Suvadin, Home

हाँसो पनि अवैध हुँदैछ (दुई मुक्तक)

मनको रहर भन्नु केवल मनैमा कैद हुँदैछ, हाँस्छु भन्यो यो हाँसो नै पनि अवैध हुँदैछ।
प्रतिमा अधिकारी।

 

मनको रहर भन्नु केवल मनैमा कैद हुँदैछ,
हाँस्छु भन्यो यो हाँसो नै पनि अवैध हुँदैछ।

यो कस्तो गिरफ्तारी जीवनरुपी कारागारको
जहाँ चीरहरण गर्नेहरु नै सधैं दैव हुँदैछ।।

--------------------------------------------------------------

दिनदाहाडै हेर इज्जत लुटिन्छ, तिम्रो शहरमा
भाषण त गर्नकै निम्ति चुटिन्छ, तिम्रो शहरमा।


दिउँसो मनाएसी नारी दिवस, चर्का नारा लगाएर
साझमा पुरुस्वार्थले कुटिन्छ, तिम्रो शहरमा।।

 

–प्रतिमा अधिकारी


 

More form the Internet

loading...