Suvadin, Home

Cover Image

दिमाग भर्खरको थियो, चौतर्फी प्रेम मौसमको लहर थियो
दोस्रो प्रेम

घुम्रिएको कपाल, गोरो हिसी परेको अनुहार, चिउँडोमा दुईओटा कोठी र सलक्क मिलेको उनको शरीर थियो । हरेकले उनीलाई पाउने सपना देख्न थालेका थिए । म भने आफ्नै दुनियाँमा रमाई रहेको थिएँ । संगीत मेरो लागि मन पर्ने विषय थियो ।

काठमाडाै, असार १२ - ''अरु जस्तै म पनि प्रेममा अन्धो थिएँ'' । समय नलगाई बनेको सम्बन्ध टुट्न समय लाग्दैन भन्ने पनि सुनेको थिएँ । आज साँच्चै सम्बन्ध टुटेको महशुस भएपछि विश्वास गर्न बाध्य भएको छु । बस् मात्र एक वर्षको हाम्रो सम्बन्ध थियो । हामी दुवै जना भर्खरका थियौं । दिमाग भर्खरको थियो र चौतर्फी प्रेम मौसमको लहर थियो ।

ललितपुर मछिन्द्रनाथ जात्राको महिना थियो । म त्यही जात्रामा सहभागी एक साधारण बाध्य बाधक थिएँ । प्रत्येक बिहान बाजा बजाउने मित्रहरूको समूह बनाएर श्री मछिन्द्रनाथको दर्शनको लागि हामी जाने गर्थ्यौं । पुरुष बाधकको समूहमा महिला बाधकको पनि उलेख्य सहभागिता थियो । बाजा बजाउँदा बजाउँदै हामी नाच्ने पनि गर्थ्यौं । म सुरुमा जाँदा थोरै सित मात्रै परिचित भएको थिएँ भने

बिस्तारै घुलमिल हुँदै गर्दा सबै जना सित चिनजान भइसकेको अवस्था थियो । त्यसैले समूहमा बाजा बजाउन र नाच्न सजिलो नै भएको थियो । त्यही समूहमा एक जना ूराजमतिू नाम गरेकी भर्खर १६ वसन्त पार गरेको एक जना परी जस्तो केटि पनि थिई ।

राजमति कुनै जमानाको प्रेम कथाको धेरै प्रख्यात नाम र पात्र पनि थियो । त्यसैले पनि होला त्यो बेला पुरै समूहको ध्यानाकर्षण उनी मै थियो । बच्चा देखि वृद्ध सम्म उनको रूपको वर्णन गर्दै थाक्दैन थिए । म बिचरा पनि उनिहरुकै लहलहमा लागेर उनिको सुन्दरता नियाल्न थालेको थिएँ । अरु जस्तै म पनि उनको सुन्दरतामा आकर्षित र हराउन थालेको थिएँ । उनी साँच्चै कथाको पात्र जस्ती थिइन् ।

घुम्रिएको कपाल, गोरो हिसी परेको अनुहार, चिउँडोमा दुईओटा कोठी र सलक्क मिलेको उनको शरीर थियो । हरेकले उनीलाई पाउने सपना देख्न थालेका थिए । म भने आफ्नै दुनियाँमा रमाई रहेको थिएँ । संगीत मेरो लागि मन पर्ने विषय थियो । संगीत मै रमाएर बाजा बजाउने र नाच्ने गर्दै गर्दा कहिले कहिँ उनी राजमति सित पनि झुकिएर नाचिन्थ्यो । अल्लारे बैस चलेको उमेरमा मैले एक चोटी प्रेममा ढोका खाइसकेको थिएँ । तर त्यो निकै सानो उमेरमा भएकोले होला त्यति स्मरणीय बनेको थिएन । पहिलो प्रेम मेरो अज्ञानता मै सुरु भएर अज्ञानता मै अन्त्य भएको थियो ।

त्यो मेरो दोस्रो प्रेम थियो । मन मनै उनीले मलाई मन पराउन थालेकी थिई । त्यो उनको आकर्षण थियो या त प्रेम थियो बुझ्न धेरै कठिन थियो । मलाई के चाहिए थियो र । प्रेममा टुटेको, अप्सरा जस्ती कसैले आएर मलाई मन पराइदिंदा मैले आफूलाई भाग्यमानी सोच्दा गलत नहोला ।

उनको मिल्ने साथी मार्फत हामी दुईको छुट्टै भेट गराइयो । कसैले व्यक्त नै गर्नु नपर्ने हामी दुईको प्रेम थियो । मैले उनीलाई मन पराएको कुरा व्यक्त गर्नु भन्दा पहिले नै उनीले मलाई मन पराएको मैले भाव पाइसकेको थिएँ । यतिखेर सम्म हाम्रो मछिन्द्रनाथको जात्रा पनि सकिसकेको थियो । उनीलाई पाउन कोसिस गर्ने धेरै जना थिए । धेरै जनाले प्रेम प्रस्ताव पनि राखेको भन्ने सुनिएको थियो तर त्यो लडाइँ मा मैले मात्रै विजय प्राप्त गरेको थिएँ । त्यो मेरो भाग्य थियो कि दुर्भाग्य बुझ्न सजिलो थिएन ।

म अलि अलि पैसा कमाउने भइसकेको थिएँ । उनी पनि एउटा संस्थामा कार्यरत थिईन । त्यो संस्थाले सरसफाई गर्नु पर्छ भन्ने चेतना मुलक सूचना दिन्थ्यो । त्यसैले उनी पनि सरसफाइमा निकै ध्यान दिने गर्थि । बाटोमा केही खाने कुरा खायो भने, कुनै चिज फ्याक्नु पर्यो भने आफ्नै खल्तीमा वा बोकेको झोलामा हाल्ने उनको बानी थियो ।

मलाई पनि बाटोमा केही फाल्न दिंदैन थिई । खाने कुरा खाँदा पनि एकदम मिठो मानेर खाने गर्थि । हाम्रो घुमघाम गर्ने निकै बढ्दै गएको थियो । हरेक टोल टोलमा हाम्रो कुरा हुन थाल्यो । उनीलाई नचिन्ने कमै थिए त्यसैले पनि हाम्रो बारेमा धेरैलाई थाहा थियो । तर हामी कसैको परवाह नगरी सँगै हिँड्ने गर्थ्यौं ।

त्यस्तो असल स्वभाव भएकी मेरी राजमतिलाई मैले धेरै रुवाउने गर्थें । मैले धूम्रपान मद्यपान गरेको उनीलाई मन पर्दैन थियो । छोड्ने कसम पनि खाएको थिएँ तर उनी नभेट्दा को रिस थियो या बढी मायाको कारणले थियो हामी बिच सानो सानो कुरामा झगडा हुन थालेको थियो ।

साथी संगीहरुले पनि प्रायः मलाई नै दोष दिन्थे । तर म आफ्नै दुनियाँ मा आफ्नै स्वभावको थिएँ । मेरो त्यही रिसले उनी वाक्क दिक्क भइसकेकी थिइन । मैले सायद माया गर्ने तरिका नजानेकै थिएँ भन्ने कुरा बुझ्दा सम्म निकै ढिला भइसकेको थियो ।

एक वर्ष बित्यो । एकातिर हाम्रो झगडा अर्को तिर घरपरिवारलाई हाम्रो सम्बन्ध मन परेको थिएन । सबैजना हामीलाई छुटाउने कार्यमा लागेका थिए । त्यही निहुँ पारेर राजमतिले म सँग भेट्न कम गर्न थालेकी थिई । म भने त्यसपछि बौलाहा जस्तो बर्बराउन थालेको थिएँ । हरेकलाई हाम्रो सम्बन्ध मिलाइदिन गुहार्न थालेको थिएँ । रक्सीले मातिएर व्यथा सुनाउँदै रोएको देख्दा आँखामा आँशु भर्नेको कमी थिएन । उनी भने सजिलै सम्बन्ध तोड्ने निर्णयमा पुगिसकेकी थिइन् ।

सबैजनाले सम्बन्ध बिग्रनुमा मेरै धेरै दोष भएको भन्ने गर्थे । म भने त्यसपछि बेहोसीमा जिन्दगी बिताउन थालेको थिएँ । हरेक दिन नशा को सहारामा उनिलाई भुलाउन कोशिस गर्न थालेको थिएँ । म सबै जनाको घृणाको पात्र भएको थिएँ । बिहान देखी कडा रक्सीको नशामा भौतारिन थालेको थिएँ ।

मनको कुरा उनीलाई प्रस्ट्याउन नसक्दा, मेरो पीडा समाजले नबुझी दिंदा म निकै टुटिसकेको थिएँ । त्यही पीडालाई कसैले नबुझेपछि अब मैले खाली पानालाई कलमको सहरा लिएर बुझाउन थालेको थिएँ ।

रक्सीमा मात्तिएर इष्टमित्रहरूँलाई रुवाउने गीतहरूको सृजना हुन थालेको थियो । पिउँदा पिउँदै मलाई यस्तो रोग लाग्यो जुन रोग निको पार्न मैले सम्पूर्ण खाने कुरा बार्नु पर्ने भएको थियो । बास्ना मात्रै लिंदा पनि बान्ता आउने जस्तो मन नपर्ने खाने कुरा दिनको खानुपर्ने भएको थियो । औषधीले छुन्दै नछोएको अवस्था थियो । म भन्दा पछिका बिरामी निको हुँदै गरेका थिए भने मेरो हालतमा सुधार थिएन ।

६ महिना पछि बल्ल बल्ल रोगलाई जितेको र निको भएको अवस्था थियो । राजमति मेरो घरमा मलाई हेर्न आएकी थिइन् । मनमा झिनो आशा झागेको थियो । तर त्यो आशा मात्रै थियो । उनीले अब हामी एक हुन सक्दैनौं ।

हामी एक अर्काबाट अल्लगिनु पर्छ र आज देखि तिमी र म साथी मात्रै भन्दै म बाट टाढिएकी थिइन् । त्यसपछि मैले बोल्ने कुनै शब्द भेटाएको थिएन । म दोश्रो चोटि एक्लो भएको थिए किनकी मलाई कसैले दोस्रो चोटी छोडेको थियो । पहिलो प्रेम भुल्न गार्हो हुन्छ भन्ने धेरै जना संग पाएँ । हरेक ठाँउमा पहिलोको नै महत्व हुन्छ सुनेको, देखेको र महसुस पनि गरेको थिएँ तर मेरो लागि पहिलो प्रेम अनुभवहीन थियो । मैले दोस्रो चोटि मात्रै प्रेमको महत्व बुझेको थिएँ । 

- विकिरण 


 

More form the Internet

loading...