Suvadin, Home
Nepal life 2.241M

के अझै नसुध्रने हो नेपाली कांग्रेस?

सरसर्ती हेर्दा २०७४ को संसदीय चुनावमा कांग्रेस पुरानो शक्ति र पुर्खजको बलिदानको ढोङले मात्रै चुनाव जितिन्छ भन्ने आडम्बरी शैलीका साथ आन्तरिक व्यवस्थापनसम्म नमिलार्इ चुनावमा गयो। चतुर कम्युनिष्ट चुनाव अगाडिसम्म पानी बाराबारको स्थितिलार्इ सदियौंको सारथिझैं सबै प्रपञ्च मिलाए। र, कम्युनिष्ट अब एक भयो हामी विकास र आर्थिक समृद्धि सहितको देश बनाउछौं भन्ने नारा बोकेर चुनावी मैदानमा होमिए। फलस्वरूप तत्कालीन देशकै ठूलो पार्टी नेपाली कांग्रेस नराम्ररी खुम्चियो।

राजेश्वर कमली


आज सेरोफेरो २१औं शताब्दीको घुरमिलित वातावरणमा रुमल्लिएको छ। ठूला–ठूला आविस्कारसँगै राजनीतिक रुपमा पनि धेरै देश परिवर्तित छन्। नेपाल पनि त्यस्तै देश हो, जससँग आफ्नो छुट्टै इतिहास र पहिचान छ। तानाशाही राणाशासनदेखि पट्यारिलो बहुदलीय राजनीतिक आडम्बरी शासनसम्म जनता प्रत्याभूत भइसकेका छन्। हो, हिजो त्यस्तो दिन थियो, जुन बेला राणाका र बहुप्रतिक्षित परिवारले मात्र सेवा सुविधा पाउँथे। आज पद्धति फरक छ। तर, प्रणाली उस्तै।

आज थर राणा हट्यो, पद श्री हट्यो। तर, राजनीतिक आडम्बरी खोल हटेको छैन। जनतालार्इ ढाल बनाएर जनताको नाम नै श्री भन्दै आफू सर्वशक्तिमान बन्ने प्रचलन अझ बढी मौलाएको छ। हिजो एउटा टाउकोले दावा गर्थे, आज सयौं टाउको म भन्दै दावा गर्दै छन्। बरु हिजो संस्कार थियो, तर आज त्यो संस्कार पनि एकादेशको कथा भएको छ। सरसर्ती हेर्दा २०७४ को संसदीय चुनावमा कांग्रेस पुरानो शक्ति र पुर्खजको बलिदानको ढोङले मात्रै चुनाव जितिन्छ भन्ने आडम्बरी शैलीका साथ आन्तरिक व्यवस्थापनसम्म नमिलार्इ चुनावमा गयो।

चतुर कम्युनिष्ट चुनाव अगाडिसम्म पानी बाराबारको स्थितिलार्इ सदियौंको सारथिझैं सबै प्रपञ्च मिलाए। र, कम्युनिष्ट अब एक भयो हामी विकास र आर्थिक समृद्धि सहितको देश बनाउछौं भन्ने नारा बोकेर चुनावी मैदानमा होमिए। फलस्वरूप तत्कालीन देशकै ठूलो पार्टी नेपाली कांग्रेस नराम्ररी खुम्चियो भने क्रमशः ठूलो पार्टी नेकपा एमाले र नेकपा माओवादीको तालमेल पूर्ण सकारात्मक भयो। जनमतले स्पष्ट देखायो जनमत कसैको मुठ्ठीको मकै होइन।

के हो कांग्रेस?

सामान्य भाषामा बुझ्दा नेपाली कांग्रेस स्वतन्त्र शक्तिसहितको पूर्ण लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो। यो यस्तो पार्टी हो, जुन पार्टीमा पार्टीको आधिकारिक मान्छेले यदि उसलार्इ आफ्नो पार्टीको निर्णय मन परेन भने पार्टीको बैठकमा मात्रै होइन संसद भवनको रोस्ट्रममा पार्टीको विरोध गरेर आफ्नो भावना स्पष्ट राख्न पाउँछ, यो यस्तो पार्टी हो, जुन पार्टीमा आफ्नो पार्टी सभापतिसँग खुलेआम असहमति राखेर उसकाविरुद्ध उभिन पाउँछ। र, उसका हरेक असहमतिहरु खुलेर राख्न पाउँछ। तर, कम्युनिस्टमा यी बन्धनले बाँधिएको हुन्छ, एउटा सुत्राधारभन्दा बाहिर गएर यदि निर्णय पार्टीको आधिकारिक मान्छेबाट भयो भने सम्भवतः उ पार्टीबाटै निस्कासित हुनुपर्छ। यो उनीहरुको बन्धन पनि हो र नियम पनि हो।

किन चुनाव हार्यो कांग्रेस?

थुप्रै राम्रा सामाजिक, राजनीतिक, भौगोलिक पक्ष समेटेर कयौं विज्ञहरु राखेर सबै पक्ष, अर्थ र भुगोल मिलाएर घोषणापत्र बनाइए। मिलेसम्म पर्चा र पम्लेट भित्तादेखि चौतारासम्म टालिए। तर कुनै पनि पक्ष जब जनतालार्इ बुझाउने बेला हुन्छ, तब गाउँ–गाउँमा चुनावको संहारमा केही बोलिएन फेरि त्यही रटार्इ २०६४ र २०७० सालको चुनावमा जस्तै कांग्रेस २००७ सालमा प्रजातन्त्र स्थापना गर्ने पार्टी, विपी काेइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको योगदानले बनेको पार्टी, राणा राजासँग लडेको पार्टी भन्ने नारा मात्रै संबाेधित भए यदाकदा बाहेक कतै पनि नेताले घोषणापत्र बोलेनन्, जे २०६४ को चुनावमा कण्ठस्थ थियो।

त्यही मात्र ओकाले। विषय र परिवेश बद्लियो। तर नेतृत्वको शैली बदलिएन, यो मात्र होइन पुरानै एउटा जनतामा आक्रोश थियो। यतिका धेरै समय सत्तामा बसेर जनतालार्इ प्रत्यक्ष छुने विषय के दियौं। चार–चार पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवा एउटा लोकप्रिय नारा जनतालाई दिन नसक्ने अनि उल्टै एकपटक प्रधानमन्त्री बनेका मनमोहन अधिकारीको लोकप्रिय नाराको विरोध गर्दै त्यो गलत हामीले गर्दा त्यो सम्भव भएको भन्नु पनि अर्को गल्ती रह्यो। र कतै नेतृत्वको अदूरदर्शी निर्णय अनि गुट र उपगुटले बढी प्राथमिकता पाउँदा पनि यो परिणाम भोग्नु पर्यो।

अबको बाटो?

आजको दिनमा नेपाली कांग्रेसमा सबैभन्दा खड्किएको कुरा सम्झौता हो, वर्तमान परिवेशमा देश र जनताको नाममा कुनै नेता सम्झौता गर्ने पक्षमा छैन। सबैमा 'म'को अहंकार छ। पार्टी 'म' वादमा चलिसक्यो संसदीय दलकाे नेता म, पार्टी सभापति म विभाग प्रमुख मेरो मान्छे, विभिन्न भातृ संस्थामा मेरो मान्छे। यी सबै अहंकारका पछाडि नेतृत्वको अदुरदर्शिता छ। जो बने पनि एउटा कांग्रेस भन्ने छैन। आजकाल पार्टीमा गुटबन्दीको पराकाष्ठा यतिसम्म भइसक्यो कि आफ्नो गुटभन्दा अरु कुनै नेतासँग गएर फोटो मात्र खिचे पुग्छ। उसकाे दिनगन्ति शुरू हुन्छ।

संगठन र सामूहिक शक्ति भन्ने सबै हराइसक्यो। पुँजीपतिहरु आजकल धनको बलमा राजनीति र राजनीतिक व्यवस्थामाथि आधिपत्य स्थापित गर्दै सम्पन्नशाली वर्गको मातहतमा राजनीति पुर्याइसके, जुन गएको चुनावमा पनि स्पष्ट देख्न पाइन्थ्यो। यस्ता अराजनीतिक तत्वको पनि बेलैमा निगरानी गरिनुपर्छ। कांग्रेसभित्र आजकाल धेरै विशेषज्ञहरु जन्मिसके, जो नितान्त आफ्नो कुराको मात्र बजारमा व्यापार गर्दैछन्, त्यो राम्रो होस् या नराम्रो कुनै प्रवाह छैन। उक्त कुरा पार्टी हीतमा होस् या नहोस्, त्यसकाे पनि पर्वाह छैन, मात्र तुलना आफ्नो स्वार्थसँग छ, अब यो संस्कार पनि पार्टीबाट हट्नुपर्छ।

वीपी कोइरालाले कुनै बेला भन्नुभएको थियो। म जनतालार्इ सुसंगठित गर्ने र उनीहरुलार्इ आधारभूत राजनीतिक विवादहरुबारे बोध गराउने जस्ता कार्यमा दत्तचित्त रहेको छु। हो, आजको नेतृत्वले पनि वीपीको नाम भज्ने मात्र होइन, यी सबै वीपीको राजनीतिक पद्धति अनुशरण गर्ने चेस्टा पनि गरोस्। राजनीतिक रुपमा नेपाली कांग्रेस अब सच्चिनुको विकल्प छैन। लोकतान्त्रिक पार्टीको अरुभन्दा धेरै अवसर र चुनौति दुवै छ, भाषिक विभेद अनि केही मतभेद पनि होलान्।

तर, त्यसलार्इ अब गुट र उपगुटमा परिणत गर्नुभएन। वीपी आदर्श मात्र बाँढ्ने होइन, काम गर्ने नेतृत्वपङ्ति स्थापना गर्न सक्नुपर्यो, व्यक्तिले पार्टी सञ्चालन होइन, पार्टीद्वारा व्यक्ति सञ्चालित हुनुपर्छ। अब झुन्डमा रमाउने होइन, सबै कार्याकर्तालार्इ हेर्ने आँखा समान हुनुपर्छ। सत्ता र स्वार्थभन्दा माथि उठेर देश र जनता भन्ने भावना विकास गर्न सके मात्र नेपाली कांग्रेस फेरि जनप्रिय पार्टी बन्ला!


 

More form the Internet

loading...