Suvadin, Home

मेराे कलम
राजधानीको बसाइँमा साइँलीको साथ

राजधानीको बसाइँ यादगार त बनायौँ नै। खै के थाहा समय अगाडि कहाँसम्म जाने हो? बस तिमीले देखाएको विश्वासको उपज हो। झै लाग्छ अबको राजधानीको बसाइँ।
डम्मर बम।

डम्मर बम

जति गुलाबका गुच्छाले सुगन्ध दिँदैन नि साइँली। त्यो भन्दा बढी मनमोहक भएको थियो। तिमी कल्पना पनि गर्न सक्दिनाैं।

यो मनकाे पुष्प गुच्छाले ती शव्दलाई अर्पण गरिरहेको छ। बसन्तऋतुसँग वयली खेली रहेको छ। के थाहा साइँली मनमा हजारौ पीडा भए पनि तिम्रो अदृश्य मुस्कानका प्यालाबाट निस्केका सहमतिको त्यो पर्दाबाट खुलेका ति शव्दको। 

साइँली यो बसन्त ऋतुकाे समय हो। र, पनि मनमा भदौरे झरीले फसटाएका धानकावालाझै लहराउदै हावाको स्पर्शमा नाँचिरहेकाे छ,यो मन।

राजधानीको बसाइँ यादगार त बनायौँ नै। खै के थाहा समय अगाडि कहाँसम्म जाने हो? बस तिमीले देखाएको विश्वासको उपज हो। झै लाग्छ अबको राजधानीको बसाइँ।

साइँली यो मनका वह म रात्रिकालिन प्रहरमा लेख्दैछु। म तिमिसँग भएका भलाकुसारीलार्इ आज यहाँ जोड्दै छु।  समय र प्रसंग मिले तिमीले मलाई ध्यान दिएर सुन्ने छौ, भन्ने विश्वास पनि लिएको छु। साइँली यो मेरो अतित र सम्झनाका स्मरणीय पानामा ताजा रही रहनेछन्।  याे सेतो कागजमा रंङ्गिएका शव्दले मलाई विगत तिर डोर्याउनेछ। सम्बन्ध यस्तैै प्रगाढ रही रहिरहाेस् है। सेतो कागजमा लेखेका शव्द मेटिनेछन् तर, यस कलमको डाम कहिल्यै मेटिने छैन्न, कहिल्यै मेटिने छैन्न।

पर्खाइको पल साह्रै मीठो थियो। त्यो सधै हिँडी रहने बाटो पनि कस्तो नयाँ ठाउँ जस्तो तिमी ३ बजेको समय दिएकी थियौ। तर, पनि मेराे पर्खाइ तिम्रो कल्पनामा बित्यो त्यो पल जीवनकै मेरो पहिलो अनुभव थियो। हामीबीच एक आपसमा कुरा साट्न मन थियो। तर, हाम्रो भेट्ने बाहना त्यही चिया थियो जो म आफै खादैन।

कस्तो अच्चमनी साइली शंकरदेव क्याम्पस एमबीस दोस्रो वर्षको पठाइएको अन्तिमअन्तिम पलमा हामी यति नजिक भएका थियौं। यसरी निजक हुने अवसर जुराएकाे थियाे क्याम्पसमा स्ववियुको चुनावले।

पठाइ पुरा गर्न भनेर सुदूरबाट राजधानी हिँडेकाे मान्छे। सायद केही समय यसरी नै वित्दो हो त हामीबीच कहाँ आत्मिय सम्बन्ध हुन्थ्यो होला हगी। मलाइ थाहा छ, साइँली नजिकिएको नयाँ वर्षको योजनामा म आफै विफल हुँदाको पीडा मनमा ताजै रह्याे। मान्छे सधै सफल हुँदैन तिमीले भनेका कुरा थाहा छ मलाई ती शव्द नछाएको पनि होइन्। म त समयको दास हो र शव्दको पूजारी।

अति साहित्यिक के फेरि वौद्धिक व्यक्ति तिम्रो मुस्कानबाट निस्केका शव्द पनि मायाझै गञ्जयमान हुन्छन्। मेरो मानसपटलमा। अँ साइँली थाहा छ, मैले तिमीलाई भनेको थिएँ नि घुम्ने समय र स्थान तिम्रो जिम्मा त्यो तिमीले सहजै पुरा गर्याै। पर्खाईको समयमा भएको भलाकुसारी थाहा छ, नि तिमीलार्इ मैले भनेको थिए, धेरै मेकअप नगर म तिम्रो ब्याइ फ्रन्ड होइन भनेर तिमीले कति सहजै जवाफ दिएकी थियौ है। यति मात्र कहाँ हो र?  हामीले त्यो ठाउँ जहाँ पानीपुरी र चटपटको विषयमा झगडा गरेका थियो। कस्तो रमाइलो है त्यो दिन हाम्रो अतित र मीठो सम्झना हुनेछ।

उही हँसिलो चेहरा मिठो मुस्कान हल्का लजाउने स्वभाव कम्ता प्यारी है साइँली तिमी। आँखा यतिसम्म तल्लिन थिए कि साच्चै तिमी आउने छौ  र म तिमीलार्इ देख्न पाउछु। विश्वास थियो र पनि यो राजधानी होरे यहाँमान्छे भावनासँग खेल्छन्। धेरैले भनेका कुरा मेरो मनमा खेली रहेको थियो। तर, तिमी साच्चै विश्वासिली छौ। मेरो विश्वासलाई तिमीले जीवन्तता दिनेछौ भन्ने विश्वास पनि लिएको छु। हामी कति निश्फिक्रि भएर हिडेका थियौ है मैले भन्न खाजेको डराउनुपर्छ लजानुपर्छ भन्ने होइन् र केहीदिनको परिचयले कति नजिक तुल्याएको थियो। मन र भावना मिले असल साथी बन्न कति नै पो समय लाग्दोे रहेछ।

म घमण्डका साथ त्यो बगैचामा थिए नि साइँली जहाँ हामीले आफ्ना भावना साटासाट गरेका थियो। त्यो फूलको रंग अनि मेलखाने लुगा, कलर नै मिलाइएकाे नङपालिस। मैले ननियालेको पक्कै पनि होइन्। प्राकृतिक सुन्दरताको बीच तिमीमा कुनै रंगको अभाव थियो नत कुनै सुगन्धको कमी नै। म त्यो प्रकृतिसँग जिस्कि रहेको थिए, साँच्चै प्रकृति तिमी र मसँग आज एउटा–एउटा फूल छ। तिमीसँग भएको फूलले खालीमौन समर्थन दिन्छ। मसँग भएको फूलले मसँग आफ्ना भावना साटासाट गर्न सक्छ। मलार्इ यो पनि थाहा प्रकृति त्यो फूल तिमीले मलार्इ दिएको उपहार हो।  मैले यति भनि रहँदा तिमीले मलार्इ मौन समर्थन दिएकी थियौ है। 

हामी बसेको चारैतिर आफ्नै किसिमको माहोल थियो। कतै नाची रहेका रहेका थिए। कतै गफमा व्यस्त थिए कोही आफ्ना भावना साटासाट गरिरहेका थिए। कोही अंकमाल गरी आफ्ना भावना साटासाट गरिरहेका थिए। यो त्यही स्थानको दृश्यहो। जहाँ हामी प्रकृतिसँग रमाएका थियौ ।

समय छोटाे थियो, या हामीलार्इ भान भयाे। हामीबीच भलाकुसारी हुँदै थियो। र, पनि मनमा अनेकन कुरा हुँदा पनि हामी छुट्टिनुको विकल्प थिएन। हुन त साइँली अर्को दिनको मिलनको लागि त्यो दिन छुट्टिनु अनिवार्य थियो।

थाहा छ, जुन विछोडको पीडा मलार्इ थियो मै त्यो मनलार्इ सोध्ने प्रयास नि गरेन। खै साइँली तिमीले याद गर्यौ कि गरिनौ मैले भनेको थिए। जब तिमी हामीलाई आफ्नो विहेको निम्तो दिनेछौ त्यस बखत हामी विवाहमा तिम्रो विदार्इको हातहल्लाउन सक्छौ देख्न सक्दैनौ किनकी पापी आँशुले बाटो छेक्ने छ। मलार्इ अधिकारबाट बञ्चित गर्नेछ। जहाँ अन्तिम भेट हुनेछ।

त्यो दिनको अन्तिम प्रहरमा मैले भनेको थिए नि साइँली बिदाइको समयमा हात हल्लाएर मात्र छुट्टिनेछु। मैले बिदाइका हात हल्लाउदा मनमा भने आश पलाएकै थियो। आश पलाएकै थियो...।

पात्र काल्पनिक हुन्।

(लेखक राजधानीस्थित शंकरदेब क्यापस एमबीएस दोस्रो वर्षमा अध्ययनरत छन्।)

 


 

More form the Internet

loading...