Suvadin, Home
Nepal life 2.601M

नारी सुरक्षाको दायित्व कसको ?

देशमा नयाँ युगको शुरूवात भएको छ। सबैलार्इ कानुनको दायरामा समेटेर न्यायको लोभ देखाइन्छ। तर, विडम्बना त्यी न्यायको देवीले कान सुन्दिनन्। त्यी नारीको चिच्याहटको अावाज कोही सामु पुग्दै। र, उ लाचार भएर जीवनको त्याग गर्न विवश हुन्छन्।

काठमाडाैं, १८ मंसिर – ‘नारी’ अाफैमा स्नेहको भाव बोकेको पवित्र शब्द। दुर्इ अक्षर जोडिएर बनेको शब्द नारी आफैमा एउटा पूरक शब्द हो। समस्त धर्ती उनकै अस्तीत्वमा अडिएको छ। नारी बिनाको जगत अकल्पनिय छ। परपर्व कालदेखि नारीलार्इ पुँजा गरिन्छ। नारीको सहनशिलता, त्याग र शक्तिको चर्चा हुन्छ।

उनीहरूलार्इ जननी, ममतकी खानी, धर्ती, सौन्दर्यको प्रतिक जस्ता अनकौ रुपमा चिनिन्छ। अाफु दुःख कष्ट सहेर अनगिन्ती पिडाको बाबजुत संसारमा स्नेह, दँया, माँया प्रेम फैलाउने देवी हुन् नारी। बलिदानको अर्को रूप हुन् नारी। कोमलताको रूप हुन् नारी।

तर पछिल्ला घटनालार्इ नियाल्दा यी सब नारीका ढोङ्गी चर्चा भए झै महशुस हुन्छ। चित्रहरूमा पूँजा गरिने नारीको अस्तित्वमा धाबा गरिरहने अाफ्नै अाफन्तहरू देखेर अचम्म लाग्छ। र, प्रश्न गर्न मन लाग्छ उनको शक्तिको परिक्षा भइरहेकको हो? या उनले पूनः कालीको रूप धारण गर्नुपर्ने अवस्था सृजना भएको हो। अाखिर कहिलेसम्म लुटिइरहने नारी? उनको सुरक्षित बाच्न पाउने अधिकार छैन? के उनी जहिले अन्याय सहेर बाच्नुपर्ने हो? नारीको सुरक्षा कसले गर्ने? यस्तै यस्तै प्रश्नहरूले पिरोल्छ जब हरेक दिन नारीको अस्मिता लुटिएको खबरले पत्रपत्रिकाको पान्ना भरिन्छ र हेडलाइनमै छापिएको लुटिएकी नारीको बेवास्ता गर्दै त्यही खबर कुल्चिन्छ र फोहोरको डब्बाको स्थान दिइन्छ।

सुन्दा अचम्म लाग्छ कसरी सकेका होलान् त्यी अोबोध बालक जसले बोल्न जानेको हुन्न, हिड्न सक्दिन उसकै अस्मितामा धावा बोलिन्छ। एउटी ७० वर्षिया वृद्धा कपाल फुलेकी अामा लुटिन्छिन्। अनि संसार परिवर्तन गर्ने सपना बुनेकी चेली जीवन रक्षाको भिख माग्छिन तर उनको अावाज यो बहिरो समाज र सरकारले सन्दैन। अचम्म त त्यती बेला लाग्छ जब उनीहरू अाफ्नै अाफन्त भनाउदाबाट लुटिन्छन्। लुटिन्छिन् उनी नै, अपराधी पनि उनीलार्इ नै बनाइन्छ। घृणाको भावले उनैलार्इ हेरिन्छ। सकेसम्म उनीलार्इ त्यी अपराधिले नै मारिदिन्छन् नत्र यो समाज झन के कम छ र मर्नको लागी विवश बनाइदिन्छ।

अाफन्तकै नाममा मनुष्यरुपी पशुहरुकाबारे सोच्दा क्रोध र घृणा जागेर आउँछ। कुनै दिन यस देशको नागरिक हुनुमा जति गर्व लाग्थ्यो त्यति डर र भय अहिलेको परिस्थितिमा लाग्छ। पहिला बालिकालार्इ गर्भमै मारिन्थ्यो। अहिले म अाफै कुनै अामाको गर्भबाट बालिका नजन्मियोस् भनेर प्राथना गर्छु। यो भन्दै गर्दा कतिलार्इ लाग्न सक्छ म नारी पुरूषमा भेदभाव गरिरहेको छु। तर, भेदभाव गरेको होइन। कुनै नारीको अस्मिता लुटिएको खबर सुन्नु नपरोस्। यति मात्रै हो मेरो चाहना।

देशमा नयाँ युगको शुरूवात भएको छ। सबैलार्इ कानुनको दायरामा समेटेर न्यायको लोभ देखाइन्छ। तर, विडम्बना त्यी न्यायको देवीले कान सुन्दिनन्। त्यी नारीको चिच्याहटको अावाज कोही सामु पुग्दै। र, उ लाचार भएर जीवनको त्याग गर्न विवश हुन्छन्।

अपराधि खुलेअाम घुमिरहेका छन्। जसले गर्दा उनीहरूको मनोवल दिन प्रतिदिन बढिरहेको छ। सरकारले न्यायलार्इ संविधानको धाराहरूमा मात्र सिमित राख्दा अपराधको पालुवाहरू माैलाएका छन्। त्यस्तै कसैमाथि विश्वास गर्ने वातावरण गुमेको छ। यस्तो अवस्थामा नारीको सुरक्षा कसले गर्ने? सुरक्षा कवजका रुपमा हेरिने अाफन्तबाट लुटिएका नारीले भोग्नुपरेको पिडाको निसाफ कसले गर्न? जब नारी अाफ्नै बुबाबाट लुटिन्छिन् अनि इज्जतको ढाक्छोप गर्न अाफ्नै अामाले उनको साथ छोड्छिन् र उनी अाफ्नो अावापलार्इ दवाउन विवश हुन्छन्। त्यसबेला नारीको शत्रु स्वयम नारीने हुन्छिन्। इज्जतको नाममा उनी अाफैमा पिडा लुकाउन बाध्य बनाइन्छ।

जब सम्म नारी अाफ्नो घर, समाजमा सुरक्षित हुँदिनन्। जबसम्म उनी स्वतन्त्र भएर हिड्ने वातावरण सृजना हुँदैन। तबसम्म कुनै देशमा सुशासनको र सम्रिद्धको कुनै मोल हुँदैन। नारीको सुरक्षाको विषय जटिल र चुनाैतिपूर्ण बनेको छ। यसलार्इ निर्मम पार्न कुनै विकल्प खोजिन्न देशमा विकासको गित अगाडि लम्किन सकदैन। त्यसैले नयाँ युगको कल्पनामा व्यस्त सरकारको प्रमुख रोजाइमा नारीको सुरक्षालार्इ प्राथमिक्ता दिन अत्यन्त जरूरी देखिन्छ। जसरी एउटी शिक्षित अामाले परिवारलार्इ शिक्षित बनाउन सक्छिन् त्यस्तै एउटी सुरक्षित नारीले देशको मुहार फेर्न सक्छिन्।


 

More form the Internet

loading...