Suvadin, Home

सहिद हुनबाट रोकेपछि, सहादतको मूल्य तोकेपछि

सहिद हुनबाट रोकेपछि, सहादतको मूल्य तोकेपछि सहिद हुनुको गर्ब कहाँ रह्यो र ? इन्टलमेण्टमा चेक बुझेपछि। त्यो दिन जान मनै थिएन उसलाई। तर, तास पर्न छोडेर लोदर लागेपछि, ऊ गयो र सहिद भयो। आउँदा आउँदै पारीबाट, एक किलो चिनी बोकेर। भिडबाट उछिट्टिएको एउटा गोली लागेर, ऊ सहिद भयो। ऊ डुबेर सहिद भयो। ऊ लडेर सहिद भयो।

सन्तोष चिमरिया


सहिदहरूले सहिदहरुलाई !
ध्यान दिएर सुन्नुस् है।
सहिदहरूले,
सहिदहरूलाई।

सहिद हुनबाट रोकेपछि,
सहादतको मूल्य तोकेपछि
सहिद हुनुको गर्ब कहाँ रह्यो र ?
इन्टलमेण्टमा चेक बुझेपछि।
त्यो दिन जान मनै थिएन उसलाई।

तर, तास पर्न छोडेर लोदर लागेपछि,
ऊ गयो र सहिद भयो।
आउँदा आउँदै पारीबाट,
एक किलो चिनी बोकेर।

भिडबाट उछिट्टिएको एउटा गोली लागेर,
ऊ सहिद भयो।
ऊ डुबेर सहिद भयो।
ऊ लडेर सहिद भयो।

झुन्डिएर सिलिङ फ्यानमा,
ऊ सहिद भयो।
बीच सडकमा उभिएको,
उसको भव्य शालिक तर्काउन नसक्दा
सवारी दुर्घटनामा उ पुनः सहिद भयो।

त्यसैले,
सहिदहरुले सहिदहरूलाई,
सहिद हुनबाट रोकेपछि,
सहादतको मूल्य तोकेपछि
सहिद हुनुको गर्ब कहाँ रह्यो र?
इन्टलमेण्टमा चेक बुझेपछि।


 

More form the Internet

loading...