Suvadin, Home

Cover Image

अन्धकार र द्विविधाभित्र उज्यालोको आशा

हिमालबाट झरेको खोलाको मिठो पानीले तिमीलाई अगाडि बढ्ने साहसको प्रसार गर्ने छ। धेरैका लागि बाच्यौं तिमी, अब पालो आफ्नो लागि बाँच्ने हो। फ्याँक यो बोझको भारी यसले तिमीलाई धेरै सतायो। जाग, अगाडि बढ, चम्क मेरो शुभकामना छ तिमीलाई। हाँसिदेऊ, बाँचिदेऊ।
सांकेतिक तस्वीर।

रवि जोशी, काठमाडौं, १ असोज – बाटो धेरै लामो छ। यात्रा कठिन छ। तर, गन्तव्य सुन्दर छ। तिमी थाकेका छौं थाहा छ मलाई। तिम्रा रहर ओइलिएका छन्। आशा अस्ताउँदै छ। बर्खाको बाटोविहीन खोलाजस्तै तिम्रो मन भड्किएको छ। न त फर्किन  सकेका छौं, न अगाडि बढ्न।

जीवन तिम्रा लागि रगिंन रहेन थाहा छ मलाई। तिम्रो हसिलो मुहार चाउरी परेर मुर्झाएको देख्न सकिँन। यो विवशताभित्र तिमीले बाँचेको परिवेश भिन्न रह्यो। त्यसैले त म भन्दै छु, तिमी जाग्नुपर्छ। र, यो समय र  समाजका लागि तिम्रो पुनर्जागरण आवश्यक छ। तोडिदेउ हरेक बाधा अड्चन,  उदाएको सूर्यझैँ तिम्रो शिर ठाँडो देख्न चाहान्छु।

तिमीले आफैँले आफैँलाई बाँँधेका साङ्लाहरु पन्छाऊ। र, उज्यालो मुहार लिएर, स्वाभिमान बोकेर फर्कि आऊ। तिमी हिँउदले सुकेको रुख होइनौं, बसन्तका नयाँ पालुवा हौं। आफ्नो क्षमतालाई चिन्ने बेला यही हो।

फर्केर अतीत नकेलाऊ। रंगीन भविष्यको बिजारोपण  गर। हाँसेर बिताऊ यो कालो रात, फेरि सूर्य उदाउने नै छ। यो अमूल्य जीवनको सकारात्मक पक्षलाई नियाल्ने प्रयास गर। मलाई विश्वास छ, तिमी फेरि हाँस्न सक्ने छौं।

फर्केर अतीत नकेलाऊ। रंगीन भविष्यको बिजारोपण  गर। हाँसेर बिताऊ यो कालो रात, फेरि सूर्य उदाउने नै छ। यो अमूल्य जीवनको सकारात्मक पक्षलाई नियाल्ने प्रयास गर। मलाई विश्वास छ, तिमी फेरि हाँस्न सक्ने छौं।

विशाल निलो आकाश जस्तै हृदय तिम्रो हर्षले गदगद हुनेछ। तिमी फेरि यो कालो रातको चम्किलो तारा बनेर खुशी बाढ्ने छौं। कोसिस नछोड। निरन्तर अगाडि बढ्ने तिम्रो प्रयास जारी राख। यो जीवनको उकाली कठिन छ। केहीबेर चौतारीको सहारा लेऊ। हिमालबाट झरेको खोलाको मिठो पानीले तिमीलाई अगाडि बढ्ने साहसको प्रसार गर्ने छ।

धेरैका लागि बाच्यौं तिमी, अब पालो आफ्नो लागि बाँच्ने हो। फ्याँक यो बोझको भारी यसले तिमीलाई धेरै सतायो। जाग, अगाडि बढ, चम्क मेरो शुभकामना छ तिमीलाई।

हाँसिदेऊ, बाँचिदेऊ।


 

More form the Internet

loading...