Suvadin, Home

नीति कथा
धुवा आयो भने प्रजा दु:खी हुन्छन्

राजाको हुकुम भएछ पहरेहरुलाई, यदी कुनै घरधुरी बाट धुवा निस्केको छ भने त्यो घरमा केहि पाकेको छ भन्ने जान्नु र त्यसलाई पक्रेर म कहाँ ल्याउनु। दिन बिते। हप्ता बिते। महिना बिते। बर्ष बिते। कहिँ कतै कसैको घर बाट धुवा निस्केन। 
नीति कथा।

काठमाडाैं, जेठ ८–सयौं वर्ष अघि एउटा लोक राज्यमा लामो समयसम्म खडेरी परेछ। बोटहरु ठाडै सुक्न लागे। पशुपंक्षी भकाभक मर्न थाले। खोला नाला पनि सुके। अन्न उब्जनी हुने कुरै भएन। जोहो गरेको राज्यको भकारी रित्तो भयो। मान्छेहरु माटो खान थाले। 

राजाको हुकुम भएछ पहरेहरुलाई, यदी कुनै घरधुरी बाट धुवा निस्केको छ भने त्यो घरमा केहि पाकेको छ भन्ने जान्नु र त्यसलाई पक्रेर म कहाँ ल्याउनु। दिन बिते। हप्ता बिते। महिना बिते। बर्ष बिते। कहिँ कतै कसैको घर बाट धुवा निस्केन। 

केहिबर्ष पछि अचानक एक दिन एउटा घर बाट धुवा निस्केछ। हल्ला खल्ला भयो। यो कुरा पहरेहरुले राजा समक्ष बिन्ति चढाए। राजाले यो कुरा सुने पछि हुकुम गरे, ‘धुवा निस्केको घरमा जति जना छन्। सबै लाई बाधेर ल्याउनु। 

पहरेहरु धुवा निस्केको घर खोज्दै जादा एउटा घरको छिडीमा पुगे छन्। झ्याल बाट भित्र चियाउदा न भन्दै त्यहाँ आगो बलेको रहेछ। पहरेहरुले तुरुन्तै पक्रेर राजाको हुकुम अनुसार बाधेर राजाका सामू हाजिर गराए। राजाले केरकार सुरु गरेछन।

‘राज्यमा यत्रो हाहाकार छ मै राजा भएर पनि आज कति दिन देखि पानी को भरमा बसेको छु। तिमि प्रजा भएर घरमा आगो फुकेर के के पकाएर खाने। अब तिमि हरुलाई मृत्यू दण्ड हुन्छ। भन न ढाटी के के पकाएर खाएका थियौ। यदि सत्य सत्य बोल्छौ भने माफी पनि गरिदिन सक्छु।’ 

एक जना बृद्धले काप्दै लम्पसार परेर भनेछ, ‘हजुर गल्ति भयो हजुर। मर्न त आज कि भोलि मरिनै हालिन्छ। तर, सास भइन्जेल आश लागेर आयो र अरु दुई दिन बाचिन्छ कि भनेर हजुर।

के गर्ने बाच्नु भन्दा मर्न गार्हो रहेछ त्यही भएर आगो बालेर कोइला लाई माटो ले छोपेर निभाउदै अंगार खादै थियौ, महाराज। अंगार जस्तो कालो छैन मन हजुर।’ राजाले भनेछन, ‘ल ल माफी भयो अब आगो न बाल्नु धुवा आयो भने प्रजा दुखि हुन्छन।’

–अनि मोति भुजेल
 


 

More form the Internet

loading...