लेखक शिव प्रकाशकाे सुझाव
परिवर्तनका लागि दल हैन, मान्छेभित्र नैतिक बल खोजौं !
शिव प्रकाश
असम्भव छैन परिवर्तन। तर, परिवर्तनलाई सम्भव बनाउन सबैभन्दा पहिला आफू परिवर्तन हुनुपर्छ। परिवर्तनका लागि हाम्रो सोचमा परिवर्तन गरौं।
मतदान संस्कृतिमा परिवर्तन गरौं। हाम्रो दृष्टिमा परिवर्तन गरौं। दल हैन, व्यक्तिको चरित्र हेरौं। यही हो बेला, भ्रष्ट र भ्रष्टनेताको खल्तीबाट जन्मिएका नालायकहरुलाई दण्डित गर्ने। माफियाहरुलाई पराजित गर्ने।
काठमाण्डौं क्षेत्र नम्बर-१ बाट (ने.कां.)प्रकाशमान सिंहले हारे देशलाई केही फरक पर्दैन। तर, विवेकशील साझाका रविन्द्र मिश्रले जिते पक्कै केही फरक पर्छ।
कमसेकम परिवर्तनको एउटा बिरुवा संसदको बगैंचामा उम्रिन सक्छ। तर, क्षेत्र नं ४ मा गगन थापा (ने.कां.)ले जित्नुको अर्थ विधि–विधान र पद्धतिले जित्नु हुन्छ।
क्षेत्र नम्बर-२ मा माधव नेपाल (एमाले–माओवादीका)ले हारे थोरै भएपनि संगठित भ्रष्टाचार र विवेकहीनताको अन्त्य हुन्छ। तर, विवेकशील साझाका डा. सूर्यराज आचार्यले जिते देशको सर्वोच्च संसदमा भ्रष्टाचार र माफियातन्त्र विरोधी एउटा सूर्य उदाउन सक्छ।
क्षेत्र नम्बर-३ मा ने.का.का अम्बिका बस्नेतबाट देशले के आश गर्नु? तर, विवेकशील साझाकी डा. सुमित्रासिंह लामाबाट पक्कै पनि निराशाभित्र आशाको एउटा दीयो बाल्ने काम हुन सक्छ।
क्षेत्र नम्बर-५ मा एमाले–माओवादीका ईश्वर पोखरेल र नेकाका प्रकाशशरणले हारे राजनीतिक बेथिति र दूराचार अलिकति भए पनि घट्न सक्छ। तर, विवेकशील साझाका उज्वल थापाले जिते थिति र विधि–विधानको वकालत सदनमा हुन्छ।
उदाहरण मात्र हो, काठमाण्डौं। सबैतिर सबैले दल हैन, उमेदवारभित्र नैतिक बल खोजौं। सबैभन्दा ठूलो ज्ञान भनेको सहज ज्ञान हो, जसलाई सामान्य ज्ञान भनिन्छ। त्यो सामान्य ज्ञान भनेको विवेक हो। हामी सबैमा छ, प्रयोग गरौं।
क्षेत्र नम्बर-८ मा एमाले–माओवादीका जीवनराम श्रेष्ठले हारे जातीय संकीर्णता र भ्रष्टाचार पक्कै केही कम हुन्छ। तर, ने.काँ.का नविन्द्रराज जोशीले हारे भ्रष्टाचार विरोधी, विकासवादी एउटा रुख ढल्छ।
उदाहरण मात्र हो, काठमाण्डौं। सबैतिर सबैले दल हैन, उमेदवारभित्र नैतिक बल खोजौं। सबैभन्दा ठूलो ज्ञान भनेको सहज ज्ञान हो, जसलाई सामान्य ज्ञान भनिन्छ। त्यो सामान्य ज्ञान भनेको विवेक हो। हामी सबैमा छ, प्रयोग गरौं।