
काठमाडौं, ३ पुस – अधिकांश ग्रामिण भेगमा घरहरू रित्तै छन्। सामाजिक कार्यदेखि लिएर मर्दा–पर्दा समेत काँध थाप्ने जनशक्तिको कमि आउन थालेको छ। हरेक वृद्धा आश्रममा आश्रित आमा बुबाका छोरा छोरी अमेरिका र अष्ट्रेलियामा छन्। आमा बुबाहरू विरामी भएर ओछ्यानमा लडिरहँदा नजिककै हस्पिटलसम्म पुर्याउने कोही हुन्नन्। अनि त्यी वृद्धा पशुपतिको आर्यघाटमा जलिरहँदा दागबत्ति दिन मान्छे खटाइन्छ र अमेरिकाबाट छोरा छोरीको फेसबुक वालमा पोस्ट आउछ #RIP धन्न त्यति लेख्न भएपनि समय निकालेछन नत्र उनीहरूको फुर्सद कहाँ छ र। यही हो अहिलेको यथार्थ र नेपाली आमा बुबाको पिडा।
त्यस्तै परिवारलार्इ पैसा कमाएर खुसी बनाउन भारि बोक्ने दार्इ पैसाको रूख हेर्न खाडी पस्छन्। ४५ डिग्री सूर्यमा पसिना बगाउदै पैसा त कमाउछन् तर उनले न आफ्नो छोरालार्इ हातमा डोर्याउदै स्कुल पुर्याउन सक्छन् न उनको आफ्नो छोरा छोरीलार्इ राजा रानीको कथा सुनाउन नै सक्छन्। न माया प्रेम नै दर्शाउन सक्छन्। उनी केबल सामाजिक सञ्जालको माध्यमबाट छोरा छोरीले खाना खाएको, श्रीमतीले पल्लो घरे छिमेकी झैँ पहेलपूर गहनाले सजिएकी देखेर चित्त बुझाउछ। अनि बिर्सिन्छन् भोको पेट र अनिदो रातहरू।
धेरैको विदेशीनु बाध्यता हो। तर अहिले विदेश जाने लहर चलेको छ। बाध्यताले भन्दा रहरले विदेशमा जाने संख्यामा पनि कमि छैन। अहिलेको बालबालिकाहरूलार्इ सोध्दछु, ठूलो भएर के गर्नेरु अनी जवाफमा पाउँछु, विदेश जाने। कति सजिलो जवाफ। हुन त त्यी कलिला बालकका आँखाले रातो टिका लगाएर सुटकेस बोकेर हिँडेका व्यक्तिहरूसँग धेरै जम्काभेट गरेर होलारु या उनीहरूको मस्तिष्कमा विदेशमा पैसा फल्ने रूख पाइन्छ भनेर छाप बसेको हुनुपर्छ।
के थाहा विचरा त्यी बालकहरूलार्इ ४५ ड्रिग्रीको चर्को घाम। उनीहरू त मख्ख छन् कहिले ठूलो हुने, रातो टिका लगाउने र सुटकेस बोकेर पैसा टिप्न जाने। विचरा उनीहरूलार्इ के थाहा भोक–भोकै काम गर्नु परेको पिडा। अनेक अपहेलना सहनु परेको पिडा। के थाहा उनीहरू मायाको धितो राखेर, सपना र रहरहरूको दागवत्ती दिएर, ज्यानको माया मारेर परिवारका लागि कमाइदिएको सहज जिन्दगी।
हरेक दिन बाकसमा कैद भएर आएका लासहरू त्रीवि विमानस्थल हुँदै गुज्रिन्छन्। कति विदेशी मुलुकमै आत्महत्या गर्न विवश हुन्छन्। कति रोगको सिकार बन्दै फर्किन्छन्। धेरै सुन्छु आजकल डिप्रेसन भएका खबरहरू। सपना र रहरहरूलार्इ मनभित्रैको आर्यघाटमा जलाउँदा जलाउँदै उसले आफ्नो अस्तित्व विर्सिएछ। जिन्दगी जिउन विर्सिएछ। सपना त कुरै छोडौं माया के हो महशुस गर्नै विर्सिसकेछ। विदेश जाने लहरमा, परिवारका इच्छाहरू पूरा गर्दा गर्दै उसले पैसा त कमायो। तर परिवार साथीभार्इ र आफन्तका माया पाउने रहर झैँ भयो। परिवारसँग बसेर मीठो मसिनो खानु, भावना, प्रेम, स्नेह साट्न उसको जीवनको कहिले पूरा नहुने सपना झैँ भयो।
पैसा महत्वपूर्ण कुरा हो। तर पैसा नै सबैथोक होइन। पैसा कमाउनु पर्छ। तर परिवारसँग रमाउनु पनि पर्छ। पिज्जा र चाउमिनको स्वाद लिने आदत भएको व्यक्तिले परिवारको साथमा ढिँडो र गुन्द्रुकमा पनि रमाउन सिक्नुपर्छ। विदेशको पैसाको बोटमा आँखा लगाउन भन्दा स्वदेशमै विकल्पहरू रोज्नु पर्छ। पैसाको चक्करमा माया पाउने रहर नबनोस्। कोही अभिभावकले स्काइपमा आफ्नो बच्चा हुर्केको हेर्नु नपरोस् र कुनै वृद्धा आमा बुबाले सन्तानलार्इ भेट्ने आश गर्दा गर्दै विदा हुनु नपरोस्।