Suvadin, Home

Cover Image

मुर्दाहरुको भेट

मुर्दाहरुको भेट

जस्तो कि
बर्षौ पछि हाम्रो भेट
मसानघाटमा भयो !
हुन सक्छ
तिमी जान्छु नभनि गएकि थियौ !
हुन सक्छ
तिमी बिरामी आमाको लागी दमको औषधि किन्न
गएकि थियौ !
हुन सक्छ
तिमी यादहरुको जँगलमा हराएकि थियौ !
हुन सक्छ
तिमी बलात्कृत बहिनीको आशु बोकेर उजुरि गर्न गएकि
थियौ !
तिमी जहा गए पनि गएकि थियौ
तिमी जहा हराए पनि हराएकि थियौ

हराउनु भनेको,
हराउनु मात्रै पनि होईन
भबिष्यमा भेटिने सम्भावना छाड्नु पनि हो !

मर्नै लागेको आस
र,झर्नै लागेकोआशु बोकेर
कुनै बेरोजगारले जागिर खोज्दै हिडेँ जस्तो,
सहरका साघुरा गल्लिहरुमा खोेज्दै हिडेँ तिमीलाई !
देश छाड्नेहरुको लाममा खोज्दै हिडेँ तिमीलाई !
फुल्नै लागेका गुराँसहरुमा खोज्दै हिडेँ तिमीलाई
रोधिघरका सुरिला आवाजहरुमा खोज्दै हिडेँ तिमीलाई
चिया पसलको जुठो गिलासहरुमा खोज्दै हिडेँ तिमीलाई
खै तिमीले चै कहा-कहा खोज्यौ कुन्नि !

भिरका बाटाहरुमा
सुकेको त्यान्द्रोको त भरोसा लाग्छ
तिमी त जीन्दगीको पैतला हौँ !

नजाने
कति हिड्नु यो लङ्गडो जीन्दगी !
कति बाच्नु ,गन्हाउने सास
कति बोक्नु घाईते छाया !

धर्तिमा नभेटिएकाहरु
स्वर्गमा भेटिन सक्ने सत्य बुझेर
जीन्दगीको पानामा ल्याप्चे ठोकेर
मसानघाट आई पुगेको थिएँ !
ठिक त्यहि बेला आईपुग्यौ तिमी
स्वर्गको ठेगाना बोकेर !!

- राम अबिरल बिष्ट


 

More form the Internet

loading...