ध भनेको आन्तरिक दृढता हो। अध्ययनको आर्जनबाट मानिसको मनमा प्रारब्धको निर्माण हुन्छ। यही प्रारब्धले बाह्य परिणाम दिन्छ। प्रतिकूलतासँग लड्ने क्षमता दिन्छ।

यही क्षमता मैले जेलमा आर्जन गरेँ। र, म यत्रो लामो समयसम्म टिक्न सके! ‘किसुनजी कमसेकम मलाई त यन्त्रवत् श्रोता बनाउनु भएको थियो, त्यस दिनको राति। ह्विस्की फिका भएको थियो। जीवनमा अमिट रंगहरू थपिएको थियो। मध्य रात्रीसम्म सम्झेर लेखी ती कुराहरू लेखी बसेँ।

उहाँले नोना आमातिर उन्मुख हुँदै भन्नु भयो, ‘नोनाजी यही त्यो कुरा हो जो तपाईको कूल पुरोहितलाई देशको प्रधानमन्त्री बनायो।’ मैले राम्ररी ठ्म्याएको थिए, नोना आमाको अनुहार किसुनजीको प्रारब्धमा त्यसदिन गौरवान्वित देखिएको थियो।

म आज सम्झिन्छु, थोरै समयमा सबै कुरा कसरी फेरियो। नियतिले हामीलाई कहाँकहाँ पुर्याए। कांग्रेस जो यौटा समभाव, सद्भाव तथा सहकार्यको कूल थियो, एक आपसमा, एकअर्काका लागि घोर प्रतिकूल भयो। हामीमध्ये धेरै जो जीवनभर किसुनजीका प्रति अभिभूत रहेका थियौंः उहाँ चुनाव हार्नोस्, चाह्यौँ। धेरथोर लाग्यौ पनि। म पनि लागेँ।

किसुनजी, तपाईप्रति सानोतिनो अपराध गरेपनि तपाईले आफ्नै जीवनकालमा ती कुराहरूलाई विस्मृतिमा थन्काएपनि, सोच्दछु ती दुर्दिनहरूबाट हामी नगुज्रिएको भए कति राम्रो हुन्थ्यो। क्षमा गर्नुपर्ने हदसम्म क्षमा गर्नु होला! 


 

More form the Internet

loading...