Suvadin, Home
Citizen Bank 440.4k

Cover Image

यस साता सर्वकृष्ट ट्वीट कसले गर्यो?

आफुलाई मननपरेका र नबुझेका कुरा जति सबै विदेशी स्वार्थमा आएका भनेर दुत्कार्ने प्रवृत्ति विद्वान र नेताहरूमा समेत रहेसम्म देश समृद्ध बन्दैन है! ज्ञानविज्ञान,प्रविधि,लोकतन्त्र,गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समाजवाद,समृद्धि सबैलाई आयातित भनेर फाल्ने हो भने हाम्रो आफ्नो चाहीँ के त? सोचौं!' 
सांकेतिक तस्वीर

काठमाडाैं, ६ असार – अाज केही फरक विषयलार्इ समेट्ने क्रममा शुभदिनले केही प्रभावशाली व्यक्तिहरूको ट्वीटलार्इ स्थान दिएको छ। ट्वीटरमा गरिएको विविध ट्वीटहरू यस प्रकार रहेका छन्।

युवा शक्ति नेपालका अध्ययक्ष डा.बाबुराम भट्टरार्इले अाफ्नो ट्वीटर वालमा अाज यस्तो ट्वीट गरेका छन्, 'आफुलाई मननपरेका र नबुझेका कुरा जति सबै विदेशी स्वार्थमा आएका भनेर दुत्कार्ने प्रवृत्ति विद्वान र नेताहरूमा समेत रहेसम्म देश समृद्ध बन्दैन है! ज्ञानविज्ञान,प्रविधि,लोकतन्त्र,गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समाजवाद,समृद्धि सबैलाई आयातित भनेर फाल्ने हो भने हाम्रो आफ्नो चाहीँ के त? सोचौं!' 

त्यस्तै नेकपा नेता योगेश भट्टरार्इले न्युरो सर्जन डा.देवकोटाको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै ट्वीट गरे, 'मेरो माटो मेरो चन्दन’ जीवनका अन्तिम दिनमा माटो र मान्छेका बीचको सम्बन्धको परिभासा दिएर जानुभयो। धेरै धेरै श्रद्धान्जली डा. उपेन्द्र देवकोटा।' 

नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले यस्तो ट्वीट गरे, 'बरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाको निधनको खबरले अत्यान्त दुखित भएको छु। उहाँले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै पार्थिव शरिरप्रति हार्दिक श्रदाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गर्दछु। #RIPDrDevkota 

अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पनेको राजपरिवारलार्इ स्वातग गर्न पाउदाँ खुसी व्यक्त गर्दै ट्वीट गरे, 'Earlier today, @FLOTUS Melania and I were honored to welcome King Felipe VI and Queen Letizia of Spain to the @WhiteHouse!'


 

More form the Internet

loading...