कविताः एकपटक त सुन
विनिता कार्की
एकपटक त सुन
गलत म पनि थिए कि?
गलत तिमी पनि थियाैँ कि?
कतै हामी दुवै गलत थियाैँ कि??
एकपटक त सुन
तिमीमाथि तुछ वचन मैले प्रहार गरे होला
तर,अाफुभन्दा बढी माया पनि त गरेको थिए
तिम्रो सपना मैले तोडे होला
तर, तिम्रो लागी मैले पनि अाफ्नो सपना कुरवान गरेकी छु
सायद तिमीलार्इ म अब बोझ भए होला
सुन्दर त्यी मुहार चाउरी परे होला
तर एकपटक त सुन
कतै तिमी बद्लियाैँ कि?
कतै हिड्ने गोरेटोहरू मोडिए कि?
तिम्रो जीत्ने अन्दाज फेरियो होला
मलार्इ हेर्ने नजर अन्योलमा पर्यो होला
म भन्दा सुन्दर अनुहार भेटियो होला
कतै न्यानो साथ मिल्यो होला
एकपटक त सुन
तिम्रो लागि सबै सकियो होला
तर अाज पनि म हाम्रो यादहरूमा हराउछु
तिम्रो र मेरो तस्वीर हेर्दै रमाउछु
तिम्रो लागी म कुनै यादको कुनामा पनि नहोला
तर, तिमी अाज पनि मेरो लागि बाच्ने अाधार हाैँ
बस हामी अाज टाडाँ छाैँ
मात्र छुट्टीमा छाैँ
हामी फेरि एक हुनेछाैँ
सुन न एकपटक त सुन
अाज पनि तिमी मलार्इ संसार हाैँ।