Suvadin, Home

'एउटा करुण सल्लाह'

वौद्धिक जगतमा ग्लोबल वार्मिङ्ग भनी चित्त बुझाइ हुन थाल्यो । परमात्मा प्रभुलाई कसरी निको पार्ने त्यसको सरजामको बारेमा त तेस्रो शक्तिलाई मात्र थाहा होला । हे अधिष्ठाता अर्को जगतमा के २०७२को भूकम्पले सगरमाथाको उचाइ त फरक परेन ? यही खुल्दुली भइरहेको छ । अर्को जगतमा फेरि खान लाउनकै सकस छ । वङ्गालको खाडीबाट उष्ण वाष्प ज्वारभाटाको माध्यमबाट समुद्री छालको माध्यमबाट सगरमाथाको उँचाइभन्दा माथिसम्म प्राणवायु आउन थाल्यो ।

काठमाडाै‌, असार ३ - घुर्मैलो साँझ, प्रभातको ठिक उल्टो, साँकल हुन लागेको थियो । लाग्छ उलथपुलथ हुन नसकेर सृष्टि खरानी हुन खोजी प्रलय हुन लागे जस्तो । हुरी वतास छताछुल्ल बहिरहेको अनि बीचमा वादलैजस्तो आकारमा खुर्पेजून पनि । लाग्छ संघर्ष गर्न विर्सिएजस्तो बादलहरू खजमज छ्यालव्याल भएर अस्तव्यस्त । अधिष्ठाता, परमात्मा, परमेश्वर कर्म गर्दागर्दा थाकेर हाँफेर व्रह्माण्डीय कार्य पुरा गर्न नसकी अधकल्चो भएजस्तो ।

तेजिला ताराहरू झिपझिप ससाना थोपाहरू जस्तो । व्रह्माण्डीय भगवानलाई कार्य गर्न कोक्किएको जस्तो कक्याक कक्याक गरी कैयौँ पटक विजुली चम्किन थाल्यो । काकाकुल गडगडाहट हुन थाल्यो । असारे पानी जस्तो वर्षा जेष्ठको सुरुवातमै दर्किन थाल्यो ।

वौद्धिक जगतमा ग्लोबल वार्मिङ्ग भनी चित्त बुझाइ हुन थाल्यो । परमात्मा प्रभुलाई कसरी निको पार्ने त्यसको सरजामको बारेमा त तेस्रो शक्तिलाई मात्र थाहा होला । हे अधिष्ठाता अर्को जगतमा “के २०७२को भूकम्पले सगरमाथाको उचाइ त फरक परेन ?” यही खुल्दुली भइरहेको छ । अर्को जगतमा फेरि खान लाउनकै सकस छ । वङ्गालको खाडीबाट उष्ण वाष्प ज्वारभाटाको माध्यमबाट समुद्री छालको माध्यमबाट सगरमाथाको उँचाइभन्दा माथिसम्म प्राणवायु आउन थाल्यो ।

एउटा करुण सल्लाह

धेत् ! यहाँ करुण वस्तीहरुमा सबैलाई चिन्ताले पिरोलिरहेको छ । “व्यथा कर्णालीमा छ । दिन बिताउन गाह्रो छ । रात त्योभन्दा सकस छ । कर्णालीको एकजना जमिनदारले मात्रै वर्षको एक पटक चामलको भात खाएको देख्न पाउँदा आफूले खान नपाए पनि कर्णालीमा वर्षको एक पटक भए पनि भात देख्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छन् सबैजना । कर्णालीमा विकास आयो भनेर दङ्ग पर्छन् । ” कस्तो मुर्दा शान्ति ! कर्णाली जस्तै धेरै दुःख पीडाहरू प्रायः सबै ठाउँमा छन् ।

कञ्चनपुर, कचनाकलन, सुदुरपश्चिम सबै ठाउँमा भुखमरिमा मानिसहरू छन् । धेरै मेहनत गर्छन् । पैसा कमाउन नसक्नुको पीडा धेरै छ । लाहुरे जानलाई विदेश जाने पैसा छैन । आफ्नो नाममा जमिन छैन । रहन सहन रीतिस्थिति नमानेमा आतङ्ककारीको विल्ला लगाइदेलान् भनेर वर्षभरि ऋण लाग्ने गरी थिति जोगाउनु परेको छ ।

“आफ्नै देशका देशवासी हौँ त्यसैले शरणार्थीले जति पनि सुविधा पाएनौं । हरेक पल दुविधा नै दुविधा छ । यस्ता परम्पराहरू कहिल्यै नआओस् मर्दा पनि पैसा जन्मँदा पनि पैसा आफ्ना लागि मात्र खर्च गर्नु पाए त हामी पनि केही जोहो गर्न सक्छौं नि ।

परम्परा घाँडो भो हजुर ! थितिभन्दा बेथिति बढी भो हजुर ! पैसा नदेखेको महिनौँ भो हजुर ! पैसा हाम्रो पकडमा किन आउँदैन हजुर ! ” यस्तै व्यथा छ सबैको । कस्तो भावशूण्य नीरस जिन्दगी । कस्तो अलमल जिन्दगी । कस्तो विडम्बना जिन्दगी । कस्तो दलदल जिन्दगी । कस्तो घाइते जिन्दगी ।

नेता पनि दुर्गम भेगकै प्रायः छन् । जित्दै पनि आएका छन् । अनेकौँ आश्वासन बाँड्छन् । बहुमतले जित्छन् । सरकारको माथिल्लो निकायमा पनि पुग्छन् । तर काठमाडौं छोडेर फर्किन्नन् । बरु विदेशमा अकुत सम्पत्ति थुपार्छन् । देश झन्झन् कङ्गाल बनाउँछन् । फेरि अर्कोलाई जिताउँछौँ, फेरि ऊ पनि काठमाडौं छोडेर आउन्नन् ।

साउदीमा त ७५,००० मानिस एकछाक खान नपाई मरिरहेका छन् भने इथियोपिया, सुडानको हालत झन् के होला रु खाना खाना खाना पेटको जोहोका लागि समय सकिन्छ । विचार पनि सबै पेटका लागि जोहोकैबारे रातभरि पनि विहान व्युँझने वित्तिक्कै पनि । यो उदासिपन हो तर वौद्धिक जगत मानिने मानसिक डक्टरले औषधीको बोझ थपेर निद्राको डोज दिएर कहिल्यै नब्यूँझिने गरी सुताइरहेका छन् ।

के बुद्धमा उदासीपन थिएन ? थियो अचाक्ली थियो । दुःख हटेपछि निको हुने रोग हो यो । निको नै नहुने भनी मानसिक डक्टरको चङ्गुलमा धेरै फसिरहेका छन् । लाग्छ हामीहरू सधैँ तल्लो तहमा मात्रै सीमित छौं ।

अर्का ऐयासीे सल्लाह

आहाहाहा वयान गरी साध्यै छैन । यो हो नि त मोज भनेको । अरुको किन परवाह गर्नु पर्यो । आफूले मात्र सबै नि । हेनुहोस् त यहाँ रु “दिनको दुई पटक हवाइजहाज चढिन्छ । बिहानको खाना नेपालमा दिउँसोको खाना विदेशमा अनि वेलुकी फेरि नेपालमै खाना ।

पैसा जत्ति खर्च गरे पनि त्योभन्दा बढी आम्दानी भइरहेकै छ क्यारे । कमाउन मात्र जान्नुपर्छ सबै हावामै छ । टिप्न मात्र जान्नु पर्छ । नयाँनयाँ फेशन, ऐशआराम, मोजमस्ती विश्वमा नयाँनयाँ मनोरञ्जनको साधनहरु, नयाँ नयाँ टेक्नोलोजीहरू सबै ब्राण्डेड नै उपयोग गरिरहेका छौं हामी । सबैभन्दा पहिले हामीलाई नै चाहिन्छ, त्यो पनि हामीलाई नै ।”

विदेशको त कुरै छौडौं उनीहरू ९०प्रतिशत समय त आकाशमै ऐशोआराम गर्छन् । अनि हामी के सौतेनी आमाका सन्तान हौँ र ?

हामीभन्दा गरिबहरू त धेरै छन् । त्यसलाई हामीले हेर्ने हो र रु गरिबले एक वर्षसम्म गर्न नसक्ने खर्च हामी एकैदिनमा गर्छौं । त्यो त पूर्वजन्मको फल भोगिरहेको हो उनीहरुले । हामीले पूर्वजन्ममा राम्रो कर्म गर्यौं त्यसैले ऐसोआरामको जिन्दगी पायौं ।

कसैको ठेक्का लिएका छैनौं हामीले । देशलाई हामीले हेर्नु जरुरत पनि छैन नत्र नेताहरू भएको के काम रु हाम्रा सन्तानलाई गरिबको भाइरस लाग्ला भनेर सबैभन्दा महँगो स्कुलमा पढाइरहेका छौं । यो हाम्रो कर्तव्य हो ।

हाम्रो जिन्दगी भनेको खुस्बु जिन्दगी, सुगन्ध जिन्दगी, सौरभ जिन्दगी, सजधज जिन्दगी, र्यापिङ्ग जिन्दगी, अत्तर जिन्दगी अनि सेन्ट जिन्दगी । आहा कत्ति मनोरम जिन्दगी । कत्ति मज्जाको एअर कण्डिसन जिन्दगी । सक्दो उपभोग गर्नुपर्छ हामीले । कसैको छैन वास्ता ममा नै मस्त छौँ हामी । स्वय म राम्रो भएपछि सबै राम्रो नि । किन चाहियो हामी सबै । म चाहियो म । होइन त ? रीतिस्थिति परम्परा जात्रामात्रा सधैँ आइरहोस् अनि पो मोज गर्न पाइन्छ । पैसा खर्च गर्ने ठाउँ पनि त चाहियो । नत्र हामीले कमाएको पैसाको के काम ? हामीनै सबैभन्दा माथि छौं । स्वर्ग भनेको यही त हो ।

सरकारको सगरमाथा उचाइ मापन

९० डिग्रीको कोणबाट विश्वको छानोको उचाइ नापिरहेका छौं । यसको काम सकिन-सकिन लागेको छ । विश्वका धेरै टोली मध्ये चीनले ४ मीटर घटेको भनेर सर्भे गरिसकेको भनेर ठोकुवा गरेको छ । अमेरिकाले २ मीटर बढेको भनेर वैज्ञानिक उपकरणले नापेको भनी ठोकुवा गरेको छ ।

प्रधानमन्त्रीजीले हामीलाई बिदाइ गरी भन्नुभएको थियो “अब सगरमाथाको उचाइ एक सेमी पनि फरक नपार्ने गरी नाप्नुहोला मेरो शुभकामना छ, यसका लागि जत्ति पनि बजेट उपलब्ध हुनेछ, तपाईंहरुले ल्याएका नाप नै आधिकारिक उचाइ हुने छ । ” बङ्गालको खाडीलाई जिरो मानी नापिनेछ । अहिलेसम्म अपडेट भएका सब बैज्ञानिक प्रविधिहरू उपयोग गरिनेछ ।

नापी विभागका ठुलै टोली सगरमाथाको आधार शिविरमा पुगिसकेका छन् । यसको मापन सफल बनाउन कुनै कसर छोडिने छैन । सीधा डण्डीले सगरमाथाको टुप्पोबाट छेड्दै जमिनसम्म सीधा सो डण्डी टेक्दा जत्ति सो डण्डिको लम्बाइ हुनेछ त्यो नै सगरमाथाको वास्तविक उँचाइ हुनेछ ।

विश्वमा हाम्रो सगरमाथाको नापको आधिकारिक शान हुनेछ । हामीले हाम्रै सगरमाथा नापेर हामीले नै नतिजा निकाल्न पाएका छौं । यो विश्वका लागि ठुलो उपलब्धी हो । हाम्रो लागि गौरवको कुरो हो । 

यो गौरबको कुरो हो । यसलाई हो मान्नेहरू सबैले समर्थनमा हो भन्नुहोस् । असमर्थन गर्ने सबैले होइन भन्नुहोस् । हो भन्नेको मात्र स्वर सुनिएकोले यो पारित भएको छ । होइन भन्ने देखिएन यो धेरै खुसीको कुरो हो ।

- बिजु सुवेदी विजय


 

More form the Internet

loading...