Suvadin, Home
कैयौं पोका अबिर र, सैयौ थुंङ्गा फुलले सजिएको, अनुहार र गर्धन घमण्ड के भरिएको, एउटा शीर मैले बोकेको हुँ, अनि लगाउन खोज्दा एउटा कमिजको, पहिलो टाँक बिग्रेपछिको सबै बिग्रे जस्तै, लथालिङ्ग जिन्दगी पनि 

सुरेश कार्की, निसाद


म हुँ चप्पल 
कैयौंका टुक्रेको मन,
निचोरियको आत्मा
थकित नयन, स्थिर मस्तिष्क 
लक्ष्य बिहिन मान्छेको तौल बोकेर 
यो पीडित सहरमा युगौ देखी निरन्तर 
हिडिरहेको छु

कैयौं पोका अबिर र
सैयौ थुंङ्गा फुलले सजिएको
अनुहार र गर्धन घमण्ड के भरिएको 
एउटा शीर मैले बोकेको हुँ
अनि लगाउन खोज्दा एउटा कमिजको 
पहिलो टाँक बिग्रेपछिको सबै बिग्रे जस्तै 
लथालिङ्ग जिन्दगी पनि 

सफलताको उचाईदेखि
असफलताका गहिराई सम्म
हरेक पथ हरुमा साथमा
मा साथ मिलाउने 
मै त हुँ

एउटा जिन्दगी उभिन थालेपछि 
नढलुन जेल सम्मको यात्रा।
अनबरत अविरल रुपमा 
बोक्ने चप्पल मै हुँ 
तर मैले बुढो हुँदा पाउदिन 
न्याय फ्यालिनु पर्छ सडकमा 
किन कि म चप्पल हुँ
थोत्रो चप्पल!!


 

More form the Internet

loading...