कविता
विषाक्त धुँवा !
कृष्णप्रसाद पाठक
एउटा गाडी नेपालभित्र छिरेकाे छ
पृथ्वीनारायण बितेकाे लामाे समयसम्म
यहाँ पाङ्ग्रा गुडाउन पाएकाे थिएन
तल्ला घरमा जताजतै घुमफिर
गरिसकेकाे त्यही गाडी
याे देवभूमिमा छिरिसकेकाे थियाे
जङ्गबहादुरलाई इनाम दिँदै।
अलिक तलकाे अविकसित गाउँमा
त्याे गाडी पुगेकाे धेरै भएकाे छैन
कहिले तुत्सीलाई बाेकेर गुड्याे
कहिले हुतुलाई बाेकेर गुड्याे
दुबै एकैचाेटी चढ्न खाेज्दा
त्यहाँ चाैपट पनि भयाे
मान्छेले मान्छेकै सिकार खेल्न
अलि अलि व्यापार पनि गर्याे
व्यापार गरेकाे कुरा
इराकलाई थाहा छ, अफगानिस्तानलाई थाहा छ
सद्दामलाई थाहा छ, विन लादेनलाई थाहा छ।
अब त त्याे अाकर्षक रुपमा सजाइएकाे गाडी
यहाँ हाम्राेमा पनि कतिलाई प्याराे लाग्न थालेकाे छ
अचेल त्याे गाडी शहरमा नचलाएर
गाउँघर तिर छिराइएकाे छ
उतै अलमल गरेर बस्न थालेकाे छ
भूकम्प, बाढीपैह्राे,झाडापखाला, शिक्षाकाे निउँ बनाएर
झूपडी चियाउँदै हिँड्दैछ
निरपेक्षता र संघीयताकाे पाठ रटाउँदै
गरिबीकाे मूलकारण याे हाे भन्दै
संस्कार र रहनसहन फेर्न लगाउँदैछ।
गाडीमा अाएका मान्छे झनै गजवका छन्
विस्तारै कानमा के फुक्छन,हानी नगर्ने दानी झै देखिन्छन्
सानाे झगडालाई युद्धमा बदल्न
घ्यु र तेल हाल्न उनीहरु नै पुग्छन्
त्यहाँ पनि अलिकति व्यापार गरिहाल्छन्
शान्ति स्थापनार्थकाे डङ्का पिटाउँदै
इच्छापूर्ति खातिर त्यही अल्मलिन्छन्
स्वार्थ केही छैन भन्दै
अान्द्राभुँडी खाेतलेर हेर्न भ्याउँछन्।
पहाडे मधेश झर्नु हुन्न रे,मधेशी पहाड उक्लनु हुन्न रे
बाहुन-दलित,हिन्दु-मुस्लिम,जातजाति एकै ठाउँमा बस्नु हुन्न रे
लिम्बुवान, खम्बुवान, थारुहट, काेचिला
अा-अाफ्ना बिर्ताकाे दलिल गर्दै उभिएकाछन्
पाँच वटा कित्ताकाे याे अखण्ड भूगाेल
कित्ताकाट गर्दै भागबण्डा गरिएकाे छ
अा-अाफ्ना जात-भातकाे स्वामित्व रक्षा गर्ने बहानामा
छिमेकी-छिमेकीमा विषजन्य सम्बन्ध जाेडिएकाे छ
उत्प्रेरकले रसायनमा काम गरेझैं
अलिअलि विभेदकाे मसला छर्केर
अागन्तुक पर बसेर यहाँकाे सबै
तमासा निर्मिमेष हेरिरहेछ ।
खबरदार!
तिमी अाउनुकाे मक्सद
हामीले पनि राम्ररी पढेका छाैँ
इतिहासमा कहिँ नहारेका हामी
तिम्राे गाडी जलार्इ दिन सक्छाैँ
विशाक्त धुँवा छाेड्ने तिम्राे गाडी
जस्ताे लिएर अाएथ्याै त्येस्तै लिएर जाउ
नत्र! महङ्गाे मूल्य चुकाउनु पर्ला
त्यही गाडी नै तिमीहरुका लागि
कब्रस्थान बन्ला!