Suvadin, Home
फरफराउदै यी परेलीहरु, थरथराउदै नयनका डीलहरु, तप्प, तप्प, अश्रुदाना खसाई रहेछन, कोरीबाटी गरेको यो केशले, तिमीलाई नै डाकि बसेछ,
करिश्मा सिंह "कञ्चन"

फरफराउदै यी परेलीहरु,
थरथराउदै नयनका डीलहरु,
तप्प, तप्प, अश्रुदाना खसाई रहेछन,
कोरीबाटी गरेको यो केशले,
तिमीलाई नै डाकि बसेछ,
अलङ्कारले धपक्क बलिरहेको,
सिङ्गै जिन्दगीमा मात्र केहि,
तिमीसँग मागि रहेछन ,
न म एक्लै सजिदा अर्थ छ यहाँ ,
न सङ्गिनी सजिदा अर्थ छ त्यहा,
मात्र यहि सजावटलाई खुलाइदिने,
जाँदु तिमिमा छ,

त्यसैलेत भन्न मन लाग्छ .....
हैट जाँदुगर..........
छ त पुरै एक नारीको रक्षा गर्ने ताकत,
तिमीमा छ,रत सधैं तिम्लाई,
पति परमेश्वर भन्दै ति गोडाको पानी खाई,
मन शुद्ध बनाउने गर्छन,यही दुनियाको सामु,
आफ्नो नाम तिम्रै नामसँगै गाँसी,
जन्म घरको थर त्यागी,तिम्रै थरमा जोडिन्छ,
मर्दा बाच्दा साथदिने बाचासहित ,
मण्डपमा सातफेरो घुमाइन्छ,

सानु तिम्ले सधैं यसको कदर गर्नु है भन्दै,
बहुमूल्य उपहार दिन्छौ नि हो त्यही हो त्यही,
एक चिम्टी सिन्दुर ........
मात्र 
एक चिम्टी सिन्दुर ॥

करिश्मा सिंह "कञ्चन"


 

More form the Internet

loading...