Suvadin, Home
म कुदेर गए, त्यो सुजिताले दिएको कागज थियो। म मनमनै हाँसे। त्यो कागज समाए र घरबाट निस्के। बाटोमा हिँड्दै गर्दा कागज खोलेर पढ़े। मेरा गोडा एकाएक रोक्किए। खुट्टा काम्न थाले। मुख सुक्यो। घर फर्किन खोजे, सकिन। न त पाईला नै अगाडि सार्न सकें। केहि सोच्नै सकिन। 
कागज।

उ आई मेरो हातमा एउटा कागज थमाई र दौडेर गई। त्यो कागज के हो भनेर हेर्ने आटेको थिए सर टुपुलुक्क त्यहि आउनुभयो| मैले कागज गोजीमा राखे| अनि क्लासमा गए। सुजिताले मलाई हेरी, उसको छेउमा बसेकी रमा पनि मुस्कुराउदै थिइ। ऊ मेरो अनुहारमा कुनै भाव र रंगको खोजिमा थिई। सायद उसले त्यो पाइन र निराश जस्तै भइ|

त्यो अन्तिम क्लास थियो। साँझको ४ बजिसक्दा पनि घाम मध्यान्नको जस्तै थियो। घन्टी के लागेको थियो सबैले कापी झोलामा हाल्न थाले। सरले लेख्न लागेको चकले मलाई हान्नु भो, ‘कति हतार हुन्छ तलाई !’ मैले हत्तपत्त फेरि कापी निकाले। फेरि १५ मिनेटसम्म सरले पढाउनु भयो। मनमा खुल्दुली थियो कागजमा के छ भनेर।

 

‘सुबोध तिमीले मैले दिएको कागज पढ्यौ ?’ उसले घर जाँदा बाटोमा सोधि | म त्यो कागजको बारेमा बिर्सिसकेको थिए। तर, पनि मैले पढेँ भन्दिए। उसले न्यास्रो अनुहार लगाई। सँगै रहेकी रमा पनि निराश भई। 

 

घर पुग्ना साथ मैले त्यो कागज गोजीबाट निकाले। फेरि आमाले बोलाउनुभयो। ‘सुबोध, चाडोँ अाइजो त, एकछिनलाई ।’ मैले कागज त्यहि राखे। आमाको काम सकेर फर्केर आउँदा मैले त्यो कागज भेटिन। सबै ठाउँ हेरें तर पनि भेटिन। नभेटेपछि सुजितालाई नै सोधुला भनेर खोज्न छाडें। त्यो बेला हामी क्लासमा यस्ता अनेक चिट दिन्थ्यौं र रमाइलो गर्ने गर्थ्यौ। सायद त्यस्तै केहि होला सोचे।

कक्षा १२ को परीक्षा नजिकिदै थियो। सबै पढाईमा व्यस्त थिए । मेरो ध्यान भने सुजितामा थियो। हुन् त सागरले उसलाई धेरै चोटी मेरो बारेमा भन्न पनि खोजेको थियो। तर, खै उसले बुझ्थिन। म आफैंमा भने हिम्मत गरेर कहिल्यै भन्ने आट आएन।

 

मैले एकै सासमा भने। मेरो पनि मुख रातो थियो, कान तातेर राता भएका थिए, आँखा, एक टकले भुइँमा हेर्दै थिए। ऊ केही बोलिन। ऊ खुसी थिइ|

 

हाम्रो भेट परीक्षाको अन्तिम दिन भएको थियो। ‘सुजिता कस्तो भयो एक्जाम ?’ मैले सोधे। उसले ठीकै भो भनि। उसको अनुहार कुनै उत्तरको खोजीमा थियो। अनि मेरो अनुहारमा प्रश्न थियो। उत्तर दुबैलाई चाहिएको थियो र त्यस बेला केहि पनि ठिक भएन सिवाय परीक्षा। परीक्षा राम्रै भएको थियो।

‘सुबोध तिमीले मैले दिएको कागज पढ्यौ ?’ उसले घर जाँदा बाटोमा सोधि | म त्यो कागजको बारेमा बिर्सिसकेको थिए। तर, पनि मैले पढेँ भन्दिए। उसले न्यास्रो अनुहार लगाई। सँगै रहेकी रमा पनि निराश भई। म ट्वा परे! मलाई झन्झन् खुल्दुली भो। सुजिताको भाव र उसको व्यवहार अनौठो लाग्न थाल्यो।

घर पुग्ना साथ मैले सबै ठाउँ त्यो कागज खोजे तर, भेटिन। मलाई शंका लाग्न थाल्यो कतै सुजिताले मलाई मन त पराउदिन भनेर! मनमा अर्कै खुसीआयो। आफैं कथा बुन्न थाले| ‘हो है, सुजिताले मलाई त्यो कागज दिएदेखि हरेक पटक फलो गरेकी थिइ, सायद मैले भन्न नसकेको उसले भनि कि ?’  मैले त्यो कागज जत्ति खोज्दा नि भेटिँन। अन्तिममा आफैं सुजितालाई प्रेमपत्र लेख्ने निर्णय गरे |

 

म कुदेर गए, त्यो सुजिताले दिएको कागज थियो। म मनमनै हाँसे। त्यो कागज समाए र घरबाट निस्के। बाटोमा हिँड्दै गर्दा कागज खोलेर पढ़े।

 

 

बिहानै म सुजिताको घर गए। उसलाई त्यो कागज दिएँ।  पहिला त उसले त्यो आफैंले दिएको पत्रको रिप्लाई सोची। तर, एकछिनपछि उसको मुख रातो भएर आयो। आँखा भरिएर आयाे। उसले मलाई अंगाली। ‘सरि सुजिता मैले, तिमीले दिएको कागज हराए, धेरै पहिलादेखि भन्न खोजेको तर भन्न सकेको थिएँन ।’ मैले एकै सासमा भने। मेरो पनि मुख रातो थियो, कान तातेर राता भएका थिए, आँखा, एक टकले भुइँमा हेर्दै थिए। ऊ केही बोलिन। ऊ खुसी थिइ| ‘सुबोध, आई युज टु लाईक यु फ्रम लंग टाईम!’ उसले मेरो हात समातेर भनि। हामीबीचमा त्यहाँ धरै बेर कुराकानी भए। आज मन फुरुंग थियो। पहिलो प्रेम प्रस्ताव अनि त्यो पनि स्वीकार हुनु ठूलो उपलव्धि जस्तो लाग्यो। मैले सागरलाई फोन गरेर सबै सुनाए।

परीक्षा पछिको विदामा एक दिन मलाई रमाले फोन गरी,

‘सुबोध, सुजितालाई के भयो, मेरो फोन नै उठाउदिन त, भटें नि खासै बोल्दिन!’ ऊ आत्तिएकी थिइ। ती दुर्इ मिल्ने साथी थिए।

‘ए रमा…, अँ ठीकै छ त सुजितालाई मैले हिजो त् भेटेको ,’ रमाको घर अलि टाढा भएकाले खासै सुजिताको घर आउँन पाउँथिन। उसले फोन राखि।

भोलिपल्ट सुजिता भेट्न म तयार भएर जादै थिए । आमाले बोलाउनु भयो।

‘ए सुबोध खै के कागज हो यो, अस्ति तैले खोजिराको हैंन |’

म कुदेर गए, त्यो सुजिताले दिएको कागज थियो। म मनमनै हाँसे। त्यो कागज समाए र घरबाट निस्के। बाटोमा हिँड्दै गर्दा कागज खोलेर पढ़े।

मेरा गोडा एकाएक रोक्किए। खुट्टा काम्न थाले। मुख सुक्यो। घर फर्किन खोजे, सकिन। न त पाईला नै अगाडि सार्न सकें। केहि सोच्नै सकिन। 

कागजमा अर्कै कथा थियो।

‘सुबोध, तिमी मलाई असाध्यै मन पर्छ। आई लभ यु  ………….. -रमा !’


 

More form the Internet

loading...