Suvadin, Home

उपहार तिमीलाई छ !

युद्धमा गएको छु, तरबार उपहार तिमीलार्इ छ, हारे मृत्यु, जिते दरबार उपहार तिमीलार्इ छ। डराएर बस्दिन, जान्छु म भिड्नलार्इ, लडार्इमा दुश्मनको चित्कार उपहार तिमीलार्इ छ।
प्रतिकात्मक तस्वीर।

मदन अोली 


युद्धमा गएको छु, तरबार उपहार तिमीलार्इ छ,
हारे मृत्यु, जिते दरबार उपहार तिमीलार्इ छ।

डराएर बस्दिन, जान्छु म भिड्नलार्इ,
लडार्इमा दुश्मनको चित्कार उपहार तिमीलार्इ छ।

गोर्खालीको रगत बगेको छ यता हेर,
काँतर भए जिन्दगी बेकार उपहार तिमीलार्इ छ।

यो माटोको ऋणी हुँ म, तिर्ने छु ऋण,
दुश्मनको शिर माटोलार्इ हार उपहार तिमीलार्इ छ।

युद्धमा गएको छोरो, लड्यो मर्यो भन्दिए,
घरमा बहादुरीको सु–समाचार उपहार छ।


 

More form the Internet

loading...