Suvadin, Home

Cover Image

मातृ ममता र स्नेहको मूल्य

दुर्इ दिन घर आउँदा नि टेन्सन, दिक्क लागि सक्यो।’, यत्ति भनेर रवि हात धोएर घर बाहिर गयो, बाइक स्टार्ट गर्यो र गयो। उत्तम प्रसादको हात जुठो नै थ्यो, आँखा भने ओसिलो। रविले खाना नै छोडेर गएको थियो। उत्तमप्रसादको थालको खाना भान्साभरि छरिएको थियो। रविकी आमा घुक्क–घुक्क पारेर रुँदै थिइन्। उनी चुलोको छेउमै बसेकी थिइन्। आफ्नो साडीको सप्कोले आँशु पुछ्दै थिइन्। चुलोमा दूध थियो, उम्लिरहेको। रविकी आमाले साडीले नै दूधको भाडा निकाल्न खोजिन। तर सकिनन्, दूध उम्लेर सबै पोखियो, केही बाँकी रहेन।

पवन भट्ट 


रवि एक्कासी करायो, ‘गुनासो कसको हुँदैन र बा? मेरो तपाईसँग होला अनि तपाईको हजुरबासँग। सबै मान्छे हामीले चाहेअनुसार नै हुन्छन् भन्ने हुँदैन नि। हामी आफैँ त आफैँसँग गुनासो गर्छौं भने अरुको कुरा त टाढा छ। हामीले चाहेअनुसारको नै हुनसक्छ र। फरक परिवेश र परिस्थिति, संगत र समाजले सबै मान्छ अलग हुन्छन्। फेरि यसले यस्तो गर्यो उसले त्यस्तो गर्यो भनेर किन गुनासो गर्नु। किन सधैँ हामीले भनेकै हुनुपर्ने, किन?! किन हामी अर्काका भावनालाई नजरअन्दाज गर्छौं।

सायद अलग भएर नै हामी सबै जोडिन सक्छौं, अलग भएर नै हामी एकअर्कासँग नाता गाँस्छौं हामी त पुरक भएर बाँच्नुपर्ने होइन र? के सधैँ एउटा मान्छे उस्तै हुन्छ, संसार परिवर्तनशील छ बा, तपाई जे खोज्नु हुन्छ भोलि त्यो नहुन सक्छ, त्यसैले आज जे छ त्यस मा नै खुशी हुन सिक्नुस्। हरेक कुरामा असन्तुष्टि मान्छेलाई कहिल्यै खुशी राख्दैन। जे पाइन्छ त्यो नै ठिक सम्झिनुपर्छ अरु त हाम्रो जीवन विकास त हो।

दुर्इ दिन घर आउँदा नि टेन्सन, दिक्क लागि सक्यो।’, यत्ति भनेर रवि हात धोएर घर बाहिर गयो, बाइक स्टार्ट गर्यो र गयो। उत्तम प्रसादको हात जुठो नै थ्यो, आँखा भने ओसिलो। रविले खाना नै छोडेर गएको थियो। उत्तमप्रसादको थालको खाना भान्साभरि छरिएको थियो। रविकी आमा घुक्क–घुक्क पारेर रुँदै थिइन्। उनी चुलोको छेउमै बसेकी थिइन्। आफ्नो साडीको सप्कोले आँशु पुछ्दै थिइन्। चुलोमा दूध थियो, उम्लिरहेको। रविकी आमाले साडीले नै दूधको भाडा निकाल्न खोजिन। तर सकिनन्, दूध उम्लेर सबै पोखियो, केही बाँकी रहेन।

साँझ अबेर भएपछि रवि घर फर्कियो। उत्तमप्रसाद टिभी हेरेर बसेका थिए। उनले खाना खाइसकेका थिए। आउने बित्तिकै आमा ले खाना खान बोलाइन् रविलाई। उ कोठामै बसिरह्यो। आमाले जति ढक्ढक्याएनि ढोका खोलेन। ‘के भयो, खान आइजन, आधी पाकेको खाना, चिसो भैसक्यो!’

यत्ति भनेर आमा फेरि भान्सातिर गइन्। खाना तताउन राखिन्। ‘सित्तैमा खान पल्केको, पचेन होला आज खाना। बाबुसाहेबलाई पढाउ लेखाउ, लाखका लाख पठाउ अनि ताल यस्तै हो।’ उत्तमप्रसादले टिभीको भोल्यूम कम गरेर कराए। यता खाना तातिसकेको थियो।

भात डढेको गन्ध आएर आमा भान्सातिर दगुरिन्। रवि कोठाबाट निस्क्यो। 'हिसाब गर्नुस् म तिर्छु हजुरले ममा गरेको लगानी! कति गर्नु भो?’ रविले यति भन्ना साथ भान्साबाट आमा दगुरेर आइन् र रविलाई झापड हानिन्। उत्तमप्रसाद केही बोल्न सकेनन्। आँशु मात्र झारिरहे। 'भन् तलाई गरेको मायाको मूल्य, तेरो लागि सहेका पीडा, तेरो लागि त्यागेका सबै सुखका समयको मूल्य तोक्न सक्छस्? हाम्रो आशुको मूल्य तोक्न सक्छस्? अनि तिर्नु हाम्रो लगानी। पहिला यी सबको मूल्य भन मलाई!’

आमाको सल यति भन्दासम्म भिजिसकेको थियो। रविले केही बोल्न सकेन। एकछिन पछि गएर आमालार्इ अंगाल्यो। केहीबेर रोयो। अनि बाको छेउमा गएर फेरि रोयो। उत्तमप्रसादले रविलाई काखीमा च्यापे। र, दुवै जना रोए। खाना फेरि सेलाइसकेको थियो। रवि र आमा अझै भोकै थिए। उत्तमप्रसादले टिभी बन्द गरिसकेका थिए।


 

More form the Internet

loading...