कविता
परदेशी दाई
कुसुम अविरल
धनको कुम्लो ल्याउने सपना बोकेर
आफ्नो मातृभुमि र लाला बाला छोडेर
विदेशिएका परदेशी दाई
कति बस्छौ पर—दासी भई
नपोख पसिना अब विदेशी भूमिमा
फर्कि आउ अब आफ्नै देशमा ।।
आज बुढी आमा पनि
तिमी आउने बाटोहरु नियादै छिन्
अब त सोच्नै पर्छ तिमीले
बालबच्चा र घरबार
गाँउघर अनि साथी भाईलाई
समाजको कालो पर्दा हटाएरु
ज्ञानको ज्योती बाल्नु छ
त्यसैले आऊ! परदेशी दाई आऊ !!
प्रभातको झुल्के घामसँगै
म गोरुहरु नार्दै हुनेछु ,
तिमि कोदाली र फरुवा लिएर आऊ !
हातमा हात मिलाइर
काँधमा काधँ मिलाएरु
यहाँ हाम्रै मातृभुमिमा
हाम्रै पखेरामा
झरनाको कलकल पानि पिएर
सृजनाको बिउ छर्न सके
हिरा र मोति उब्जने छ
त्यसैले मेरो बिन्ती छ
आऊ! परदेशी दाई आऊ!!
बाचित शब्दघर ताप्लेजुङ मिति २०६९/०५/०३