Suvadin, Home

प्रधानमन्त्रीज्यू, निर्मला पन्तको आत्माले कहिलेसम्म न्याय खोज्दै भड्किनु पर्ने?

समय छ जनता, जागौं। अब समय छँदै जागौं। आफ्नो माटो, आफ्नो जिउँधनको सुरक्षा गर्न सक्ने वीरसपूतलाई आफ्नो नेता चुनौं। होइन भने यस्तै रह्यो भने भोलि नेपाली चेलीहरुले सुरक्षा पाउनै गाह्रो हुन्छ। घर–घरमै चेलीहरु असुरक्षित हुन्छन्। र, आफ्नै समाज नरकमा परिणत हुनेछ। जहाँ हाम्रा चेलीको अश्मिता जोखिममा हुन्छ, त्यहाँ छोरी जन्माएर पनि के काम? भन्दिनुस्, प्रधानमन्त्रीज्यू, निर्मलाहरुको आत्माले कहिलेसम्म न्याय खोज्दै भड्किनु पर्ने?
लेखक फुलारा, निर्मला र अोली।

फुलारा एसएसटिटी


शाही सत्ताका निरंकुश शासक, उसका भोटेकुकुर भनेर चिनिएका नेपाली सेना र प्रहरीको ज्यादती पूर्ण शासनबाट मर्न मात्रै बाध्य हामी सम्पूर्ण नेपालीले हाम्रा वीर सपूतको खुनको बली र अहोरात्र संघर्षले आज लोकतान्त्रिक गणतन्त्र लेख्न हामी सफल भयौं। हामीले नेपाली भएर बाँच्ने अधिकार सुनिश्चित गयौं।, निरंकुशतालाई ढालेर सारा नेपाली मनमा वीरताको दीयो जलाउन हामी अहोरात्र खटिरहौं। सायद, पशुपतिनाथले पनि हाम्रो प्राथना सुन्नुभयो र हामीलाई स्वतन्त्र पार्नुभयो।

तब मात्र हामीलाई लाग्यो कि हामी आजाद छौं, हाम्रा चेलीहरु अब कुनै मतियार सैनिक या शाही पुरुषबाट जबरजस्ती उठाइलागिने छैनन्, बलात्कार हुने छैनन्। अब कुनै पनि गाउँमा कुनै मुखिया र ठालु हुने छैनन्। अब कोही ठूलो सानो हुने छैन। हामी सब एक हुनेछौं। हाम्रै खुन–पसिनाले हामीले नयाँ नेपाल लेख्ने छौं। अब कुनै पनि नेपालीले बिनाहक शाही सेनाको नजरबन्दी हुनुपर्ने छैन। अब कुनै चेलीले अहोरात्र कुनै निरंकुश राजालाई आफ्नो नृत्य देखाएर खुशी पार्नु पर्ने छैन। अब हाम्रा चेलीहरु निश्चल गंगाझैँ पवित्र सललल् बग्ने छिन् भनेर। हाम्रा चेलीहरु आकाशमा स्वतन्त्र नेपाली ध्वजा लिएर उड्नेछिन्। घर–घरमा डाक्टर र इञ्जिनियर हुनेछिन् भनेझैँ समयले कोल्टे फेर्दै थियो। हामी फेरि मानव भएर, कसैको दाश भएर होइन, स्वतन्त्र भएर नेपाल र नेपालीको हकहितका लागि भएर एक अर्काको परिपूरक भएर विस्तारै वामे सर्दै थियौं।

तर फेरि न्यूटोको तेस्तो धारणाअनुसार जहाँ देवी हुन्छिन त्यही दानव पनि रहिरहन्छ। छाँया जस्तै, सुल्टोको उल्टो पनि जीवित रही रहन्छ भनेझैँ आज हाम्रो शासन, जनताको शासनमा पनि एक जना भक्षक जीवितै हामीले महँगो राजश्व तिरेर पाली राखेका रहेछौं, जसले आज हाम्री चेली निर्मलाको बलात्कार गरी हत्या गर्ने दुस्साहस गर्यो। उसैसित हामी न्याय माग्न भरमग्धुर प्रयास र बिन्ती भाउ गरिरहेछौं। कस्तो लाचार बनायो फेरि एक पटक एक नरपिपासुले?

आज निर्मला हत्याकाण्डले देशभरि लाखौं आमाहरुको मनमा त्रास उत्पन्न गराएको छ। अनि आफ्नै बुवाबाट पनि छोरीलाई सुरक्षित कसरी राख्ने जस्ता सवाल पनि मनमा उब्जिन थालेका छन्। हरेक नैतिकवान बुवा पनि आज छोरी जन्माउने कुरामा बिरोधाभाषमा उभिएका छन्। 

चाणक्यले भनेका छन् – ‘पानी नभएको गाउँ, पण्डित नभएको समाज, जंगल नभएको ठाउँ र जनप्रति उत्तरदायी शासक नभएको देशमा नबस्नु नै उचित हुन्छ। हो आज ठिक रहेछ भन्ने कुरा सोच्न बाध्य बनाएको छ निर्मला हत्याकाण्डले। रह्यो कुरा छानबिनको, जो आफैँ शक्तिमा छ, ऊ नै अपराधलाई प्रश्रय दिन्छ भने न्यायको अपेक्षा कसरी र कोसँग गर्ने प्रधानमन्त्री ज्यू? सबै नेपालीको आशंका ‘मुखिया’मा रोकिएको छ। तर पनि प्रहरी प्रशासन खुकुलो हुनु, छानबिनमा ढिलासुस्ती हुनु, पीडितपक्षसँग संवाद नगरिनु, उनीहरुको पीरमर्का नबुझ्नुले झन् स्पष्ट भएको छ कि, यो केशमा कुनै ठूलै षडयन्त्रकारीको हात छ।

बम दिदीबहिनीलाई किन शुरुमै समातेर उनीहरुको बयान लिने काम भएन? अनि किन डिल्ली बिष्टले निर्मलाको बुवालाई जथाभावी बोले? बुवाकै आरोप लगाइदिन्छु जस्ता घिनलाग्दा शब्द प्रयोग गरे। यो कुराको छानबिन खोई? खोजीनीति खोई?

जनताको जिउधनका लागि खटाइएका सुरक्षाकर्मी नै भक्षक छन्। यो देशमा केही थोरै भ्रष्टका कारण उच्च सम्मान र पदवी अनि आफ्नो नाम र मानमर्यादा कमाएका केही सफल सुरक्षाकर्मीलाई पनि यो केशले धक्का पुर्याएको कुरा सबै सामू छर्लंग छ। देशको मुख्य स्थानमा ८ कक्षा पनि पास नभएका व्यक्ति छन्। आफैँ कल्पना गर्नुस्, सबैभन्दा सोध्नु पर्ने कुरा यही हो, उनीहरुमा के ज्ञान हुन्छ? के खुबी हुन्छ? त्यसैमा हाम्रोजस्तो अल्पविकसित देशमा।

विषयवस्तुतर्फ लागौं, निर्मलाको हत्या जुन घरमा भएको भनिएको छ, त्यो कुराको साक्षी लाखौं सुदूरपश्चिमबासी हुँदाहुँदै पनि किन त्यस घरलाई शिलबन्दी गरिएन? निर्मलाको हत्यामा संलग्न भनि आशंका गरिएका बम दिदीबहिनीलाई किन शुरुमै समातेर उनीहरुको बयान लिने काम भएन? अनि किन डिल्ली बिष्टले निर्मलाको बुवालाई जथाभावी बोले? बुवाकै आरोप लगाइदिन्छु जस्ता घिनलाग्दा शब्द प्रयोग गरे। यो कुराको छानबिन खोई? खोजीनीति खोई? निर्दोश तर पुलिसले जबरजस्ती अपराधी बनाउन खोजिएका २ जना व्यक्तिको मानवअधिकार हनन् गरिएकोमा खोई राज्यले उनीहरुलाई उचित न्याय दिएको? खोई यो अपराध गर्ने एसपी लगायतको टिमलाई कानूनी कठघरामा उभ्याइएको? निर्दोश हुँदा–हुँदै थुनामा राख्ने अधिकार दिनेलाई पनि कारबाही होस्।

हेमन्ती भट्टलाई उल्टा लट्काएर खुट्टामा निर्घात कुटपिट गर्दा करोडौं डलरखेती गर्ने अधिकारवादीहरु नबोल्नुको कारण के? अनि बमका छोरीहरुलाई किन सत्यतथ्य बोल्न उल्टो लट्काएन प्रहरीले? कहाँ छन् मानवअधिकारकर्मी? ५ तारे होटेलभित्र केही मानिसलाई जम्मा पारेर रिपोर्ट बनाएर डलर कुम्ल्याउनेलाई कारबाही खोई सरकार?

४८औं दिनसम्म पनि शंकास्पद व्यक्तिमाथि कुनै कारबाही नहुनु, उल्टै सर्वसाधारणलाई गोली ठोक्नुले प्रष्ट गर्छ कि यो केश कुनै चानचुने मानिसले गरेको होइन। अर्को कुरा निर्मलाको लास फेला परेको ठाउँमा उनका लुगा धुने ती महिला को हुन्? उनको पनि बयान लिन जरुरी छ, उनलाई पनि हिरासतमा राख्न जरुरी थियो। त्यो किन भएन? अर्को कुरा थकित र अन्तिम आशा लिएर अञ्जान सडकमा भौतारिरहेको एक नाबालकले आफ्नो अभिभावक खोजेजस्तै निर्मलाका बुवाआमा र आफन्त पनि राष्ट्रकी अभिभावक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न काठमाडौं पुगेका छन्।

त्यो राष्ट्रवाद साँचो अभिव्यक्ति थिएन। बरु षडयन्त्र थियो। त्यही षडयन्त्रपूर्ण अभिव्यक्तिले ओली प्रधानमन्त्रीको कुर्सीमा पुग्नु भयो। तर, आज जनताले नै खेद प्रकट गर्नुपर्ने स्थिति किन आयो ओलीजी? किन आफ्ना चेलीको सुरक्षा दिन सक्नुहुन्न? यदि देशको सुरक्षा गर्न सक्नुहुन्न भने त्यो कुर्सीमा बस्ने नैतिक आधार पनि छैन तपाईसँग।

जुन महिलाले आफ्नै हातमा राज्यको बागडोर हुँदा पनि आफ्ना श्रीमानको हत्यारा पत्ता लगाउन सक्दिनन्, उनबाट उचित न्याय र मार्गदर्शन मिल्ला त? अर्कोतर्फ आफूलाई धम्की आयो भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्ने छानबिन समितिका सदस्य एवं उपसचिव वीरेन्द्रबहादुर केसीको प्रवृति गैरजिम्मेवारीपूर्ण लाग्यो। कि त केसीले धम्की दिनेको नाम सार्वजनिक गर्नपर्यो। कि नत्र यस्तो महत्वपूर्ण विषयमा जिम्मेवारी पाएको व्यक्तिले जनताले तिरेको राजश्वको तलब नखाई आफ्नै घरमा बस्न पर्यो, त्यो ठाउँमा अर्को काम गर्ने व्यक्तिले लिन्छ। तर, जिम्मेवार व्यक्तिको गैरजिम्मेवारी चाला ज्यादै लज्जाजनक हो।

यो देशको शासन कुनै महापुरुषले चलाको छैन्। बरु यो देशमा नामर्द धेरै छन्, यो देश अब भ्रष्टको अखडा हो भन्ने कुरा प्रष्ट हुँदै गएको छ। जनताको मतबाट प्राप्त शक्ति र सत्तामा पुगेका प्राधानमन्त्रीज्यू, देशको हालत बिग्रिएको कहिले देख्ने? तपाईसित के अपेक्षा गर्ने? किन लाखौं जनताले एसपी बिष्टलाई कारबाहीको माग गर्दा किन मौन छ ओली सरकार? प्रधानमन्त्री ओलीको मन किन पोलिरहेको छैन? सुदूरपश्चिमलाई यत्रो पीडा हुँदा ओलीले आउनु पर्दैन? न्याय खोई?

स्वाधीनता, राष्ट्रप्रेम र जनताप्रति उत्तरदायी भए प्रधानमन्त्री ज्यू पक्कै कञ्चनपुर आउनु हुनेथियो। तर, एक पटक भारतले नाकाबन्दी गर्दा आउँदो चुनावका लागि राष्ट्रवादी पाठ जनतालाई पढाउने ओलीलाई आगामी चुनावले जवाफ दिने नै छ। त्यो राष्ट्रवाद साँचो अभिव्यक्ति थिएन। बरु षडयन्त्र थियो। त्यही षडयन्त्रपूर्ण अभिव्यक्तिले ओली प्रधानमन्त्रीको कुर्सीमा पुग्नु भयो। तर, आज जनताले नै खेद प्रकट गर्नुपर्ने स्थिति किन आयो ओलीजी? किन आफ्ना चेलीको सुरक्षा दिन सक्नुहुन्न? यदि देशको सुरक्षा गर्न सक्नुहुन्न भने त्यो कुर्सीमा बस्ने नैतिक आधार पनि छैन तपाईसँग।

अन्त्यमा ओली सरकार जब–जब जनाता पीरमर्कामा हुन्छन्, तब नेता ती जनताको घरदैलोमा पुग्नु पर्ने होइन र! हजारौं सेना र सुरक्षाकर्मीको जत्थाको बिचमा आफ्नो सुरक्षा चाहनेले यही कुरा जनतालाई बोध गर्न किन सक्नुहुन्न प्रधानमन्त्री ज्यू?  अनि किन आज पीडित जनता तपाईलाई खोज्दै राजधानी पुग्नु पर्ने? यो पनि त सामन्ती सरकार भएन र प्रधानमन्त्री ज्यू? निर्मलाको घरदैलोमा पुगेर न्याय र सान्त्वना दिन नसक्नु नै ओली सरकारको निकम्मापनको एउटा नमूना हो। एकपछि अर्को बलात्कार र हत्याको घटना भइरहनुले दुईतिहाईको ओली सरकारको हैसियत प्रस्ट्याएको छ। ओली सरकार आज २ पक्षको बीचमा छ। अब सरकारले फेरि एक पटक जनतालाई आफ्नो शक्ति र सामर्थ्य तथा सुरक्षा र देशभक्ति पनि दिलाउन सक्ने वातावरण नेपालीको मन र समाजमा पुनर्स्थापना गर्नुपर्ने चुनौती पनि रहेको छ।

के देशको शक्ति र सत्ता ओली, प्रचण्ड र शेरबहादुरहरुको मात्रै हो? किन यिनीहरु बाहेक अरु कोही राम्रा मानिस सत्ता र शक्तिमा आउन पाउँदैनन्? के अरुमा क्यापिसिटी नै छैन राजनीति गर्ने? समय छ जनता, जागौं। अब समय छँदै जागौं। आफ्नो माटो, आफ्नो जिउँधनको सुरक्षा गर्न सक्ने वीरसपूतलाई आफ्नो नेता चुनौं। होइन भने यस्तै रह्यो भने भोलि नेपाली चेलीहरुले सुरक्षा पाउनै गाह्रो हुन्छ। घर–घरमै चेलीहरु असुरक्षित हुन्छन्। र, आफ्नै समाज नरकमा परिणत हुनेछ। जहाँ हाम्रा चेलीको अश्मिता जोखिममा हुन्छ, त्यहाँ छोरी जन्माएर पनि के काम? भन्दिनुस्, प्रधानमन्त्रीज्यू, निर्मलाहरुको आत्माले कहिलेसम्म न्याय खोज्दै भड्किनु पर्ने?


 

More form the Internet

loading...