Suvadin, Home

Make writer Idol अर्थात लेखकलाई आइडल बनाअाैं!

हामीले समय समयमा कलाकार र खेलाडीहरूलाई ठूलो सम्मान र स्थापना हुन सयौं डलर खर्च गरेर भोट हाली आइडल पनि बनाउँदै आएका छौं। त्यसरी आइडल बनिएका कलाकारहरूले आज संसारभरि आफ्नो कला देखाइरहेका छन् र नेपालीलाई विश्वभरि चिनाइरहेका छन्। खेलाडीहरूले पनि देशको सिमाना नाघेर देशलाई चिनाइरहेका छन्। विदेशी सेनामा जागिर खाएर पनि नेपाली बहादुर लडाकूका रूपमा चिनिएका छौं। तर, आजसम्म पनि नेपाली साहित्यलाई विश्व सामु पुर्याउन सकिएको छैन।
वरिष्ठ साहित्यकार कृष्ण धराबासी।

कृष्ण धराबासी

नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणको अभियान अन्तर्गत पहिलोपटक नेपाली भाषाको अत्यन्त लोकप्रिय र २०६२ सालमा मदन पुरस्कार प्राप्त उपन्यास राधालाई अङ्ग्रेजीमा अनुवाद गरी अमेरिकी प्रकाशनबाट छापेर विश्व बजारमा पठाइएको छ। यसअघि पनि फाट्टफुट्ट नेपाली किताबहरू अङ्ग्रेजीमा अनुवाद भई छापिएका भएपनि तिनीहरू विश्वभरि सबैका लागि सहजै उपलब्ध हुनसक्ने प्रविधिमा प्रवेश गर्न सकेका थिएनन्।

यो किताव खासगरी डायस्पोरामा छरिएर रहेका दोस्रो पुस्ताका नेपाली पाठकहरू जो अब देवनागरी लिपीमा किताब पढ्न असजिलो मान्छन्, उनीहरू र ननेपाली पाठकहरूलाई पनि नेपाली साहित्य पढाउने उद्देश्यद्वारा प्रेरित भई ल्याइएको हो। नेपाली साहित्यको स्तरीयतामा अब कुनै अलमल छैन।

तर, यसलाई विभाषीहरू माझ पुर्याउन नसकेकाले हाम्रो साहित्य आफैभित्र संकुचित हएर बसेको छ र हामी लेखकहरू पनि स्तरियताको हीन ग्रन्थीले ग्रस्त छौं। अबको संसार प्रत्येक मानिसको हत्केलामा आएर खुम्चिएको छ। आज कुनै मानिस पनि आफ्नो सूचना सम्प्रेषण गर्न नसक्ने गरि कुण्ठित हुनु नपर्ने युगमा छ। सूचनाको यो खुल्ला संसारमा हाम्रो साहित्यलाई हामीले नै एउटा सीमामा मात्र कुण्ठित गर्नु नहुने बेला भएको छ।

के नेपाली साहित्य थोरै मानिसले बोल्ने र बुझ्ने भाषामा लेखिएको नभएर यसको स्तरमाथि प्रश्न छ? रवीन्द्रनाथ ठाकुरको गीताञ्जली बंगाली भाषामै सीमित भएको भए आज पनि त्यो राम्रा भजनहरूको संग्रहको रूपमा मात्र चिनिने थियो । सानो देशका थोरै मानिसहरूले बोल्ने भाषामा राम्रो साहित्य हुदैन भन्न सकिँदैन तर त्यसको जँच त्यही भाषाका मानिसले मात्र पनि गर्न सक्दैनन्। 

अबको युग प्रत्येक कुरालाई विश्वबजारमा लगेर नाप्ने युग हो। यसबाट हामी मात्र पछि किन बस्ने। रहर पुर्याउन मात्र आफ्ना कृतिहरूलाई अनुवाद गरी सीमित क्षेत्रमा वितरण गरेर अब हाम्रो साहित्य विश्वबजारमा पुग्न सक्दैन। त्यसैले पहिलोपटक राधा विशेष अभियानका साथ यहाँहरूका हत्केलामा आइपुगेको छ। अमाजोन डटकम र बान्स एण्ड नोबलबाट विश्वभरि घरघरमै यो किन्न सकिन्छ।

विश्वभरि छरिएर रहनु भएका सम्पूर्ण नेपाली मूलका स्वजनहरूसँग म नम्र निवेदन गर्दछु -यो पुस्तकलाई अन्तर्राष्ट्रिय पाठक सामू पुर्याउन पहिलो सहयोग हजुरहरूकै हो। यहाँहरूले आफ्नो साहित्यको माया गर्दै अरू बिभाषी माझ पनि पुर्याउन सके हाम्रो सामूहिक प्रतिनिधित्व हुनेछ। आफ्ना नानीहरूलाई पढ्न दिएर उनीहरूको मद्दतबाट कलेज र विश्वविद्यालयसम्म यसको प्रचार गर्न सकिन्छ। आफन्तजन र मित्रहरूलाई विभिन्न उपलक्ष्यमा उपहार दिन सकिन्छ। आफ्ना पहुँच भएका सञ्चारमाध्यमहरूमा चर्चा गर्न सकिन्छ। 

हामीले समय समयमा कलाकार र खेलाडीहरूलाई ठूलो सम्मान र स्थापना हुन सयौं डलर खर्च गरेर भोट हाली आइडल पनि बनाउँदै आएका छौं। त्यसरी आइडल बनिएका कलाकारहरूले आज संसारभरि आफ्नो कला देखाइरहेका छन् र नेपालीलाई विश्वभरि चिनाइरहेका छन्। खेलाडीहरूले पनि देशको सिमाना नाघेर देशलाई चिनाइरहेका छन्। विदेशी सेनामा जागिर खाएर पनि नेपाली बहादुर लडाकूका रूपमा चिनिएका छौं। तर, आजसम्म पनि नेपाली साहित्यलाई विश्व सामु पुर्याउन सकिएको छैन। 

हामीलाई संसारमा चिन्नेहरूले सगरमाथाको देश भनेर चिन्छन् जो प्राकृतिक हो हामीले बनाएको होइन। बुद्धको नामले चिन्छन् जो नेपाल देश बन्नुभन्दा बाइस सय वर्षअघि यस भूगोलमा जन्मिएका थिए। इतिहास र भूगोलका केही बिम्बहरूले चिनिएका हामीले आजको विश्व प्रतिष्पर्धामा आजकै पाराले नछिरी अब नहुने भएको छ।

संसारमा सबै लेखकले आफ्नै भाषामा लेख्छन्। तर, त्यसलाई अनुवाद गरेरै संसारमा पुर्याइन्छ। आजसम्म नोवल पुरस्कार पाउने पुस्तकहरूको सूची हेरियो भने गैर अङ्ग्रेजी भाषाकै कृतिहरूको लस्कर लामो देखिन्छ। ओस्कर प्रतिष्पर्धासम्म हाम्रा फिल्म गए, ओलम्पिकसम्म हाम्रा खेलाडीहरू पुगे। हाम्रा कृतिहरू नराम्रै भएका कारण आजसम्म आफ्नो भाषाबाट बाहिर ननिस्किएका हुन् त!

संसारमा छरिएर रहेका हामीहरू आज को–को कहाँ–कहाँ बसेर के–के गरिरहेका छौं, त्यो सबैलाई थाहा हुने कुरा होइन। त्यसैले अब हामीले आफ्ना कामहरूको बारेमा आफैँले जानकारी दिनैपर्छ।

मैले यहाँ देवकोटा, सम, लेखनाथ, शंकर लामिछाने, भैरव अर्याल, भूपी शेरचन, मोहन कोइराला, बैरागी काइला, इन्द्रबहादुर राई कसैलाई पनि कतै भेटिन। पुस्तकालयमा हजारौं किताबका बीच एउटा पनि नेपाली लेखकलाई भेटिन। जब कुनै लेखकसँग परिचय हुन्थ्यो, उसले मसँग मेरो कुनै किताब कहाँ किन्न वा पढ्न पाइन्छ भनी सोध्थ्यो मसँग त्यसको कुनै उत्तर थिएन।

म विगत पाँच बर्षदेखि अमेरिकाको भर्जिनिया राज्यमा बस्दै पूर्णकालिन लेखकको रूपमा काम गरिरहेको छु। हरेक वर्षजस्तो नयाँ किताब सार्वजनिक गरिरहेकै छु। अमेरिका आएपछि मैले बल्ल थाहा पाए हामी नेपाली लेखकहरूको विश्वमा बुझिने र पढिने भाषामा शुन्य उपस्थिति रहेछ। नेपालमा रहँदा मदन पुरस्कार प्राप्त प्रतिभाका रूपमा चिनिएर के–के न भइयो भन्ने आत्मप्रशंसाले ग्रसित म देशको सीमा नाघिसक्दा केही पनि थिइन।

मैले यहाँ देवकोटा, सम, लेखनाथ, शंकर लामिछाने, भैरव अर्याल, भूपी शेरचन, मोहन कोइराला, बैरागी काइला, इन्द्रबहादुर राई कसैलाई पनि कतै भेटिन। पुस्तकालयमा हजारौं किताबका बीच एउटा पनि नेपाली लेखकलाई भेटिन। जब कुनै लेखकसँग परिचय हुन्थ्यो, उसले मसँग मेरो कुनै किताब कहाँ किन्न वा पढ्न पाइन्छ भनी सोध्थ्यो मसँग त्यसको कुनै उत्तर थिएन।

उसले नेपाली साहित्यबारे जान्न खोज्दा तिनलाई देखाउने मसँग केही थिएन। अमेरिकाका धेरै विश्वविद्यालयहरूमा दक्षिण एशियाली साहित्य पढाई हुँदोरहेछ। तर, त्यहाँ अधिकांश भारतीय लेखकहरू नै पढाइदारहेछन्।

देशको सीमाना काटिसक्दा म शरीर र पहिचान दुवैमा लिलिपुट भइसकेको थिए। अनि विस्तारै थाहा पाउँदै गए यो लिलिपुट ममात्र होइन अधिकांश नेपालीहरूकै अवस्था उस्तै रहेछ। 
अनि आफू जे गरिन्छ त्यसैबाट आफू र देशलाई चिनाउनुपर्छ भन्ने लागेर लामो सोचाई पछि राधा उपन्यासलाई अनुवाद गर्न मन लाग्यो। बहुपठित, चर्चित र पुरस्कृत कृतिबाटै यो यात्राको थालनी गर्ने सोची महेश पौडेलजीको सहयोगबाट राधाको अनुवाद सम्भव भयो।

आज यो यहाँहरू सबैको हत्केलामा आइ सकेको छ। यसलाई किनेर, पढेर, पढाएर, उपहार दिएर जसरी सम्भव हुन्छ सहयोग गरी मेरो माध्यमबाट शुरू गरिएको नेपाली साहित्यको अन्तर्राष्ट्रिय यो अभियानमा सहभागी भर्इ दिनुहुन अनुरोध गर्दछु। Make writer Idol अर्थात लेखकलाई पनि आइडल बनाअाैं। एउटा एउटा किताब किनिदिए लेखक स्वतः आइडल बन्छ।

More form the Internet

loading...