Suvadin, Home
हिजै त हो, म धर्तीमा खसेको, म आमाको काखमा बसेको, म हासेको, म बोलेको हिजै त हो।
एलिजा हुमागाईँ

–एलिजा हुमागाईँ

हिजै त हो
म धर्तीमा खसेको
म आमाको काखमा बसेको
म हासेको, म बोलेको
हिजै त हो।

एक प्रहर हुन्थ्यो
रोइदियो, चिच्याइदियो
आमाले उनका लाखौं इच्छा र रहर मारेर
मलाई खुसी पारेको हिजै त हो

अनि म पनि फुर्किएको
हिजै त हो
सबै हिजै त हो
म जन्मिएको हिजै, म हासेको हिजै
म बाचेको हिजै, म नाचेको हिजै

सर्वसम्पूर्ण
पात्रो ज्योतिष भविष्य
सब सबलाई
मेरो यो अभागी भाग्यले थिचेको छ
हिजै त हो।
सभ्यताको एक दियो मेरो जीवनमा बलेको


घरको याद आउछ
भन्ञ्याङ् चौतारीको याद आउछ
लुकी डुम् खेलेर तितेपातिको झ्याङ्ममा लुक्दै
एक आसपास दुई आसपास झ्याप गरेको हिजै त हो

झ्यालमा बसेर कखरा गरेको हिजै त हो
फुर्के रिबन लगाएर, दुई चुलठी बाटेर
फुर्किएको हिजै त हो
माया र श्रद्धामा उसै मलाई झुलाइराख्ने
मैले व्यतित गरेको बालापन
सभ्यताको एक मैन मेरो मनमा बलेको हिजै त हो

आमा रुन्थिन कराउथिन
म लडछु भनेर
म उठथे सधैँ
पुतली बनेर
म सफा थिए म निर्मल थिए
म उस्तै छु म उस्तै रहन्छु
मेरो जीवनमा सधैं उज्यालो थियो
म प्रसन्न प्रफुल्ल थिए
म पूर्ण थिए
सभ्यताको एक झुल्को घाम मभित्र बलेको हिजै त हो

मलाई हिजो साँझ हो
देशले राहदानी दियो
हिजो साँझ हो म देश छोडे
हिजो साँझ हो म मेरी आमा छोडे
हिजै त हो म खुुसी भएको
हिजै त हो म बाँचेको
हिजै त हो

जो भयो जो हुनु थियो जो नहुनु थियो
हिजै भयो
आज मेरो भागमा केहि छैन
मभित्रको एक विश्वास मरेको हिजै त हो

आज त त्यो विश्वासको खरानी कुन बन्दरगाहमा छ
म जान्दिन
हिजै त हो, मैले विश्वासलाई दागबत्ति दिएको
सभ्यताको त्यो कालो जून उदाएको हिजै त हो

 

 


 

More form the Internet

loading...