Suvadin, Home

ज्याला क्षमताकाे कि लिङ्गकाे अाधारमा?

सिमेन्ट घोल्ने, तार जाली बुन्ने, घरमा इँटाको गारो लगाउने लगायतका सबै काम महिलाले पुरुष सरह नै लगन र मिहेनतका साथ गर्छन्। तर, महिला भएकै कारण ज्यालामा ठगिएका छन्। रामपुरकी सबिरन मियाँले बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म घर बनाउने काम गर्छिन र रु पाँच सय ज्याला बुझ्छिन्।
प्रतिकात्मक तस्वीर।

काठमाडाैं, ९ माघ – काम र सीप बराबर हुँदाहुँदै पनि महिलालाई पुरुषको तुलनामा ज्यालादारीमा विभेद कायम छ। महिला र पुरूष समान हुन् जनेर जतिनै नारा बाजी लगाए पनि लिङ्गकाे विभेद ज्याला मजदुरी गर्नेहरूमा स्प्रष्ट देखिन्छ।

दिनभर पुरुष सरह ज्यालादारी काममा खटिने महिलाहरू घर, भवन बनाउने, सडक बनाउने जस्ता काममा संलग्न महिलालाई पुरुषको तुलनामा आधा ज्याला दिने गरेको पाइएको छ। 

सिमेन्ट घोल्ने, तार जाली बुन्ने, घरमा इँटाको गारो लगाउने लगायतका सबै काम महिलाले पुरुष सरह नै लगन र मिहेनतका साथ गर्छन्। तर, महिला भएकै कारण ज्यालामा ठगिएका छन्। रामपुरकी सबिरन मियाँले बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म घर बनाउने काम गर्छिन र रु पाँच सय ज्याला बुझ्छिन्।

यस्तै माया कुमालले पनि पुरुषले गर्ने सबै काम गर्छिन्। तर, उनले पुरुषको तुलनामा रु तीन सय कम ज्याला बुझ्छिन्। उनीसँगै काम गर्ने पुरुष मजदुरले रु ८ सय ज्याला बुझ्दा कुमालले रु ५ समयमा चित्त बुझाउनु पर्छ। 

ज्यालामा महिला र पुरूषमै ज्यालामा भिन्नता देखिए तापनि निर्माण व्यवसायी मनबहादुर लामा काम र सीप अनुसार समान ज्याला दिँदै आएको बताउँछन्।

मजदुरलाई दिनमा आठ घण्टा काम गरेबापत एक दिनको न्यूनतम ५ सयदेखि बढीमा ८ सयसम्म काम हेरेर महिला पुरुष नभनीकन ज्याला दिएको लामाको भनाइ छ। 

धनमाया दरैले आठ घण्टासम्म मजदुरी गरेर दिनमा रु चार सय ज्याला पाएको बताउछिन्। उनले पुरुषले पाउने ज्याला नपाए पनि न्यूनतम तोकिएको ज्याला समेत नपाएकाे गुनासाे गरेकी छिन्।


 

More form the Internet

loading...