Suvadin, Home

त्याे बालापन
कथा जिन्दगीकाे

तर, एक दिन त्यहीँ बालक भविष्य राम्रो बनाउने सपना बाेकेर अाफ्नाे बालसखा मात्र हाेइन् अामाबुवा घरपरिवारसँग टाढा भयाे।  स्वदेशमै भएपनि अनगिन्ति टाढा। पहाडदेखि तरार्इका फाँटसम्म। घरपरिवारकै निर्णय अनुसार नै  अबाेध बालक घर छाेड्छ। गाउँमा  निजी स्कुल थिएनन्। सामुदायिक स्कुल त थिए। तर, अामाबुवाकाे  सपना छाेरालार्इ निजीमा पढाएर अंग्रेजीमा अब्बल बनाउने थियाे। त्यही भएर बझाङकाे अाराेलीअाेकालीलार्इ बिट मार्दै धनगढीकाे सम्म परेकाे फाँटमा पुग्छ। 
कथा जिन्दगीकाे।

एक अबोध बालक जसले आमा बाबाको कोखबाट टाढा जाने सोचसम्म बनाएको थिएन। उसले सोच्नसम्म पनि सोचेको थिएन कि म आफ्ना बुबाअामाबाट टाढा गएर बस्न सक्छु भनेर।

यदि कुनै दिन त्यस्तो आइहाल्यो भने कसरी म जादैन भनेर भन्ने भनेर त्यो बालकले कहिले सोचेको हुँदैन किनकी उसलाई आमा र बुबाप्रति सधै एउटै माया, सद्भाव र सम्मान रहेको हुन्छ।

तर, एक दिन त्यहीँ बालक भविष्य राम्रो बनाउने सपना बाेकेर अाफ्नाे बालसखा मात्र हाेइन् अामाबुवा घरपरिवारसँग टाढा भयाे। 

स्वदेशमै भएपनि अनगिन्ति टाढा। पहाडदेखि तरार्इका फाँटसम्म। घरपरिवारकै निर्णय अनुसार नै  अबाेध बालक घर छाेड्छ। गाउँमा  निजी स्कुल थिएनन्। सामुदायिक स्कुल त थिए। तर, अामाबुवाकाे  सपना छाेरालार्इ निजीमा पढाएर अंग्रेजीमा अब्बल बनाउने थियाे। त्यही भएर बझाङकाे अाराेलीअाेकालीलार्इ बिट मार्दै धनगढीकाे सम्म परेकाे फाँटमा पुग्छ। 

बालकले अाफ्नाे घर छाेड्नु पर्ला भनेर कल्पनासम्म गरेकाे थिएन। सानै उमेर साथीसंगीसँग खेल्नमै अानन्द।अामाबुवाले पढाउनकाे लागि तरार्इ पठाउने निधाे गरे। र, धनगढी पठाए।

एक दुई दिन अगाडि धनगढीबाट पहाड घर आएका कान्छा काका ती बालकलाई नेपाली भाषा सिकाउने कोसिस गर्छन्। भेट भयो कि बाबु यता आउ। सायद उहाँ नेपालीमा राम्रै दख्खल भएको मान्छे हो। म नजिक गए पछि घरबाट दुई-तीन कोष टाढाको डाडाँलाई देखाउदै, ‘उ त्यो डाँडो कति टाढा रहेछ है।’ भन्, भन्नुहुन्थ्यो तर म मन भित्रको निकै अटेर थिए। कसैले गर भनेको काम मलाई गर्न निकै समय लाग्थ्यो। तर, त्यतिबेला भने मैले अगाडिदेखि नेपाली जान्नेको झै सरासर नहिचकिचाई भने।

त्यसपछि मलाई मात्र काकाले किन त्यस्तो गर्नुहुन्छ भनेर आमालाई सोधे। अनि आमाले पनि आफू त्यति जानकार नभए झै गरी ‘क्यापाे भन्दाछन् तेरा बुबा तिनखी सोध पन।’ आमाको जवाफले मैले मेरो उत्तर पाउन लगभग चार घण्टादेखिमाथि समय लाग्ने भयो बुबा स्कुल जानुभएको थियो। उहाँको स्कुल मैले देखेको थिए घरबाट झण्डै दुईदेखि ३ घण्टा लाग्थ्यो। तर, बुबाको स्कुल बिदा ४ बजे हुन्छ।

तर, उहाँलाई घर आइपुग्न त्यतिकै पनि साढे ६ बज्थ्यो त्यसमा पनि कतै बसेर चियामात्र खान लाग्नु भयो भने कति खेर आइपुग्ने निश्चित हुँदैन थियो। उसै पनि त्यतिबेला सरकार र माओवादीको युद्धको समय थियो। कतै आउदै गर्दा सेना वा माओवादी भेटेर केही गरी पो हाल्छन कि भन्ने डर हरेक दिन बुबा घरबाट स्कुलको लागि निस्किदादेखि बेलुका घर नर्कुन्जेलसम्म मनमा चिन्ता लागि रहन्छ। आमाले कहिलेकाही पल्ला घरकी ठुली आमासँग भनेको सुन्थे।

त्यो बेलामा म जस्तो चाहियो भने पछि चाहियो भन्ने मान्छेका लागि बुबा आउनसम्म कुुर्नु हाट गएका बुबाले नयाँ जुत्ता चप्पल र लुगा ल्याउछन् भनेर कुरे जस्तै भयो। राति भयो, बाहिर बस्न डर लागेरभित्र गएर आगो बालेर सबै जना वरीपरी बसेका थिए। तिनीहरुकै बीचमा गएर बस्न खोजे तर, साहिलो भाइले ‘अगि बटीको ता बुबा नआउदासम्मभित्र जाँदैन भन्दो छि त, अहिल अझ मेरा अघाडिउनो आइपन बस्न लाग्दो।’ भनेर बस्न इन्कार गर्यो तर मलाई घर भित्रै पनि डर लाग्थ्यो।

त्यो कुरा आमालाई र दिदीलाई थाहा थियो। कान्छी दिदीले आफ्नो अगाडि बस्न स्वीकृति दिनु भयो। खाना खायौं सबै जनाले तर, घरका मुली घरमा हुनुहुन्थेन्। काकाले धनगढीतिरका खबर सुनाए सबै जना राम्रौ छन्। तराई त यस्तो राम्रो ठाउँ लगायतका यावत कुराहरु सुनाउदै हुनुहुन्थ्यो। म भने भुतुकै सुते छु।  भोलिपल्ट बिहान लगभग ४ बजेको थियो। आमाले ब्युझाउन खोज्नु भयो तर, बुबाले अहिले नब्युझाउन भने पछि आमाले त्यतिकैमा नब्युझाई भर्कुनु भयो। 

मेरो निन्द्रा खुलिसकेकाले म जुरुकै उठेर बुबा पल्टी रहनु भएको ठाउँमा गएर सोधे ‘बुबा मु धनगढी जान्या हुँ क्या’। बुबासँग बोल्दा म खुलेरै बोल्थे। ‘कसले भन्यो तँलाई, तर पछि बुबाले हास्दा हास्दै भन्नुभयो ‘तँ, तरो कान्छोकाका र म आज धनगढीको गाडिमा चढेर जान्छौं। तर, म दिपायल जान्छु। स्याउले झरेर’ (स्याउले धनगढी बाट र डडेल्धुराबाट डोटीका लागि छुट्ने बसको मिल्ने ठाउँ हो।) भन्नुभयो। 

अब म एक पटक घर परिवार बाट मलाई किन टाढा लगिदै छ। लगायतका कुरा सोच्न लागे। र, भने पनि एक्लै ‘मु जाँदैन, घरका सर्बै याई मू धनगढी जादैन’ भनेर रुन थाले तर, बुबाले आश्वासन दिँदै भन्नु भयो त्यहा तेरी आमा भन्दा बढी माया गर्ने काकी हुन्छिन् जसले तेरो राम्रो ख्याल राख्नेछिन्।, त्यो सहर हो, त्या यताको जसरी काम गर्नु पर्दैन। देखेको छस् नि तेरी दिदीहरु कति काम गर्छन।

धनगढीको खुबै बयान गर्नु भयो साहेद बच्चा उमेर थियो लोभ देखे ठिकै हो सोचेर मख्ख परे। विस्तारै उज्यलो हुँदै  गयो बारी डाडाँको मेरो घर पारी डाडाँबाट उदाउने सूर्यले सिधै मेरो घरमा प्रकाश फाल्थ्यो। त्यो सुन्दर दृश्य अहिले त सम्झनामा पनि कताकता हराएको जसरी मात्र देखिने गर्छ। सुर्य त्यहि हो। घर त्यहि ठाउँमा छ। तर आफू भने त्यो ठाउँबाट यति टाढा छु। म मैले त्यो दृश्य हेर्न समय मिलाएर जानु पर्ने बेला भएको छ। 

बिहान भयो घाम भर्खर लाग्न लागेको थियो। मेरो घरबाट कही दिन वा वर्षका लागि सबै जना विदा गर्न घर अगाडि भेला भए। लाग्थ्यो त्यो बेला घरबाट बाहिर पढ्न भने म मात्र जाँदैछु। तर, म बिर्सी सकेको थिए कि हिजोका दिनमा दाई पनि त्यही हुलले विदा गरेका थिए। तर, पछि छोटो समयमै धनगढीबाट बझाङ भर्किनु भएको थियो। 

घरबाट निस्किने बेला भयो। अामाबुवाले माडुको स्कुलसम्म विदार्इ गर्नुभयाे। खुट्टामा लगाउने जुत्ता थिएन। फाटेका  चप्पल लगाएर विदा भएकाे थियाे, उ। गाउँ नजिक बजार थिएन, चप्पल किन्न टाढाकाे बजार जानु पर्थ्याे। 

अब त धनगढी पढे पछि ठूलो मान्छे बन्ने भइस्।  विदाइमा साइलाे भाइले भन्याे ‘दाइ तेरो चप्पल फाटेको छ, बाटौना काडाँ बिझ्न्ना ल यि चप्पल ले।’  भार्इले भनेका ती शब्द अझै मनमस्तिकमा ताजा नै छ।

क्रमश: 


 

More form the Internet

loading...