Suvadin, Home

श्रीलंकालार्इ विश्वकप जिताएका प्रशिक्षकले नेपाली टाेलीलार्इ प्रशिक्षण दिने

आर्इसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको पाचौ राउण्ड अन्तर्गत केन्याविरुद्धको खेलका लागि तयारीमा रहेको नेपाली टोलीलाई प्रशिक्षण दिन श्रीलंकालाई विश्वकप जिताएका प्रशिक्षक डेभ वाटमोर नेपाल आउने भएका छन्। ब्याट एण्ड बल फाउण्डेशनको सहकार्यमा दुई हप्ताको प्रशिक्षणका लागि उनी नेपाल आउन लागेका हुन्। फाउण्डेशनले नेपाली टिमलाई प्रशिक्षणको प्रस्ताव राखेपछि त्यसलाई स्वीकार्दै उनी नेपाल आउने भएका हुन्। 
वाटमोर।

काठमाडाैं, माघ ७ - आर्इसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको पाचौ राउण्ड अन्तर्गत केन्याविरुद्धको खेलका लागि तयारीमा रहेको नेपाली टोलीलाई प्रशिक्षण दिन श्रीलंकालाई विश्वकप जिताएका प्रशिक्षक डेभ वाटमोर नेपाल आउने भएका छन्। 

ब्याट एण्ड बल फाउण्डेशनको सहकार्यमा दुई हप्ताको प्रशिक्षणका लागि उनी नेपाल आउन लागेका हुन्। फाउण्डेशनले नेपाली टिमलाई प्रशिक्षणको प्रस्ताव राखेपछि त्यसलाई स्वीकार्दै उनी नेपाल आउने भएका हुन्। 

फाउण्डेशनले यस सम्बन्धमा नेपाल क्रिकेट प्लेयर्स एशोसियसन छलफल गर्नुका साथै अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीलाई पनि लिखित जानकारी गराएको जनाएको छ। 

श्रीलंकामा जन्मिएका वाटमोर सन् १९६२ मा अष्ट्रेलिया गएका थिए। त्यहाँ उनले अष्ट्रेलियाको राष्ट्रिय टिमबाट पनि खेलेका छन्। उनले अष्ट्रेलियाका लागि ७ वटा टेष्ट म्याच पनि खेलेका छन् त्यस्तै सन १९७९ मा एउटा एक दिवसीय खेल पनि खेलेका थिए। 

सन् १९९० पछि उनले कोचिङ करिअर सुरू गरे। त्यसपछि उनले श्रीलंका, बंगलादेश तथा पाकिस्तानी क्रिकेट टीमको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन्। २०१४ मा उनी जिम्बाबे क्रिकेट टीमको प्रशिक्षकमा नियुक्त भएका थिए। 

१९८८ मा खेलजीवनबाट सन्यास लिँदै उनी कोचिङ क्षेत्रमा प्रवेश गरेका हुन्। श्रीलंकालाई सन् १९९६ को विश्वकप जिताएका उनले श्रीलंकाको क्लब लिनकासिरालार्ई पनि प्रशिक्षण दिँदै राष्ट्रिय च्याम्पियन बनाए। 

सन् २००३ देखि २००७ सम्म यिनले बंगलादेशी टोलीको प्रशिक्षकत्वको जिम्मेवारी सम्हाले। बंगलादेशी क्रिकेटलाई विश्व क्रिकेटमा उदायमान राष्ट्र बनाउन यिनको भूमिका महत्वपूर्ण रह्यो। वाटमोरले सन् २००९ देखि २०१२ सम्म आईपीएलको कोलकत्ता नाईट्स राइडर टिमको प्रशिक्षण पनि सम्हालिसकेका छन्। 

सन् २०१२ मा उनलाई पाकिस्तानी क्रिकेट बोर्डले मुख्य प्रशिक्षकमा नियुक्त गर्यो। पाकिस्तानी टोलीसँगको उनको सम्झौता सन् २०१४ मा सकिए पछि उनले जिम्बावेको टोली सम्हाल्दै आएका छन्। 


 

More form the Internet

loading...