Suvadin, Home

Cover Image

जो बढी धर्मात्मा त्यही बढी संकटमा किन?

धार्मिक मानिस कसलाई भन्ने? यो विषयमा पनि अनेक बहस, छलफल हुन्छ नै। यहाँ समाजको साधारण बुझाईमा धार्मिक मानिस तिनलाई भनिन्छ जो सधैँ भगवानको पूजा गर्छन्। मन्दिर जान्छन्। भगवानको दर्शनका लागि हुनसम्मको प्रयास गर्छन्। भगवानको नाममा ब्रत बस्ने, पूजापाठ गर्ने, भगवान रिसाउलान् भनेर सधैँ डराउने, देउतालाई खुशी पार्न सधैँ प्रयास गर्ने, देउतालाई भेटी, मिठाई, फलफूल, अन्न, नैवेद आदि चढाउने र निष्ठापूर्वक, श्रद्धापूर्वक आस्थापूर्वक सम्मान गर्ने मानिसलाई धर्मात्मा मानेको देखिन्छ।
रामचन्द्र उप्रेती।

रामचन्द्र उप्रेती


धर्म के हो? केलाई धर्म मान्ने? के गर्दा धर्म हुन्छ? धर्म किन गर्ने? धर्मको परिभाषा के हो? यस्ता विषयमा अनन्त बहस भएको छ, हुन्छ र भइरहन्छ। म बहस गर्ने र रौं चिरा छलफल गरेर अर्थ लगाउनेभन्दा धर्म र धार्मिक विषयमा समाजमा रहेको साधारण बुझाई जे छ त्यसैका आधारमा केही चर्चा गर्न प्रयास गरेको छु।

समाजमा रहेको धर्मको परिभाषा वा बुझाई भनेको भगवान, ईश्वर वा यस्तै कुनै नाममा आस्था जनाउनु हो। श्रद्धा गर्नु हो। धार्मिक मानिसले भनेको मान्नु हो। धार्मिक मानिस कसलाई भन्ने? यो विषयमा पनि अनेक बहस, छलफल हुन्छ नै। यहाँ समाजको साधारण बुझाईमा धार्मिक मानिस तिनलाई भनिन्छ जो सधैँ भगवानको पूजा गर्छन्। मन्दिर जान्छन्। भगवानको दर्शनका लागि हुनसम्मको प्रयास गर्छन्। भगवानको नाममा ब्रत बस्ने, पूजापाठ गर्ने, भगवान रिसाउलान् भनेर सधैँ डराउने, देउतालाई खुशी पार्न सधैँ प्रयास गर्ने, देउतालाई भेटी, मिठाई, फलफूल, अन्न, नैवेद आदि चढाउने र निष्ठापूर्वक, श्रद्धापूर्वक आस्थापूर्वक सम्मान गर्ने मानिसलाई धर्मात्मा मानेको देखिन्छ।

म सानो छँदा मेरी आमाले खेतबारीमा फलेको सिजनअनुसारको पहिलो फल देउताका नाममा चढाएको देखेको थिएँ। बारीमा फलेकामध्ये काक्रा, सुन्तला टपक्क टिपेर खान मिल्थ्यो। तर, आमाले देउतालाई चढाएपछि मात्र खाने गरेकाले नचढाई खान पाइँदैनथियो। आमाले लिने ब्रत त कति हो कति। बुवा झन् धेरै धार्मिक हुनुहुन्थ्यो। मेरा बुवाआमा, मामामाइजु, काकाकाकी सबैजनाले भगवानमा गहिरो आस्था राख्ने गरेको पाएको छु। तर, व्यक्तिगत र परिवारिक जीवनमा उनीहरुले दुःख बाहेक केही पाएजस्तो लाग्दैन। उहाँहरुको जीवनमा निकै दुःख हुँदा पनि भगवानप्रतिको विश्वास डग्मगाएको कहिल्यै देखिनँ।

प्रकृतिको अस्तित्व र सन्तुलन, प्रकृतिमा भएका पदार्थको मिश्रण र त्यसबाट हुने परिवर्तनले दुनियाँ चलायमान छ भन्ने मेरो बुझाई छ। यो मेरो विश्वास मात्रै हो। सत्य हो कि होइन म किटान गरेर भन्ने र प्रमाणित गर्न सक्ने हैसियतमा छैन।

मैले विद्यालयको औपचारिक शिक्षा माध्यमिक तहसम्मको मात्र लिन पाएँ। त्यसपछि जीवनले जीविकाको खोजी र परिवारको जिम्वेवारी पूरा गर्न खोज्दाखोज्दै दिनरात कसरी बिते पत्तै भएन। समाज, राजनीति, भूगोल, व्यक्ति, व्यक्तिका चित्तवृत्त आदिको अध्ययन एउटा यस्तो गहन विषय रहेछ, त्यो नजानी पनि नहुने जानेर पनि नसकिने। यस्तैमा मैले राजनीतिमा लागेर अलिअलि दर्शनको अध्ययन गर्न पुगेछु। मैले पढेको दर्शनमा भगवानको अस्तित्व मानिसले बनाएको हो भन्ने पढेँ। तर, सबै प्रकारका धर्मको मान्यता त भगवानले यो दुनियाँको सृष्टि गरेका हुन् भन्ने छ। म अहिले रनभुल्लमा छु। फेरि पनि कुनै भगवानले आफ्नो मर्जीले यो दुनियाँको रचना गरेका हुन् भन्नेमा अझै विश्वास छैन। प्रकृतिको अस्तित्व र सन्तुलन, प्रकृतिमा भएका पदार्थको मिश्रण र त्यसबाट हुने परिवर्तनले दुनियाँ चलायमान छ भन्ने मेरो बुझाई छ। यो मेरो विश्वास मात्रै हो। सत्य हो कि होइन म किटान गरेर भन्ने र प्रमाणित गर्न सक्ने हैसियतमा छैन।

तर, दुनियाँमा ईश्वर, भगवान, अल्लाह, जिसस आदि आदिले नै यो दुनियाँको सृष्टि गरेका हुन् र उनीहरुकै इच्छाअनुसार मात्रै सबैकुरा भइराखेको हुन्छ भन्ने मान्यता राख्नेहरुको संख्या ठूलो छ। त्यही भएर होला मानिसको ठूलो जमात आज पनि भगवानको ढोकामा भगवानप्रति भक्तिभाव दर्शाउन, आस्था व्यक्त गर्न, भगवानलाई मनपर्ने कुरा र काम गर्न अर्थात् भगवानलाई खुशी पार्न थरिथरिका काम गर्ने गरेका छन्। भगवानलाई खुशी पार्नुमा स्वार्थ पनि जोडिएको छ। किनभने भगवानको द्वार अगाडि गएर मानिस अन्तरमनले नमन गरेर केही न केही मागिरहेको नै हुन्छ।

मैले सन् २००८ पछिका दिनमा अलि बढी नै घुमघामको अवसर पाएँ। नेपालकै जनकपुर र पशुपतिनाथमा त्योभन्दा अगाडि नै पुगेको थिएँ। पछि भारतको विशेष गरी दक्षिणी भागका धेरै मन्दिरको अवलोकन र भ्रमण गर्ने अवसर जुर्यो। अझ पटक–पटक जुर्यो भन्दा पनि हुन्छ। नेपालकै पूर्वको पाथिभरा, मध्यको मनकामनाजस्ता धार्मिकस्थलको भ्रमण गरेको छु। अरु धार्मिक मेलाहरु पनि समय समयमा पुग्ने अवसर प्राप्त भएको छ।

यस्ता अनेकन् धार्मिक क्षेत्रको यात्रामा मैले देखेका मानिस सामान्य अवस्थाका छन्। त्यहाँ पुग्ने ९० प्रतिशतभन्दा बढी मानिसको स्वास्थ्य अवस्था त्यति राम्रो देखिँदैन। लवाई सामान्य छ। यतिबाट बुभ्mन सकिन्छ, तिनको आम्दानी खासै राम्रो छैन। तिनको आवास साधारण हुनुपर्छ। राम्रो शिक्षा पाएका छैनन्। पोषणयुक्त भोजन छैन, शुद्ध पिउने पानीको सबैमा पहुँच छैन। छोराछोरीले राम्रो शिक्षा पाउन सकेका छैनन्। सामाजिक थिचोमिचो र अन्याय सहन बाध्य छन्। राज्यको पहुँचबाट अभैm टाढा बसेको सहजै अनुमान गर्न सकिन्छ। यी र यस्तै समस्याका कारण उनीहरुको जीवनमा समस्याको चाङ लागेको छ। जीवन कष्टकर छ। तर, भगवानप्रतिको आस्था यिनीहरुमै बढी देखेको छु।

विद्यार्थी मन्दिरमा गएर ज्ञान होइन पास हुने बरदान माग्छन्। किनभने उनीहरुलाई पास भएपछि सबैथोक हुन्छ भन्ने भ्रम हुन्छ। हुन त भगवानसँग मागेर पाइन्छ भन्ने पनि भ्रम नै हो।

जुन मन्दिरमा गएपनि भक्तको भीड भेटिन्छ। तर, भक्तको अवस्था र स्तर नियाल्दा प्राय समानता भेटिन्छ। मेरो चासो किन यस्तो हुन्छ भन्ने मात्रै हो। म सबैलाई उस्तै त देख्दिन। तर, मन्दिरमा पुगेकामध्ये धेरै मानिस माग्न जान्छन् भन्ने मेरो बुझाई छ। माग्नेहरु धनदौलत, सन्तान, पतिपत्नी आदि माग्छन्। सन्तानको सद्बुद्धि, सुस्वास्थ्य, शिक्षा, भाग्य, समृद्धि आदि माग्छन्। कार्यसिद्धि र कार्यसफलताको माग सबैले नै गर्छन् होला। किनभने उनीहरुसँग त्यसको अभाव हुने गर्छ। धेरै धन भएकाहरु पनि मन्दिरमा जाने गर्छन्। सायद उनीहरु अझै धेरै धन माग्छन्। विद्यार्थी मन्दिरमा गएर ज्ञान होइन पास हुने बरदान माग्छन्। किनभने उनीहरुलाई पास भएपछि सबैथोक हुन्छ भन्ने भ्रम हुन्छ। हुन त भगवानसँग मागेर पाइन्छ भन्ने पनि भ्रम नै हो।

तर, जबसम्म यो खाले भ्रममा विश्वास हुन्छ, तबसम्म माग्ने गर्दा पनि मनमा मैले मागेको छु भन्ने कारणले सायद केही फाइदा नै हुन्छ। भगवानसँग माग्नेहरु सशर्त माग्ने गर्छन्। मेरी आमाले पूर्वकी प्रशिद्ध भगवती पाथिभरासँग मलाई माग्नु भएको थियो रे। आमाको माग उहाँका लागि एकदमै ठूलो रहेछ, तर शर्त एकदमै सामान्य रहेछ। छोरो जन्मेपछि देखाउन ल्याउछु भन्नु भएको रहेछ। संयोग मेरो जन्म भयो । म सानो छँदा आमाले बुबा, मामामाइजु र मामाका छोरीहरुसँग मलाई लिएर पाथिभरा माताको दर्शन गराउन लानुभएको अलिअलि याद छ। म कति वर्षको थिएँ, त्यो थाहा छैन। तर, पाथिभरामा मानिसहरु भाकल पूरा गर्न बोका घिसार्दै गएको याद छ। डाँडामा हिउँ परेर सेताम्यै भएको याद छ। यस्तो भाकल चल्तीको चलन हो।

मेरा बाआमा, काकाकाकी, मामामाइजुको समयमा अहिलेको भन्दा धेरै भाकल गर्ने, देउताप्रति अगाध विश्वास गर्ने, देउतासँग गरेका सबै वाचा जसरी पनि पूरा गरी छाडने गर्थे। अहिलेका मानिस देउतासँग त्यस्तो डराएको जस्तो लाग्दैन। तर, उतिबेला देउता रिसाएभने दुःख दिन्छन् भन्ने डर व्यापक थियो। त्यसैले पनि देउतालाई खुशी पार्न कुनै कसर बाँकी राखिँदैनथियो। तर, देउता खुशी भएर मेरा आफन्तजनलाई सुख दिएको मैले खासै देख्न पाइँन। अहिले देउताले बिगार्छन् कि भन्ने डर हराउँदै गएको जस्तो लाग्छ। तर, भगवानले आफूले चिताएको र मागेको दिन्छन् भन्ने विश्वास चाहिँ प्रवल छ।

तर, कर्म गर्नभन्दा भगवानसँग माग्न सजिलो भएकाले होला मानिसले निसंकोच मागिरहे र मागिरहेका छन्। जस–जसले भगवानसँग माग्ने गरिरहे तिनले राम्ररी सिकेर, विधिप्रविधिसहित, विश्वासका साथ कर्म गर्न चुकेको देखिन्छ।

भगवानप्रतिको विश्वास र आस्था हाम्रो संस्कृति बनेको छ। यो सीमासम्म त ठिकै थियो। तर, भगवानले दिएपछि मात्रै पाइन्छ, भगवानले नदिए केही पाइँदैन भन्ने विश्वासका कारण मानिसले चुपचाप अन्याय सहेको, जालीझेलीका कुरा पत्याउने गरेको, आफ्नो दुःखका लागि आफ्नै भाग्यलाई दोश दिएको, आफ्नो भाग्य राम्रो बनाइदिन बारम्बार भगवानसँग गिडगिडाउने गरेको पाएको छु। हुन त ‘भाग्यमा छ भन्दैमा डोकामा दुध दोएर अडिदैन’ भन्ने उखान पनि चल्तीमा नै थियो। यसको अर्थ मानिसलाई कर्म गर्नुपर्छ भनेर सिकाउने हो। तर, कर्म गर्नभन्दा भगवानसँग माग्न सजिलो भएकाले होला मानिसले निसंकोच मागिरहे र मागिरहेका छन्। जस–जसले भगवानसँग माग्ने गरिरहे तिनले राम्ररी सिकेर, विधिप्रविधिसहित, विश्वासका साथ कर्म गर्न चुकेको देखिन्छ।

सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक जटिलताहरु बुझ्न नसकेको पाएको छु। अहिले पनि केही अल्छी र विन्दास स्वभावका विद्यार्थी समयमा राम्ररी ध्यान दिएर पढ्दैनन्। तर, उनीहरुलाई परीक्षामा पास गर्नैपर्ने सामाजिक र पारिवारिक दवावका कारण परीक्षाको अघिपछि भगवानसँग गएर गिडगिडाउँछन्, भाकल गर्छन्। मेरो विचारमा भाकल एक प्रकारको ब्ल्याकमेल हो। मलाई यो गरिदेउँ म तिमीलाई त्यो गरिदिन्छु भनेको हो। भगवानसँग गरिने यस्तो सम्झौता सधैँ एक पक्षीय हुन्छ। यो सम्झौतामा भगवानले के भने माग्नेलाई पनि थाहा हुँदैन। संयोगले पूरा भएछ भने मैले मागेर पाएँ भन्ने सन्तोष मात्रै हो। मेरी आमालाई जस्तै।


 

More form the Internet

loading...