कसरी बन्छन् मानिसमा धारणाहरु ?
रामचन्द्र उप्रेती
यो खानु हुन्छ। त्यो खानु हुँदैन। यो राम्रो छ त्यो नराम्रो छ। त्यो मानिस राम्रो छ, यो मानिस खराब छ। यो जनावर राम्रो हुन्छ। त्यो जनावर राम्रो छैन आदि आदि।
राम्रो–नराम्रो, असल–खराब, ठिक-बेठिक, उचित-अनुचित, माया लाग्दो, डर लाग्दो, सुरुचि अरुचि यी सबै एक अर्कामा विपरीत छन्। यसलाई धारणा भनिन्छ भन्ने मेरो बुझाई हो।
मेरो यो लेखको उद्देश्य धारणा कसरी बन्छन् भन्ने हो। मानिसमा सेट भएको धारणाले व्यक्तिको पूरै जिन्दगीलाई असर पार्छ। यसबाट परिवार हुँदै समाज र समुदायलाई नै प्रभावित गरिरहेको हुन्छ।
हाम्रो जीवनको अति नै महत्वपुर्ण आधार भनेको आहार हो। आहारका बारेमा मैले सुनेको एउटा साधारण कुरा यहाँ उल्लेख गर्न चाहन्छु।
केही वर्ष पहिलेको कुरा हो, काठमाण्डौंको कुनै मम पसलमा गाउँतिरबाट आएको एउटा जोडी खाजा खान पुगे। गाउँमा पनि उनीहरुले मोमो खाने गरेको हुनुपर्छ। काउण्टरको छेउमा खालि भएको टेबलमा बसेर मोमोको अर्डर गरे।
मोमो आयो, स्वाद मानेर खान थाले। अरु टेबलमा बस्नेले पनि खाई रहेका थिए। यत्तिकैमा नयाँ ग्राहकको प्रवेश भयो। नयाँ ग्राहकले खाजाको बारेमा सोधे। मोमो भएको कुरा बताइयो।
मोमो के को भनेर नयाँ ग्राहक सोधे। पसलेले यहाँ राँगाको मासुको मोमो मात्रै पाउछ भने। यहाँ राँगाको मात्रै पाउँछ भन्ने बित्तिकै त्यो संवाद सुनिरहेका नजिकैका ग्राहकमध्ये महिलाले टेबलमै वान्ता गरिन्। उनले फर्केर भुइँमा गर्न पनि भ्याइनन्।
सायद यस बारेमा कमै सोचिन्छ। एक पटक प्रहरी प्रधान कार्यालयले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा बच्चा फकाउन प्रहरीको डर नदेखाउन, नसुनाउन अनुरोध नै गरेका छन्।
किनभने उनले राँगाको मासु खाने गरेको रहेनछ। खाँदै छु भन्ने थाहा पाउने बित्तिकै भित्रैबाट हुँडलिएर आयो र टेबलमा पोखिन पुग्यो। केले यस्तो गरायो? सायद उनले बोकेको धारणा यस्तो थियो कि उनको जातले राँगाको मासु खाएको थिएन र खानु हुँदैन भन्ने धारणा बलियो गरी दिमागमा सेट भएको थियो।
म मासु खाने परिवारमै जन्में, हुर्कें। हाम्रो परिवारमा मासु भनेको खसीको मासु मात्रै भन्ने थाहा थियो। घर बाहिर हिँड्न थाले पछि कुखुराको मासु पनि जुर्न थाल्यो। तर शुरुशरुमा कुखुराको मासु खाने बानि पार्न सजिलो भएन।
पछि २०४५ देखि ४७ सालसम्म जेल बस्नु पर्यो। खसी कुखुराको मासु महङ्गो पर्ने भएकाले जेलमा राँगा र सुँगुर बंगुरको मासु प्रिय थियो। तर, शुरुमा बानी पार्न निक्कै हम्मे पर्यो। पछिपछि सहज हुन थाल्यो। म विदेश भ्रमणमा रहँदा ‘बिफ’ बाहेक अरु बार्न आवश्यक ठान्दिन। तर, कोरिया भ्रमणमा गएको समयमा मासु केको हो भनेर थाहा पाएपछि मात्रै खान मन लाग्यो।
किनभने त्यहाँको चलनमा कुकुरको मासुलाई अब्बल मानिन्छ भन्ने सुनेको थिएँ। आफूलाई त्यो खाने भन्ने कुरा कल्पनै गर्न मुस्किल। तर, हामीभन्दा निकै सभ्य, सुसंस्कृत र विकशित कोरियालीका लागि यो प्रिय छ।
मासु खानेलाई मासु मिठो लाग्छ, खाउँखाउँ लाग्छ। तर, मासु नखानेलाई मासु जेको भए पनि बेकार लाग्छ। यो आआफ्नो दिमागमा सेट भएको धारणाका कारण भएको हो।
हाम्रो समाजमा बच्चालाई फकाउन पुलिस, बहुला, भुत अर्थात घरकै ठूला मानिसको डर देखाएर चुप लगाउने गर्छौं। यसो गर्दा बच्चामा पुलिस, भुत, बहुला वा घरकै जेष्ठ सदस्यप्रतिको धारणा कस्तो बन्ला?
सायद यस बारेमा कमै सोचिन्छ। एक पटक प्रहरी प्रधान कार्यालयले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा बच्चा फकाउन प्रहरीको डर नदेखाउन, नसुनाउन अनुरोध नै गरेका छन्। पुलिस, भुत, बहुला, मोटो मान्छे, घरकै अलि ठूला मानिस प्रति बच्चामा बनेको यो धारणा सायद पछि सम्म नै गाढा बनेर बस्छ।
म सानो छँदा घेज्ञानी बुढी भनिने गरेकी एकजना महिला कहिलेकाहीँ हाम्रो घरमा आउनेजाने गरेको सम्झना छ। उनी विपन्न थिइँन्, आमाले दिएको खान्थिँन्, दुखःका कुरा सुनाउँथिन्। म धेरै बुझ्दिनथें।
तर, उनी गएपछि आमाले उनको बारेमा बोक्सी भएको कुरा सुनाउनु हुन्थ्यो। विचरा आमालाई त्यो बेलाको समाजले सिकाएको र बनेको धारणा। गाउँलेहरुले उनलाई बोक्सी भन्थे रे।
उनी उमेरले पाको थिइँन्, कपाल कोरेको हुँदैनथ्यो। लुगा कपडा व्यवस्थित रुपमा लगाएको हुँदैनथ्यो। सायद व्यवस्थित गर्ने त्यो समयमा अावश्यकता पनि थिएन होला।
उनको जीवन चरम गरिबीमा मात्रै होइन अपमानमा समेत बाँचेको रहेछ भन्ने थाहा पाउन मलाई धेरै वर्ष लाग्यो र त्यो बेलासम्म उनले यो धरती छोडिसकेको हुनुपर्छ।
सहकारी जिल्ला संघ झापाले आयोजना गरेको एउटा ट्रेनिङ प्रोग्राममा करिब १५० सहभागी थियौं। प्रशिक्षक एनबी कार्कीले हामी धारणा कसरी बनाउछौं भन्ने प्रसंगमा एउटा रमाइलो उदाहरण प्रस्तुत गरे।
उनले हलमा भएका सबैलाई एकमुष्ट सोधे। र, भने ‘तपाईहरु मध्ये कतिलाई कुकुर मन पर्दैन? हात उठाउनुहोस्।' ४० जना जतिले हात उठाएका थिए। त्यहाँ जात, धर्म, लिङ्ग, उमेर, पेशा सबै समुहका मानिस थिए।
उनले ती मध्ये कुनै ४/५ जना मानिसलाई मञ्चमा डाके। स्वःइच्छाले ६ जनाको उपस्थिति मञ्चमा भयो। त्यसपछि प्रशिक्षक कार्कीले कुकुर मन नपर्नुको कारण के होला भनेर हलतिर प्रश्न तेर्स्याए। जवाफको लागि लामो प्रतिक्षा गरेनन्।
र भने उहाँहरुलाई सानामा कुकुरले लखेटेको वा टोकेको हुनुपर्छ भने। त्यसपछि मञ्चमा भएका ६ जना सबैलाई पालैपालो सबैलाई कुकुर मन नपर्नुको कारण सोधे। सबैजनालाई उनीहरुको सानो उमेरमा कुकुरले तर्साएको, टोकेको, खेदेको जस्ता कुरा बताए।
त्यसपछि हलतिर फर्केर सोधे ‘जो यो मञ्चमा आउनु भएन तपाईहरुलाई कुकुर मन नपर्नुको अरु कुनै कारण छ कि यस्तै हो? लगभग सबैले एकै स्वरमा भने कारण यस्तै हो।
६ जनामध्ये दुई जनालाई फेरि सोधियो तपाईलाई विषेशगरी कुन रङको कुकुर मन पर्दैन? एक जनाले कालो र अर्कोले खैरो भने। किनभने उनी अरुलाई त्यस्तै रङको कुकुरले दुःख दिएको रहेछ।
त्यसपछि बरु घर खाली राखेको तर, काला जातिका मानिसलाई भाडामा नदिएको कुरा सुनाए। हामी स्मरण गरौं, अमेरिकाका राष्ट्रपति बाराक ओवामा काला जातिका थिए। संयुक्त राष्ट्र संघका महासचिव भुत्रोसभुत्रोस घानी काला थिए। नेल्सन मण्डेला काला थिए। यस्ता करोडौं मानिसको स्वभाव एउटै हो, उस्तैउस्तै हुन् भनेर बनेको धारणा के सही हुन सक्छ र?
कुकुर मन नपर्ने धारणाको जन्म कुकुरले दुःख दिएका कारणले कुनै बेला सेट भयो। दुख दिने कुकुर कुन गाउँको कुन समयको थियो होला। त्यो मरेको कति वर्ष भयो होला? तर, आज पनि धेरैलाई दुनियाँ भरिका कुकुर मन पर्दैन।
जीवनमा घट्ने कतिपय साधारण लाग्ने सानासाना घटनाबाट पनि मानिसको जीवनमा नमेटिने गरी र जीवनभरि प्रभाव पार्ने गरी धारणा निर्माण हुने र दिमागमा सेट हुने गर्दो रहेछ।
हामीलाई जीवनमा कुनै जात वा समुदाय विशेषको मानिसले ठगेको, झुक्याएको, दुःख दिएको रहेछ भने ती समुदाय र जातका सबै मानिस प्रति हाम्रो धारणा सकारात्मक बनेको हुँदैन।
अमेरिकामा बस्ने डा. मदन उप्रेतीकोमा दुई रातको पाहुँना हुन पुगेका थियौं। खुबै सत्कार गरे। उनीहरु उप्रेती र त्यो पनि झापाकै। धेरै अनुभवहरुको आदानप्रदान भयो।
उनकी श्रीमतीले (नाम बिर्सें) अमेरिकामा पुगेपछि मानव अधिकारको बारेमा कक्षा लिएकी रहिछन्। त्यसपछि सबै मानिसको अधिकार बराबर हो कसैलाई फरक दृष्टिले हेर्नु हुँदैन भनेर खुबै बहस गर्ने गरेकी रहिछन्।
संयोगबस उनको घरमा काला जातिका दम्पति छ महिना भाडामा बसेर भाडा नै नदिई निस्किएर हिँडेछन्। त्यसपछि उनको विचारमा सबै काला मान्छे खराब हुन भन्ने लाग्न थालेछ।
त्यसपछि बरु घर खाली राखेको तर, काला जातिका मानिसलाई भाडामा नदिएको कुरा सुनाए। हामी स्मरण गरौं, अमेरिकाका राष्ट्रपति बाराक ओवामा काला जातिका थिए।
संयुक्त राष्ट्र संघका महासचिव भुत्रोसभुत्रोस घानी काला थिए। नेल्सन मण्डेला काला थिए। यस्ता करोडौं मानिसको स्वभाव एउटै हो, उस्तैउस्तै हुन् भनेर बनेको धारणा के सही हुन सक्छ र?
त्यस्ता धारणा बोकेरनै हामी जीवनभरि बाँच्ने गर्छौं। त्यस्ता धारणाको प्रभाव जीवनभरि पर्ने नै भयो। म मांसाहारी हुँ। तर ‘बिफ’ खान सक्दिँन, कुकुरको मासु खान सक्दिँन, सर्पको मासु खान सक्दिँन। किनभने मलाई यो खानाका लागि बानी पारिएन, सिकाइएन र त्यसप्रति घृणा भाव जगाइँयो। मेरो दिमागमा त्यही धारणा सेट भयो। तर, जसले सहज रुपमा खाए र खाई रहेका छन् उनीहरुले पनि गल्ती गरेका होइनन्।
हामीले सानो हुँदा सिकेको र सिकाएको, गरेको र भोगेको कुराको प्रभाव बढो बेजोड हुँदो रहेछ। त्यो आधारमा विकसित भएको धारणा हत्तपत्त मेटिँदो रहेन छ। त्यस्तै जीवनमा भोगेका कयौं घटनाले मानिसमा धारणा बन्दो रहेछ।
त्यस्ता धारणा बोकेरनै हामी जीवनभरि बाँच्ने गर्छौं। त्यस्ता धारणाको प्रभाव जीवनभरि पर्ने नै भयो। म मांसाहारी हुँ। तर ‘बिफ’ खान सक्दिँन, कुकुरको मासु खान सक्दिँन, सर्पको मासु खान सक्दिँन।
किनभने मलाई यो खानाका लागि बानी पारिएन, सिकाइएन र त्यसप्रति घृणा भाव जगाइँयो। मेरो दिमागमा त्यही धारणा सेट भयो। तर, जसले सहज रुपमा खाए र खाई रहेका छन् उनीहरुले पनि गल्ती गरेका होइनन्।
कुनै खास घटनामा उपस्थित पात्रको कारण दुनियाँका सबै जात, धर्म, लिङ्ग, रङ, समुदाय, पेशा, उमेरका मानिस वा अरु उस्तैउस्तै हुन् भन्ने धारणामा हामी बाँचेका रहेछौं। र त्यसरी नै सधैँ आशंका वा विश्वास गर्यौं भने हामी कत्रो भ्रमपूर्ण धारणा बनाएर बाचेका हुने रहेछौं?
समाजमा हामी धेरैले भनेको सुन्छौं र कतिपय हामीले पनि भोगेर हाम्रा धारणा बनेका होलान्। सुनिन्छ सबै नेता खराब, सबै पुलिस सबै कर्मचारी घुस्याहा, सबै डाक्टर पैसा कमाउन मात्रै लाग्छन्, सबै व्यापारी ठग आदि आदि।
यसरी सुनेका भरमा, आफू ठोकिएको ठाउँमा भएको खराबीका कारण बनेको हाम्रो धारणा सबै प्रति लागु हुन्छ र? अर्थात कुनै व्यक्तिको कुनै एक घटनामा भएको राम्रो वा नराम्रो कामले मात्रै सधैं राम्रो वा नराम्रो मान्न सकिन्छ र?
त्यसैले सधैं सही मूल्यांकल र सही विश्लेषण गरेर मात्रै धारणा बनाउनु राम्रो हुने रहेछ भन्ने बोध भएको छ। आफूसँग नमिले पनि अरुले बनाएका कतिपय धारणा र मान्यताको सम्मान गर्नुपर्ने रहेछ भलै आफू ती कुरा र मान्यतासँग सहमत हुन नसकियोस्।