Suvadin, Home

बानेश्वरको सरकार हेर्न मन लाग्यो

प्रधानमन्त्री भन्नुहुन्छ सरकार हेर्न बानेश्वर जाउँ, म दैनिक त्यहीँ बाटो हिड्छु बिहान बेलुका कहिले काहीँ काम विशेष थुप्रै पटक पनि हिड्छु, करिब ४ वर्ष नाघ्यो होला त्यो बाटो हिडेको  तर खै कसरी भनु प्रधानमन्त्री ज्यू ले भन्नुभएको सरकार मैले देख्दिन

विनिता कार्की


प्रधानमन्त्री भन्नुहुन्छ सरकार हेर्न बानेश्वर जाउँ
म दैनिक त्यहीँ बाटो हिड्छु बिहान बेलुका
कहिले काहीँ काम विशेष थुप्रै पटक पनि हिड्छु
करिब ४ वर्ष नाघ्यो होला त्यो बाटो हिडेको 
तर खै कसरी भनु प्रधानमन्त्री ज्यू ले भन्नुभएको सरकार मैले देख्दिन

सायद त्यो धुलम्मे बाटोले मेरा अाँखामा बादल लाग्यो कि?
कतै विषाधी भएको साँगपात खानाले अाँखानै कमजोर भयो कि?
अनि कतै जामको चक्करमा हेर्नै पो भुले कि?
हुन त म जुस्मुसेमै निस्कन्छु, अनि अबेर घर पुग्छु त्यही भएर पो हो कि?
प्रधानमन्त्री ज्यू माफ गर्नुहोला मैले हजुरले भन्नुभएको सरकार देख्न सकिन

मैले मात्र हैन प्रधानमन्त्री ज्यू
त्यो बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया बैनीले
अनि अपहरण गरि हत्या गरिएका ८ वर्षीया भार्इले
सायदै देखे र महसुस गरे होलान् हजुरको सरकार

प्रधानमन्त्री ज्यू भन्दिनु पर्यो बानेश्वरको हजुरको सरकार कुन गल्लीमा लुकेको छ?
नयाँ दुलही झै घुम्टो अोदेर कुन कोठामा बसेको छ?
हजुरको अालोचना गर्न खोजेको हैन प्रधानमन्त्री ज्यू तर अाज खै किन हो किन हजुरको सरकारको झझल्को अायो

बानेश्वरको सरकारको न्यास्रो लाग्यो
अनि नयाँ युगमा प्रवेश गरिरहँदा हजुरको सरकारलार्इ भेटेर गुनासो पोख्न मन लाग्यो
लाैन ठ्याकै भनिदिनु पर्यो प्रधानमन्त्री ज्यू हजुरको बानेश्वरको सरकारलार्इ देखु–देखु, भेटुभेटु मन लाग्यो  


 

More form the Internet

loading...