Suvadin, Home

डाक्टर केसीको जीवन रक्षाका लागि आवाज घन्काऔँ

सातौं पटकको अनशनको क्रममा देखिएको मुटुको समस्या कुनैपनि बेला भयावह मात्र हैन मुटुले काम गर्न छोडने स्थिति आउनसक्छ। मृगौला आदिको स्वास्थ्य अवस्थाबारे अनुमान गर्न सकिए पनि मुटुबारे केही भन्न नसकिने डाक्टर दिव्यासिंह शाह बताउछिन्। धेरै पटकको लामो अनशन र शारीरिक पीडा अनि असहजताले स्वास्थ्य जटिता बढदै जानुका साथै पहिले पहिले नदेखिएका समस्या समेत देखिन थालेकोले उनको उपचारमा सम्लग्न डाक्टरहरु चिन्तित र भयग्रस्त छन्।
लेखक सञ्जीव कार्की 

सञ्जीव कार्की 


यी मनुवा आफैमा हाडजोर्नी विषयका नामी डाक्टर। असल छवि र सत् चारित्र बोकेका व्यक्ति। प्राध्यापक डाक्टर गोविन्द केसी चाहेको भए जति पनि पैसा कमाएर आनन्दको जीवन बाँच्न सक्थे अझै सक्छन्। तर आफ्नो व्यक्तिगत सुख, पारीवारिक फाइदा र नाफा अनि सुख सयल भन्दा जनताको सुख दुःखले पिरोलिएका छन्।

जनताको स्वास्थ्य उपचार महँगो र सर्वशुलभ नभएकोमा यिनलाई ठूलो चिन्ता तनाव र छटपटि मात्र होइन कर्तव्यबोध र दायित्वको गहन जिम्मेवारी पनि छ। तसर्थ आफ्नो जीवन दाउमा राखेर जनस्वास्थ्य र शिक्षाको लागि मृत्युसँग पटकपटक साक्षात्कार गर्न पुग्छन। माफिया दलाल र मृत्युका काला ब्यापारीसँग एक्लै पौठेजोरि खेल्न डराउदैनन्। यिनलाई आफ्नो ज्यान भन्दा तीन करोड नेपाली जनताको ज्यान प्यारो छ।

जनसेवा, समाजसेवामा जतिसुकै चुनौती, अप्ठ्यारा भय र आतंक भए पनि त्यही मार्गमा असिम खुसी र अथाह लगाव देखाउछ्न। आज यिनले सत्याग्रह गरेर निर्जल, निराहर उपवास गरेको १३औं चरणको सातौँ दिन हो। शिष्ट, सभ्य, शालिन तागत र सामर्थ्यलाई यो देशका पार्टीहरु, सरकार सधैं अन्डरमाइन्ड र अन्डरस्टेमेट गर्छन् र गरिरहेका छन्।

केसीका माग जायज र जनताको हितमा छ भनी स्वीकार गरेर सम्झौतामा हस्ताक्षर धस्काएका छन्। पक्कै पनि सम्झौता गर्दा नेताहरूले गाँजा, भाँङ, धतुरो र नशालु पदार्थबाट उत्तेजित भएर बहकाउमा परेर गरेका होइनन् होला!

 

जनताको स्वास्थ्य जस्तो समंवेदनशील विषय र यसका उपासकको माग र अधिकारलाई  अन्डरस्टेमेट र अन्डरमाइन्ड गर्नेले सजाय पाउनेछन् र त्यो सजाय तपाईं हाम्रो एकताको बलले सम्भव छ जसको लागि ढिला नगरी आवाज बुलन्द गर्नुपर्ने हुन्छ।

आफ्नो सामान्य स्वास्थ्य जाँचको लागि पनि युरोप अमेरिका र विश्वका अत्याधुनिक सुबिधा सम्पन्न महँगो अस्पतालको शरणमा पुग्ने यो देशका ठूल्ठूला नेताहरू जनताको स्वास्थ्य र सेवामा गम्भीर र नैतिकवान छैनन् भन्ने कुरा डाक्टर केसीको १३ औं अनशन र सरकारले आफ्नो प्रतिबद्धता र वचनवद्द्ताको बाराम्बार उल्लंघन र वेवास्ताबाट प्रमाणित हुन्छ।

डाक्टर केसीसँग यो देशका सबै ठूल्ठूला पार्टी सरकार र नेताहरूले सम्झौता गरेका छन्।  केसीका माग जायज र जनताको हितमा छ भनी स्वीकार गरेर सम्झौतामा हस्ताक्षर धस्काएका छन्। पक्कै पनि सम्झौता गर्दा नेताहरूले गाँजा, भाँङ, धतुरो र नशालु पदार्थबाट उत्तेजित भएर बहकाउमा परेर गरेका होइनन् होला! आफूले गरेको सम्झौता पालन गर्न किन सधैं आनाकानी?

प्राध्यापक डाक्टर केसी जीवन मरणको अत्यन्तै जोखिम अवस्था मा छन् र जनस्वास्थ्यकै लागि मर्न परे पनि हासी हासी मर्न राजी भएका छन्।

 

माफियासँग मिलेर खाएको पैसाले भत्भती पोलेको त होइन?  केही स्वार्थी, द्रव्यपिचास, माफिया, भय, त्राश र मृत्युको आतंक देखाएर जनताको सम्पत्ति लुटने लुटेरा ठूला कि एउटा सिटामोल खान नपाएर मर्ने अभिशप्त नियति बोक्ने नेपाली जनता ठूला? नेताहरू जवाफ देउ।

विवेकी नेपाली दिदीबहिनी, दाजुभाइ, आमाबुवाहरु। अहिले डाक्टर केसीको स्वास्थ्य जटिल गम्भीर र अत्यन,जोखिम बन्दैछ। पटकपटक अनशनले थलिएको वृद्ध शरीर, कम समयको अन्तरालको धेरै चरणको अनशनले स्वास्थ्य स्थिति छिटोभन्दा छिटो खस्कदै छ।

सातौं पटकको अनशनको क्रममा देखिएको मुटुको समस्या कुनैपनि बेला भयावह मात्र हैन मुटुले काम गर्न छोडने स्थिति आउनसक्छ। मृगौला आदिको स्वास्थ्य अवस्थाबारे अनुमान गर्न सकिए पनि मुटुबारे केही भन्न नसकिने डाक्टर दिव्यासिंह शाह बताउछिन्। धेरै पटकको लामो अनशन र शारीरिक पीडा अनि असहजताले स्वास्थ्य जटिता बढदै जानुका साथै पहिले पहिले नदेखिएका समस्या समेत देखिन थालेकोले उनको उपचारमा सम्लग्न डाक्टरहरु चिन्तित र भयग्रस्त छन्।

कतै यहि अवस्था रहिरह्यो या लम्बियो भने डाक्टर केसीलाई गुमाउनु पर्ने त होइन?  प्राध्यापक डाक्टर केसी जीवन मरणको अत्यन्तै जोखिम अवस्था मा छन् र जनस्वास्थ्यकै लागि मर्न परे पनि हासी हासी मर्न राजी भएका छन्। यस्तो बेला हामीले पनि बोल्ने हैन र रु मरेपछिको सम्मान भक्ती आरति भन्दा जीउँदै हुँदा केही गर्ने हो कि? जीउँदो हुँदा सम्मान गर्न सकौ, सिकौं।

जनताको अपूर्व र अजेय शक्ति सहित शनिबार माइतीघर मण्लामा ठिक १२ बजे स्वतस्फूर्त भेला भएर शासक र माफीयाहरुको बाक्लो कानको जाली फुटने गरी हाम्रो स्वास्थ्य अधिकार अनि यसका अभियन्ता डाक्टर केसीको जीवन रक्षाको आवाज घन्काऔँ।

मानवता मरेकै हो?


 

More form the Internet

loading...