Suvadin, Home

गजल
मुटु प्रेमीलाई उपहारमा राख्नु हुँदैन...

मन जित्न सजिलो हुँदैन युद्ध जिते जस्तो , त्यसैले झिनामसिना सर्त प्यारमा राख्नु हुँदैन।।
ताराप्रकाश बम।

सकेसम्म निकालेर हतारमा राख्नु हुँँदैन।
आफ्नै मुटु प्रेमीलाई उपहारमा राख्नु हुँदैन।।

उधारोमा अझै सस्तोमा खोज्छन किन्नेहरुले।
बिक्रीमा भनेर जिन्दगी बजारमा राख्नु हुँदैन।।

सफल हुनुको पछि संघर्षको हात रहन्छ। 
सबै कुराको विश्वास निधारमा राख्नु हुँदैन।।

आमालाई खुसी किन्न नसक्ने कायरहरुले।
अरुको खुसी बन्ने सोच बेकारमा राख्नु हुँदैन।।

मन जित्न सजिलो हुँदैन युद्ध जिते जस्तो।
त्यसैले झिनामसिना सर्त प्यारमा राख्नु हुँदैन।।

ताराप्रकाश बम


 

More form the Internet

loading...