Suvadin, Home
Nepal life 2.266M

कविताः दशैंको शुभकामना
स्वदेशमा रमाउँ, स्वदेशमै कमाउँ, उन्नति गराैँला, निधारमा टिका जमारा थापी दशैंमा रमाउँला

अाउनु दाजु फर्की अाफ्नै गाउँ, मै पनि जाउँला, दशैंको बहानामा खुशीले हाँसेर रमाउँला, स्वदेशमा रमाउँ, स्वदेशमै कमाउँ, उन्नति गराैँला, निधारमा टिका जमारा थापी दशैंमा रमाउँला।
विनिता कार्की।

विनिता कार्की


भाँच्दै अाैँला, छोरी अाउने दिन गन्दै होलिन् मेरी अामा,
छोरीलार्इ नाना किन्दिउँला भन्दै मोहोर–सुक्की जोरजाम गर्दै होलान् मेरा बाबा,
दोहोरी खेल्न पिङको डोरी खोज्दै होला मेरो भार्इ
के नाना किनिस् भनेर सोध्न दोबाटो हेर्दै होलान् मेरा साथीसंगी।

गाउँ र पाखामा हरियाली छायो होला म अाउने खुशीमा
यादहरू बोकी फर्केर गाउँघर अाउदै छु मनाउन दशैंमा
मिलेर सबै खुशियाली साटाैँला दशैंमा

फर्केर अाउनु दाजु विदेशबाट मिलेर चंगा उढाउला अाकाशमा
खर र बावियो कसेर बलियो पिङ पनि बनाउँला
त्यो कालो खसी काटेर चिची रमाएर खाउँला

त्यो गाउँको बाटो झारमै हरायो मिलेर बनाउँला
घरका भित्ता बेहुलीझैँ रंगाउला
दशैंको दिन टिकामा थापी, अाशिष कमाउँला

अाउनु दाजु फर्की अाफ्नै गाउँ
मै पनि जाउँला
दशैंको बहानामा खुशीले हाँसेर रमाउला

स्वदेशमा रमाउँ, स्वदेशमै कमाउँ, उन्नति गराैँला
निधारमा टिका जमारा थापी दशैंमा रमाउँला।


 

More form the Internet

loading...