Suvadin, Home
रश्मीको आवाज मैले प्रष्टै चिनें। दगुर्दै ग्राउन्डमा पुगेर चारैतिर हेरेको स्टेजनेर लुकेर मलाई इशारा गर्दै बोलाइन्। 'कसले दियो मेरो नम्बर हँ?' मेरो प्रश्न भुइँमा खस्न नपाउँदै भनिन्, 'त्यो अस्ती हजुरसँग भएको अर्को दादाले। छुटेको सामान लाने भए छिटो आँखा चिम्मा गर्नु त।' आँखा चिम्लनसाथ मलाई हार्इ भोल्टेज करेन्ट लागे जस्तै भयो, जब उनका ओठहरुले मेरा ओठ चुमे।

अनिल बिष्ट


'आम्बो! भाइहरु त आइपोसकेछ! सरी है ढिला भो। ल अब डल्लै सामान बोकेर रुमतिर जौं,' पेम्बा दाजुले भनेको रुम कुनै होटल होला भनेको त अंग्रेजको पालाको जस्तो देखिने पूरानो तर सुन्दर घर रहेछ। होमस्टे भएनि त्यहाँ मालिक बस्दैन रहेछन्। तर, हामीलाई चाहिने प्रायः सबै सामान रहेछ रक्सी बाहेक। पेम्बा दाजुले झोलामा भएको मासु र रक्सी हामीलार्इ दिनुभयो।

किचनमा बाँकी सब राशन रहेछ। अरु रक्सी पिउन मन भए राई गाउँ गएर उसको नाममा ल्याउनु भन्दै जानुभयो। हामी फुटबल खेल्न पहिलो पटक कालेबुङ आएका थियौं। निकै थकित र भोको भएकाले मासु भुटेर दाइहरु रक्सी पिउन बसिहाले। अब आफू कान्छो खेलाडी दाइहरुसँग पिउने कुरो आएन। हसन पनि पिउदैन्थ्यो। हसन र म सिरक ओडेर मोबाइलमा गेम खेल्न थालिम्।

रक्सी सकिएछ सुरज दाइले हसन र मलाई राईगाउँ गएर ल्याउन भन्नुभो। सानो हुनुको घाटा पनि धेरै छ। बाहिर अन्धकार र हुस्सुले बाटो पनि नदेखिने अवस्था थियो। झन त्यसमाथि सिरिरी चलिरहेको सिरेटोले मुटु नै कापिरहेको थियो। करिब रातको दश बजिसकेछ।

अब बाटाेमा कसैलाई भेटिन्छ र रार्इगाउँ कता हो सोधौं भनेर एकछिन बाटो हेर्यौं। हल्लिँदै एउटा मान्छे आयो र हातले इसारा गर्दै रार्इगाउँ देखायो। चकमन्न अँध्यारो थियो। र, जाडो झन् झन् बढ्दै थियो। मोबाइलको टर्चले हेर्दै करिव दश मिनेट हिँड्दा पनि राईगाउँ त के एउटा घर पनि देखिनम्। बाटो नजिकका रुखहरु हेर्दा हामी जंगलभित्र पसेजस्तो लाग्दै थियो।

अचानक टर्चको प्रकाशअघि सिमेन्टका चिहान घरहरू देखिए। हसन र म चिच्याउँदै पछाडि नहेरी दगुर्यौं। केहीबेर कुदेपछि हामी स्याँस्याँ गर्दै एउटा घर अगाडि रोकियौं। अर्कै बाटो आएछौं क्या र हामी अलमलियौं। केही परबाट एउटी सेतो कुर्ता सुरुवाल लगाएकी सुन्दर केटी हामीतिरै आइन्। हसनले उनलाई होमस्टेसम्म पुर्याउन अनुरोध गर्यो।

उनी अनौठी राम्री थिइन्। टलटल टल्किरहेका ठूला-ठूला आँखा, चुच्चो नभएनि ठूलो नाक, कैलो लामो कपाल, तप्तप् रगत चुहिएला जस्ता देखिने गाला र ओठहरुले उनलाई परीभन्दा कम देखिएको थिएन। हसन उनीसँग बोल्न खोज्दैथियो। तर, उनी छिटो-छिटो हिँड्दैथिइन्।

मैले सानोमा किच्कन्याको बारेमा कथाहरु सुनेको थिए, मेरो मनमा अनेक कुरा खेल्न थाले। हसनको कलरमा पक्डेर रोक्दै कानमा खुसुक्क भने, 'ओइ हस्सी! किच्कन्या त हैन?' हसनले आँखा छड्के पार्दै मतिर हेर्यों। हामी त्यो अपरिचित कन्याको पछि-पछि हिँड्दै थियौं।

अधेरी रात त्यसमा पनि मोबाइलको टर्चको भरमा कता हो कता पुगेजस्तो लाग्दैथ्यों। उनी साँच्चै परी नै थिइन्। स्याउँजस्ता गाला, लाटोकेसेरोको जस्ता ठूला-ठूला आँखा र त्यो कैलो कपाल हेर्दा एक मनले भन्दै थियो, 'आ किच्कन्या नै भएनि यति सुन्दरीको हातबाट त मर्न नि लु तयार छु।'

सन्तोष दाइलार्इ त्यो घटना सुनाको झन् हामी बसेको घर पनि हन्टेड हाउस हो भनेर झन् डर थप्दिनुभो। निन्द्रा पनि ढिलो मात्र लाग्यो। भोलिपल्ट हाम्रो पहिलो खेल थियो। शरीरले भकुण्डोलाई लात हानिरहँदा पनि मन भने त्यही रातकी अनजान परी सँगै थियो। लाग्थ्यो कतै भीडबाट उनी चिच्याउँदै निस्किँन्छिन्।

एक त सिरेटो चलेर चिसो थियो, त्यसमाथि किचकन्याको डर। मुटु यसरी लग्लग् कामिरहेको थियो। अनि ओठमुख सुकिसकेछ। धन्न हामीले सोचेजस्तो केही भएन। उनले हामीलाई होमस्टेनेर छाडेर आफ्नो बाटो लागिन्। त्यहाँ पुग्दा त प्रायः सबै सुतिसकेछन्।

सन्तोष दाइलार्इ त्यो घटना सुनाको झन् हामी बसेको घर पनि हन्टेड हाउस हो भनेर झन् डर थप्दिनुभो। निन्द्रा पनि ढिलो मात्र लाग्यो। भोलिपल्ट हाम्रो पहिलो खेल थियो। शरीरले भकुण्डोलाई लात हानिरहँदा पनि मन भने त्यही रातकी अनजान परी सँगै थियो। लाग्थ्यो कतै भीडबाट उनी चिच्याउँदै निस्किँन्छिन्।

हामी लगातार खेल त जित्दैथ्यौं। तर, उनको एक नजर पनि नपाएकोमा म हारेको महसुस गर्दैथें। खै हसन पनि मैसँग थियो। तर, उसलाई त केही मतलब थिएन। हुँदा-हुँदै  सन्तोष दाइले त्यो कुरा सबैलाई सुनाउनु भएछ। अब त सबले मलाई चिहानकी परीको यादमा भड्किने दुखी आत्मा पो भन्न थाले।

उनी मेरो सपनामा पनि आउन थालिन् त्यही सेतो कुर्ता लगाएर तर दिउँसो ग्राउन्डमा भेटै भएन। शनिबार फाइनल खेल थियो। र, मेरो अन्तिम आशा पनि त्यही थियो। खेलमा पटक्कै ध्यान थिएन। मेरा आँखाहरुले भीडमा उनैलाई खोजिरहेका थिए।

अचानक मेरो खुट्टा विपक्षी खेलाडीको खुट्टामा ठोकियो र म नराम्रोसँग लडें। घुँडोमा गहिरो चोट लागेछ। मलाई फर्स्ट एड क्यामतिर लगियो। फिजियो थेरापिस्टसँग हातमा औषधिको बाकस बोकेर आएकी भोलेन्टियरलार्इ जब देखे तब म तिनछक्क परे। हो अन्त्यमा मेरी चिहानकी परिसँग यसरी भेट भयो।

फिजियोले ड्रेसिङ गरिसकेपछि उनले मलाई जुस दिइन्। अचम्ममा त उनी पनि रहिँछिन् पुनः यसरी भेट भएकोमा। दुवैको अनुहारमा अनेक प्रश्नवाचक चिन्ह थिए। उनी मेरो शरीरको चोट हेर्दै खिन्न मानिरहकी थिइन् भने म चाहिँ उनका ठूला-ठूला आँखाहरुको गहिरार्इमा डुब्दै थिए।

उनीसँग निकैबेर कुरा भयो। नर्सिङ पढ्दै रहिँछिन् उनी। नाम चाहिँ रश्मी क्षेत्री। आहा! कति राम्रो नाम। फाइनल जित्नुको खुशी एकातिर रश्मीसँग भेट हुनुको खुशी अर्कोतिर।

खेल सकिएपछि जब हामी फर्किंन लाग्दैथिइम्, तब उनको फोन नम्बर नलिएकोमा पछुतो लाग्दैथ्यो। अचानक फोन आयो, 'सौरव दाहाल हो हजुर? हजुरले ग्राउन्डमा केही कुरा छाड्नु भएछ छिटो आउनु।'

रश्मीको आवाज मैले प्रष्टै चिनें। दगुर्दै ग्राउन्डमा पुगेर चारैतिर हेरेको स्टेजनेर लुकेर मलाई इशारा गर्दै बोलाइन्। 'कसले दियो मेरो नम्बर हँ?' मेरो प्रश्न भुइँमा खस्न नपाउँदै भनिन्, 'त्यो अस्ती हजुरसँग भएको अर्को दादाले। छुटेको सामान लाने भए छिटो आँखा चिम्मा गर्नु त।' आँखा चिम्लनसाथ मलाई हार्इ भोल्टेज करेन्ट लागे जस्तै भयो, जब उनका ओठहरुले मेरा ओठ चुमे।

मलाई हतार थियो, त्यसैले  उनलार्इ फेरि कल गर्ने वाचा गर्दै छुट्टिएँ। उनका नयनहरुले टाढा-टाढासम्म हेर्दै थिए मलाई। 'ल दाजु कहाँ यो अधुरो कथा सुनाको त। त्यसपछि के भयो कहाँ छे चिहान कि परी?' मुख आँ पारेर कथा सुनिरहेको भाइ बोल्यो। मैले नि हाँस्दै भने, 'त्यही किचनमा चिया बनाउँदैछिन्, चिहान कि परी, अर्थात तेरी भाउजू । बाँकि कथा उनैलाई सोध्।'


 

More form the Internet

loading...