Suvadin, Home
Nepal life 2.266M

रंगोलीका रंगहरूमा न्याय माग्दै निर्मला

अाज लक्ष्मी पूजाको दिन रंगोलीमा निर्मलाको तस्वीर बनाएर सरकारको र सम्बन्धित पक्षलार्इ घच्घचाएर खबरदारी गरिएको छ। कतिले लेखेका छन्, 'वास्तविक लक्ष्मीलार्इ अन्याय गरेर लक्ष्मी पूजा गर्दा शान्ति पाइएला र?', कतिले ट्रिब्युट टु निर्मला, जस्टिस फर निर्मला यस्तै ह्यास ट्याग लेख्दै सामाजिक सञ्जालभरि अनको रंगोलीमा बनाएको तस्वीर शेयर गरेका छन्।

काठमाडाैं, २१ कात्तिक – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ३ महिना बतिसकेको छ। ३ महिना बतिसक्दा पनि निर्मलाका दोषी खुलेअाम हिडिरहेका छन्।

निर्मलाका न्यायका निम्ति उनका बुबाअामाले हरेक ढोका ढक्ढकाए, देशका कुना कोप्चाबाट उनको न्यायका निम्ति अनेक पहल र दवाव गरिएतापनि दोषीको पहिचान गरि सजाय दिन सकेको छैन्।

उनको न्यायका निम्ति पेटिकोट र्याली, प्रेसर कुकर र्याली,कविता मार्फत दवाव कार्यक्रम लगायत थुप्रै प्रयासहरू भने नभएका हैनन्। यस्तै प्रयासमार्फत सरकारलार्इ दोषीको पहिचान गर्न घच्घच्याउने प्रयास जारी नै छ। उनको अामाबुबाले न्यायका निम्ति अाफू ज्यान दिन समेत तयार रहेको र छिटै दोषीलार्इ सजाय नभए अान्दोलनमा जान सक्ने चेतावनी पनि दिएका छन्।

त्यस्तै अाज लक्ष्मी पूजाको दिन रंगोलीमा निर्मलाको तस्वीर बनाएर सरकारको र सम्बन्धित पक्षलार्इ घच्घचाएर खबरदारी गरिएको छ। कतिले लेखेका छन्, 'वास्तविक लक्ष्मीलार्इ अन्याय गरेर लक्ष्मी पूजा गर्दा शान्ति पाइएला र?', कतिले ट्रिब्युट टु निर्मला, जस्टिस फर निर्मला यस्तै ह्यास ट्याग लेख्दै सामाजिक सञ्जालभरि अनको रंगोलीमा बनाएको तस्वीर शेयर गरेका छन्।

असत्यमाथि सत्यको विजयीको यस पर्वमा निर्मलाले पनि न्याय पाउस्, दोषीलार्इ उचित सजाय होस्, समाजमा यस्ता घटना कहिले नदोहोरिउन यहि नै समस्त नेपाली दाजुभार्इ दिदीबहिनीहरूमा दिपावलीको शुभकामना।


 

More form the Internet

loading...