Suvadin, Home

राजनीति, समाजसेवा र बुवा निशान ढुंगेल
एउटा छोराको लेख

जब टेलिभिजनमा प्रधानमन्त्री तथा नेताहरुले भाषण गर्नुहुन्थ्यो, म चाखपूर्वक हेर्थे। अर्कोतर्फ घरको माहोल पनि राजनीतिक नै थियो। मेरो बुवा नेपाली कांग्रेसको जिम्मेवार कार्यकर्ता हुनुहुन्थ्यो।
स्वास्थ्यमन्त्री गगन थापा, कांग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा, जिल्ला सभापति दुर्लभ थापा लगायतका अतिथिहरू उपस्थित कार्यक्रमकाे सञ्चालन गर्दै निशान ढुंगेल।

सुघोष ढुंगेल


राजनीति सामाजिक सेवाको सबैभन्दा सशक्त माध्यम हो। यही माध्यमबाट हामी मुलुकको विकास, उन्नति र समृद्धि सुनिश्चित गर्न सक्छौं। समाजको विकास, आर्थिक उन्नति र स्रोतसाधन चलायमान बनाउनका लागि राजनीतिक पार्टी खोलिएको हो।

हामी अहिले स्थानीय तहको निर्वाचनको संघारमा छौं। निर्वाचनबाट छानिने नेतृत्व नै लोकतान्त्रिक पद्धतिमा राज्य सञ्चालन गर्ने–गराउन पदाधिकारी अथवा जिम्मेवारी पाएका व्यक्ति हुन्।

यही आवश्यकता परिपूर्ति गर्नका लागि राजनीतिक दल सक्रिय भएका हुन्छन्। स्थानीय तहको निर्वाचन आगामी २०७४ साल वैशाख ३१ गते हुन लागेको छ। सबै तयारी भइरहेको छ।

यही परिवेशमा एउटा विद्यार्थी नजरबाट निर्वाचनलाई नियाल्ने कोसिस गरिएको हो। स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने  तयारी गरी रहेको समयमा मलाई पनि केही भन्न मन लागेको छ। 

नेपालको  सबैभन्दा पूरानो राजनीतिक दल नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय रहनु भएका भक्तपुर सूर्यविनायक नगरपालिका निवासी निशान ढुंगेल उक्त नगरका लागि मेयर पदमा स्वाभाविक दावेदार हुनुहुन्छ।

उहाँ मेरा आदरणीय बुवा हुनुहुन्छ। र, उहाँको उम्मेदवार किन भन्ने सवालमा मैले केही उत्तर यो लेखमा प्रस्तुत गर्नेछु। नेपाली राजनीतिका विषयमा मलाई सानैदेखि चासो थियो।

जब टेलिभिजनमा प्रधानमन्त्री तथा नेताहरुले भाषण गर्नुहुन्थ्यो, म चाखपूर्वक हेर्थे। अर्कोतर्फ घरको माहोल पनि राजनीतिक नै थियो। मेरो बुवा नेपाली कांग्रेसको जिम्मेवार कार्यकर्ता हुनुहुन्थ्यो।

विस्तारै जिम्मेवारी बढ्दै गयो। र, उहाँको छवि राजनीतिक दलको नेताको रुपमा दरिन पुग्यो। उहाँले राजनीतिलाई समाज सेवा बनाउनुभयो। र, निरन्तर सामाजिक कार्यमा खटिनुभयो।

बुवाले हामीप्रतिको दायित्व पनि कहिल्यै बिर्सिनुभएन। उहाँ भन्नुहुन्छ, ‘राजनीतिलाई समाजसेवाकै रुपमा हेरेको छु, सामाजिक कार्यबाटै अघि बढ्छु।

निशान ढुंगेलको परिचय

बुवा सूर्यविनायक नगरपालिकाको मेयर पदमा विजयी हुनुभएको देख्ने मेरो चाहना हो। वि.सं. २०३० साल पुस २१ गते जन्मिनु भएका निशान ढुंगेल जुँगाको रेखी बसेदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो रे।

वि.सं. २०४६ सालको जनआन्दोलनदेखि नेपाली जनताको अधिकार स्थापित गर्ने लाग्नु भयो उहाँ। अहिले म कक्षा–९ मा अध्यनरत छु। आजसम्म बुवाको राजनीतिप्रति मलाई कुनै गुनासो छैन।

बरु उहाँको छोरा भएकोमा अझ सम्मान र गर्व महसुस गर्छु। बुवा भक्तपुर बहुमुखी क्याम्पसमा  स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको तर्फबाट सचिव पदमा विजयी हुनुभएको थियो रे। अनि विद्यार्थीको हकअधिकारका लागि संघर्ष गर्नुभयो रे।

सामाजिक कार्यहरुमा पनि खटिएको देखिरहेको छु। विभिन्न संघ–संस्थाहरुमा आवद्ध रहेर काम गर्नु भएका उहाँले नेपाल रेडक्रस सोसाइटी, गणेशमान सिंह वाटिका, कटुञ्जे–घट्टे खोला लिफ्ट खानेपानी आयोजना, प्रजातान्त्रिक गैरसरकारी संस्था नेपालमा उहाँले नेतृत्वदायी भूमिका खेल्नुभएको छ।

अन्य विभिन्न सामाजिक संस्थामा क्रियाशील भएर लागि राख्नुभएको छ। उहाँ उक्त आयोजनाको अध्यक्ष हुनु भएर ११ वर्ष काम गर्नुभयो। उहाँकै कार्यकालमा तत्कालीन कटुञ्जे गाविसमा १८ हजार घरपरिवारका लागि खानेपानी सुविधा उपलब्ध गराएइको थियो।

साथै, तीन वटा बोरिङ निर्माण गरिएको थियो। उहाँकै कार्यकालका २४सैं घण्टा खानेपानी उपलब्ध गराउने योजना बनेको थियो। उक्त योजना अहिलेको आर्थिक वर्षमा पूरा गर्ने लक्ष्य राखिएको छ।

वि.सं. २०६७ सालमा फेडेनका केन्द्रीय सदस्यमा मनोनित हुनुभएका उहाँले केन्द्रीय सचिवसम्म बन्नुभयो। उहाँका सबल पक्ष भनेकै सामाजिक कार्यमा सधैँ रमाउने नै हो।

ल क्याम्पसमा पढ्दा गणेशमान सिंह, बिपी कोइराला, कृष्णप्रसाद भट्टराई लगायत नेताका बारेमा जानकारी पाएपछि उहाँले भक्तपुर क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गर्नुभएको थियो। उहाँ पत्रकारिता क्षेत्रमा पनि संलग्न हुनुभयो।

सानै उमेर भए पनि सामाजिक हितमा आवाज उठाउने गरेकाले उहाँलाई त्यो समयमै ‘दुधे नेता’ भन्ने गरिन्थ्यो रे। बाल्यकालमा निकै कष्टकर जीवन बिताउनु भएका उहाँले जस्तोसुकै मोड आएपनि निराश भएरपछि नहटी आफ्नो जिम्मेवारी पूरा गर्नुभएको छ।

मेयर पदमा उमेदवारीका लागि आफ्नो दाबेदारी पेश गर्दै सूर्यविनायक नगरपालिका जनताहरुको उत्थान र विकास निर्माणको कार्य गर्ने योजना बनाउनुभएको छ। नेविसंघ भक्तपुरको नेतृत्व गरिसक्नु भएकाले उहाँको क्षमता सशक्त छ भन्ने कुरालाई पुष्टि गर्छ।

उहाँको पार्टी र संगठनप्रतिको जिम्मेवारी र क्रियाशिलता देखेर कार्यकर्तादेखि शीर्ष नेतासम्मले ‘पार्टी कार्यकर्ता त निशान ढुंगेलजस्तो हुनुपर्छ’ भन्ने गरेका छन्।

वि.सं. २०५६ सालमा बेरोजगारीको समस्या हटाउन युवा स्वरोजगारी कार्यक्रम सञ्चालन गरियो। भक्तपुरमा सञ्चालित उक्त कार्यक्रमका लागि सदस्य सचिवको जिम्मेवारी उहाँलाई नै दिइएको थियो। नेपाली कांग्रेसको जिल्ला अधिवेशनले उहाँलाई सदस्यमा निर्वाचित गरेको छ।


 

More form the Internet

loading...