Suvadin, Home

गजलः फूल र मालीको कथा यौटै कहाँ छ र?

फूल र मालीको कथा यौटै कहाँ छ र?  ओठ र लालीको कथा यौटै कहाँ छ र? पोल्छ छाती भोकमरीमा पर्दा उता, भेरी कर्णालीको कथा यौटै कहाँ छ र?
साबित्रा लुइँटेल घिमिरे।

साबित्रा लुइँटेल घिमिरे


फूल र मालीको कथा यौटै कहाँ छ र? 
ओठ र लालीको कथा यौटै कहाँ छ र?

पोल्छ छाती भोकमरीमा पर्दा उता,
भेरी कर्णालीको कथा यौटै कहाँ छ र?

बस्ने धर्ती अनि आकाश एकै भा'नि
सबै नेपालीको कथा यौटै कहाँ छ र?

चम्कियो विश्वभरि गाथा बोकी वीरताको 
तर, गोर्खालीको कथा यौटै कहाँ छ र? 

रंग भेदको छ अझै पनि पीडाहरू 
गोरी कालीको कथा यौटै कहाँ छ र?
-बिर्तामोड, झापा


 

More form the Internet

loading...