म आज आगनमै मरे
सुरेश कार्की
आमा
बाको दाहिने हातको बुढी
औला ल्याप्चे हान्न लगाएर
नामको अगाडि डा. थप्न हिनेको म,
आज स्व : थपेर फर्किएको छु।
सैयौँ रोगिलाई मृत्युको
मुखबाट बचाने प्रण गरेर फर्किदा फर्किदै
म आफ्नै आगनमा मरे अरुलाई
बचाउन जान्ने म आफैले आफैलाई
बचाउन सकिन
आमा
तिम्रा हात बाट फुलमाला पहिरिएर
अंगालो हाल्न लालायित यि हातहरुले
तिमीलार्इ भन्दा पहिल्यै मृत्युलाई
अंगालो हाल्न पुग्यो
सुनेको थिए
घरको दैलोमा ठेस लागेर पनि मरिन्छ रे
हो रहेछ म आज आगनमै मरे
आफ्नै घरको आगनमा
एउटा सपना बोकेर हिडेको म
सपनाहरूको आधा बाटो मै
पुगेर रोकिए त्यो धुवा को मुस्लो
संगै बिलिन भए सपनाहरू