Suvadin, Home

Cover Image

गजलः
खस्दै आँशु तलाउ बनेर रह्यो...

खस्दै आँशु तलाउ बनेर रह्यो, खुशी दुःखको घेराउ बनेर रह्यो। पीडाहरु यसरी नै छरिएछ्न्, मुस्कान संकट र दाउ बनेर रह्यो।
इन्दिरा भट्टरार्इ।

इन्दिरा भट्टराई


खस्दै आँशु तलाउ बनेर रह्यो,
खुशी दुःखको घेराउ बनेर रह्यो।

पीडाहरु यसरी नै छरिएछ्न्,
मुस्कान संकट र दाउ बनेर रह्यो।

उपहारको फूलले नै स्पर्श गर्दै,
गडियो, र दुख्ने घाउ बनेर रह्यो। 

सफर पत्थरको गरेनौं तिमीले,
तर तिनै पत्थर पाउ बनेर रह्यो।

मीरा कृष्णमा नै लीन बनिन्,
अन्ततः उनकै नाउ बनेर रह्यो।


 

More form the Internet

loading...