Suvadin, Home

म तिमी बन्छु, तिमी म बनन है

बेलुका मलार्इ हजार पटक फोन गर्नु तिमी म भट्टिमा झुमिरहँदा मिटिङमा छु भन्दै झर्किदै फोन काट्छु है म सधैँ तिमी झै टिल्ल भएर राति खुट्टा बटार्दैँ घर अाउछु चुपचाप अाएर ढोका खोल्नु है। मेरो गनाउने मोजा खोलेर फाकिएको झोला समालेर राख्नु है

ए बुढा सुनन्,
अाज तिमी म, अनि म तिमी बनन है!
एकदिनलार्इ मात्र भएनी म तिमी,
तिमी म भएको नाटक गरून है।

अामालार्इ पूजा गर्न ढिलो भइसक्यो,
छिटो मनतातो पानी ठिक पारिदेउन है।
बा घुमेर फर्किने बेला भइसक्यो
उठेर फलफुल काटेर राखिदेउन है।

अाज म तिमी जस्तै खाटमा अवेरसम्म पल्टी रहन्छु
छिटै मिठो चिया पकाएर ल्याइदेउन है।
म तिमी जस्तै सुती–सुती मोबाइल खेलाइरहन्छु
केही नभन है।

खाना पकायाैँ प्रिय?
अाज तरकारी अलि चट्ट पार है।
अ! साच्ची छोरा छोरी उठायाैँ बुढा?
स्कुल जान अबेला भइसक्यो है
हिजो झगडा गर्दै थिए, होमअोर्क गरे कि गरेनन्?
एकचोटी चेक गर है।

नानीहरूलार्इ झट्टै स्कुल छोडेर अाउ तिमी
मेरो अपिसको फाइलहरू मिलाएर झोलामा हालिदिनु पर्छ है
कता बरालिएर अाएको अपिस जान ढिलो भइसक्यो
मेरो सटमा अाइरन गरिदेउन है।
म बाइक निकाल्दै गर्छु
मेरो झोला र हेलमेट लिएर गेटमा बस्नु है।

बेलुका मलार्इ हजार पटक फोन गर्नु तिमी
म भट्टिमा झुमिरहँदा मिटिङमा छु भन्दै झर्किदै फोन काट्छु है
म सधैँ तिमी झै टिल्ल भएर राति खुट्टा बटार्दैँ घर अाउछु
चुपचाप अाएर ढोका खोल्नु है।
मेरो गनाउने मोजा खोलेर
फाकिएको झोला समालेर राख्नु है

म अनेक बहाना बनाउदै तिम्रा बङ्गारा झर्ने गरि हान्छु
तिमी चुक्क नरूनु है
लात्ति नै लात्तिले निलडाम बस्ने गरि कुट्छु
कतै दुख्यो पोल्यो नभन्नु है।

तिमीले रोएर अावाज निकाल्दा सुतिरहेका छोरा छोरी उठ्लान
अर्को कोठामा भएका बाअामाले चाल पाउलान
पल्लोघरे काइली दिदीसँग यो सब नसुनाउनु है
फेरी मलार्इ भोलीदेखि अरूले झुकेर नमस्ते गर्न छोड्छन्
म तिमीलार्इ सधै झै कुटिरहन्छु
तिमी सधै झै सही रहनु है।

सुनन् बुढा 
अाज एउटा नाटक गरू
म तिमी बन्छु, तिमी म बनन है
एक पटकलार्इ मात्र भएनी नाइ नभन है।


 

More form the Internet

loading...