Suvadin, Home

खै के सोचेर नाता आफै जोड्यो साथीले (गजल) 

खै के सोचेर नाता आफै जोड्यो साथीले, पानी लाग्यो तिरमा माछी छोड्यो साथीले।।
प्रतिमा अधिकारी

खै के सोचेर नाता आफै जोड्यो साथीले
पानी लाग्यो तिरमा माछी छोड्यो साथीले।।

रुदै माग्यो बास मनमा हुन्छ भन्नै कर लाग्यो
फेरि किन उहीँ मन आज फोड्यो साथीले।

एक्लो यात्रा केही पर भेटेपछि सङ्गै हिँड्दा
आदत लाग्यो बीचमा पाइला मोड्यो साथीले।।

युगल स्वप्न महल बनाई खुशीकै बुट्टा भर्यौ
बसाइँ सरेपछि सबै ती बुट्टा गोड्यो साथीले।। 

अस्ति एक्लो हिजो उ आज खाली शुन्यता छ
भरिएको सम्बन्ध त पूरै तोड्यो साथीले।। 

–प्रतिमा अधिकारी

 


 

More form the Internet

loading...