Suvadin, Home
Nepal life 2.266M
हाम्रो बिहेको दिन, तिमीलाई तिम्रो जन्मघरबाट, मेरो घरमा ल्याउदा तिमी खुब रोएकी थियौ, बाबा र आमासँग अंगालो मार्दा, छुट्नै मानेकी थिईनौ तिमी जन्मघरबाट बिदाई हुँदा, कर्मघर तिर पाईला सार्दै गर्दा, आँखाले देखुन्जेल आफ्नो घरलाई खुब हेरेकी थियौ

मनोज मगर


हाम्रो बिहेको दिन
तिमीलाई तिम्रो जन्मघरबाट
मेरो घरमा ल्याउदा
तिमी खुब रोएकी थियौ
बाबा र आमासँग अंगालो मार्दा,
छुट्नै मानेकी थिईनौ

तिमी जन्मघरबाट बिदाई हुँदा
कर्मघर तिर पाईला सार्दै गर्दा
आँखाले देखुन्जेल आफ्नो घरलाई खुब हेरेकी थियौ

तिमी डाको छोडेर रुँदा
आखाँ सुन्निने गरी आँशु बगाउदा
मैले पनि मन थाम्न सकेको थिईन
मुटुको धड्कनलाई रोक्न सकेको थिईन
मन भक्काने फुटेको थियो

थाहै नपाई आँखाबाट आशु झरिसकेका थिए
मलाई लागेको थियो
मैले ठूलै पाप गरे
ठूलै भुल गरे

अनि, त्यही दिन प्रण गरे
उप्रान्त तिमीलाई रुन दिनै छैन
दुख दिने छैन
सक्छु, सुख दिन्छु
सक्दिन तिमी संगै दुखमा आँशु बगाउछु ।

तिमी सबेरै दैलो पोछो गर्दा
म ओच्छ्यामै हुँदा
चिया बोकेर मलाई ब्युझाउन आउदा
तिम्रो अनुहारमा, प्रष्टै मेरी आमाको अनुहार देख्छु

तिमीमा मेरी श्रीमती, श्रीमती देख्दिन
ममतामयी आमा देख्छु
आमाले गर्ने माया जस्तै
आमाले गर्ने प्रेम जस्तै
म आफैलाई भाग्यमानी ठान्छु

मेरा सामानहरु सम्हालेर राखिदिदा
यत्रतत्र छिरिएका कपडा र किताबहरु
मिलाएर राखिदिदा
मैले तिमीमा,
मलाई धेरै माया गर्ने मेरी दिदी देख्छु

खेतबारी र मेलो जाँदा
गफिदै हिड्दा
जिस्किएर र ठट्टा गर्दै गर्दा
मैले तिमीमा श्रीमती, श्रीमती पाउदिन
मेरै जिक्री पाउछु
मन मिल्ने साथी पाउछु

तिमी साना-साना कुरामा गुनासो गर्दा
मन दुखाउदा
चित्त दुखाउदा
किचकिच गर्दा
अनि मैले सम्झाउदै गर्दा
मैले तिमीमा श्रीमती, श्रीमती पाउदिन
मेरी सानी, प्यारी बहिनी पाउछु

म जन्मिदा,
मेरी आमाले
धेरै कष्ट भोग्नु भाथ्यो रे
२७ घण्टे प्रसव पिडा खेपेर,
मलाई जन्म दिनु भा’को रे

तिमी दुई जिउकी हुँदा
मैले प्रण गरे,
मैले कसम खाए
बाचा गरे
तिमीमा त्यो पिडा हुन दिने छैन
तिमीलाई त्यो दुख हुन दिने छैन

९ महिना सम्म;
तिमी र मेरो निशानीलाई पेटमा हुकार्उदै गर्दा
म तिमीसंगै भए
तिमी जहाँ गयौ, म त्यही गए
तिम्रो साथ कहिल्यै छोडिन

तिमीलाई सुत्केरी व्यथाले च्याप्दा
प्रसव पिडामा हुँदा
म तिमीसँगै रोएको थिए
तिमीले आँशु पुछिदिदै भनेकी थियो
नरुनु केही हुँदैन
म डाको छोडेर रोएको थिए
अस्पतालमै रुवाबासी गरेको थिए

म, चाहान्थे
मेरी आमाले भोगेको पिडा
तिमीले भोग्नु नपरोस,
त्यो दुख्न खेप्नु नपरोस
तिमीलाई एक पल पनि छोड्न मन लाग्दैन्थ्यो
यसैले त म सधै तिमी संगै हुन्थे

मैले तिमीलाई तेल घसिदिदा
तिम्रा कपडा धोईदिदा
कतिले मलाई जोईटिङ्ग्रे भने
कतिले मलाई लाछी भने
कतिले स्वास्नी हारा भने
धेरै नामहरु दिए
धेरै उपनामहरु पाए

प्यारी जसले जे भनुन्
जसले के कहुन्
तिमी मेरी आधा अङ्ग हौ
सक्छु सुख दिन्छु
सक्दिन तिमी संगै दुखमा रमाउछु ।


 

More form the Internet

loading...