Suvadin, Home
काचा सिटा दाउरा हालेर, पकाउन जान्दै नजान्नेले काचो भात , चाम्रे, या पुलाउ पकाएर काचै तरकारीसँग खादाको क्षण आफ्ना थाल साटिन्थ्ये भनेर छुट्टै राखिन्थ्यो

रबिन साप्कोटा



अहिले पिकनिकको निउमा घुम्न गएर जाड खानेलाई के थाहा

सानो बेला, प्रत्येक मान्छेको घरबाट

कसैले थाल
कसैले कचौरा
कसैले कसौडी
कसैले कराइ
कसैले चम्चा पुन्यौ
कसैले डिक्चे बाल्टी

कसैको घरको बारी बाट मुला, काउली
कसैको बारीबाट आलु, प्याज, लसुन

कसैले नुन
कसैले खुर्सानी
कसैले मसला लिएर घर भन्दा केही माथि डाँडामा आगो बल्दै नबल्ने
काचा सिटा दाउरा हालेर, पकाउन जान्दै नजान्नेले काचो भात , चाम्रे, या पुलाउ पकाएर काचै तरकारीसँग खादाको क्षण

त्यो बेला टन्नै केटि हुन्थ्ये तर, अह Love परेन
बरु भाडा नमाजेको भनेर झगडा पर्थ्यो
काम नगरेको भनेर झगडा पर्थ्यो

त्यही डाँडा तिर
लुकामारी खेलिन्थ्यो, एक आस पास , दुवास पास भन्दै, झुम्रो लुकाइ खेलिन्थ्यो

कहिले काहीँ थाल कचौरा उतै छोडेर आइन्थ्यो आमाको गाली खाइन्थ्यो

आफ्ना थाल साटिन्थ्ये भनेर छुट्टै राखिन्थ्यो
घरमा बहिनी या भाइ आफूसँगै जान खोजे भने हिरो बन्दै "त जानू पर्दैन सानो मान्छे भन्दै" गाली गरिन्थ्यो

अनिताक्छिरि खेलिन्थ्यो, गीत गाउदै मान्छेलाई सुनाउदै डाडैँ डाँडा ओरालो झरिन्थ्यो सिन्काले थाल बजाउदै

अहिले त पिकनिक भन्या छ जाड खाएको छ,
"लगाले तु लिपिस्टीक हिलेबा सारा डिस्टृक" मा डानस हान्या छ Love गर्ने भन्दै कोल्से पर्या छ

त्यही भएर बालापन फेरि दोहोरिन्छ कि भनेर
"बन भात" खान जाउ भन्या मान्ने कोहि हैनन

सबै लाई जाड नै खानु पर्या

#Via Routine Of Nepal Banda


 

More form the Internet

loading...